Page:Shakuntala.pdf/299: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
"म नै | "म ब्यूँझै नै बस्थें निशिभर उठीदेउन प्रिय !" | ||
::बिन्ती गर्ने तर उ छ त्यहाँ मूर्छित दुख ॥ | ::भनी बिन्ती गर्ने तर उ छ त्यहाँ मूर्छित दुख ॥ | ||
यसो खोली हेर्दा पलक नचिनी बन्द छ त्यसै । | यसो खोली हेर्दा पलक नचिनी बन्द छ त्यसै । | ||
:: | ::नबुझ्ने के ठुँग्थे त्यसकन दशादुष्ट विहग ॥ | ||
{{pcn|(१४२)}} | {{pcn|(१४२)}} | ||
हरे ! यस्तो तिम्रो गति करुण यो सोच्दछु | हरे ! यस्तो तिम्रो गति करुण यो सोच्दछु जब । | ||
::शशी मेघाच्छन्ना प्रकृति मुख सम्झन्छु म तब ॥ | ::शशी मेघाच्छन्ना प्रकृति मुख सम्झन्छु म तब ॥ | ||
फुलेथ्यो ढुङ्गो नै पनि अघि जहाँ निभ्दछ छवि । | फुलेथ्यो ढुङ्गो नै पनि अघि जहाँ निभ्दछ छवि । | ||
::लिपेका स्वप्ना | ::लिपेका स्वप्ना झैं मलिन जगतै देख्दछ कवि ॥ | ||
{{pcn|(१४३)}} | {{pcn|(१४३)}} | ||
सधैं रूँ रूँ लाग्थ्यो निकट नहुँदा प्रेम प्रभुको । | |||
::हजारौं | ::हजारौं इच्छाका मृदुल लहरी श्वासहरुको ॥ | ||
तिमी छोडी रुन्थ्यौ | तिमी छोडी रुन्थ्यौ खबर दिलका पत्रविनुका । | ||
::बढाई हावामा तर | ::बढाई हावामा तर अब उनैमा यवनिका ॥ | ||
{{pcn|(१४४)}} | {{pcn|(१४४)}} | ||
रहे ! साना साना | रहे ! साना साना मृदुल जलदानाहरु बनी । | ||
::उठे मीठा नाना हृदय रहने भाव नभनी ॥ | ::उठे मीठा नाना हृदय रहने भाव नभनी ॥ | ||
भनूँला जो भन्थ्यो कति कति | भनूँला जो भन्थ्यो कति कति कुरा छेड रसिला । | ||
::बिलाए, | ::बिलाए, झस्केका विहगसरि पर्दा शिर शिला ॥ | ||
{{pcn|(१४५)}} | {{pcn|(१४५)}} | ||
"त्यसै बिर्सी बस्ने मकन दिल क्या कोमल" भनी । | "त्यसै बिर्सी बस्ने मकन दिल क्या कोमल" भनी । | ||
:: | ::भनूँला झैं लाग्थ्यो रिससित उचाली गह पनि ॥ | ||
"हरे त्यस्तो | "हरे त्यस्तो ढुङ्गो हुनु ? दिल रुवाई यति दिन ।" | ||
::भनूँला | ::भनूँला झैं लाग्थ्यो कति सब कुरा पाइ मिलन ॥ | ||
अडी छाती | अडी छाती रूँला रस विरहको दीर्घ वनको । | ||
::तिनै मोती जस्ता जलहरु सिँगारी नयनको ॥ | ::तिनै मोती जस्ता जलहरु सिँगारी नयनको ॥ | ||
यही भेटी मेरी भनिकन | यही भेटी मेरी भनिकन चढाएँ, छ बदला । | ||
::भनी | ::भनी ल्यूँला मीठो वचन कर लाईकन गला ॥ | ||
भनी | भनी सोच्थ्यो जो जो गृहसरसता चाख मधुर । | ||
::बनी रानी सानी उपवन चहारेर रहर ॥ | ::बनी रानी सानी उपवन चहारेर रहर ॥ | ||
पुर्याई आनन्दी हुदयसँग खेलाइ प्रहर । | |||
:: | ::रहूँला भन्ने ती मृदुलपन हुन्छन् थरहर ॥ | ||
{{pcn|(१४६)}} | {{pcn|(१४६)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 10:34, 28 May 2025
"म ब्यूँझै नै बस्थें निशिभर उठीदेउन प्रिय !"
भनी बिन्ती गर्ने तर उ छ त्यहाँ मूर्छित दुख ॥
यसो खोली हेर्दा पलक नचिनी बन्द छ त्यसै ।
नबुझ्ने के ठुँग्थे त्यसकन दशादुष्ट विहग ॥
(१४२)
हरे ! यस्तो तिम्रो गति करुण यो सोच्दछु जब ।
शशी मेघाच्छन्ना प्रकृति मुख सम्झन्छु म तब ॥
फुलेथ्यो ढुङ्गो नै पनि अघि जहाँ निभ्दछ छवि ।
लिपेका स्वप्ना झैं मलिन जगतै देख्दछ कवि ॥
(१४३)
सधैं रूँ रूँ लाग्थ्यो निकट नहुँदा प्रेम प्रभुको ।
हजारौं इच्छाका मृदुल लहरी श्वासहरुको ॥
तिमी छोडी रुन्थ्यौ खबर दिलका पत्रविनुका ।
बढाई हावामा तर अब उनैमा यवनिका ॥
(१४४)
रहे ! साना साना मृदुल जलदानाहरु बनी ।
उठे मीठा नाना हृदय रहने भाव नभनी ॥
भनूँला जो भन्थ्यो कति कति कुरा छेड रसिला ।
बिलाए, झस्केका विहगसरि पर्दा शिर शिला ॥
(१४५)
"त्यसै बिर्सी बस्ने मकन दिल क्या कोमल" भनी ।
भनूँला झैं लाग्थ्यो रिससित उचाली गह पनि ॥
"हरे त्यस्तो ढुङ्गो हुनु ? दिल रुवाई यति दिन ।"
भनूँला झैं लाग्थ्यो कति सब कुरा पाइ मिलन ॥
अडी छाती रूँला रस विरहको दीर्घ वनको ।
तिनै मोती जस्ता जलहरु सिँगारी नयनको ॥
यही भेटी मेरी भनिकन चढाएँ, छ बदला ।
भनी ल्यूँला मीठो वचन कर लाईकन गला ॥
भनी सोच्थ्यो जो जो गृहसरसता चाख मधुर ।
बनी रानी सानी उपवन चहारेर रहर ॥
पुर्याई आनन्दी हुदयसँग खेलाइ प्रहर ।
रहूँला भन्ने ती मृदुलपन हुन्छन् थरहर ॥
(१४६)