Page:Shakuntala.pdf/280: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
" | "उल्लू रैछस् फटाहा मकन त कुटुनीतुल्य पो आज ठानिस् ? | ||
::के जानिस् कण्वपत्नी ? | ::के जानिस् कण्वपत्नी ? समझसँग त बोल् भस्म पार्नेछु जानिस् ? | ||
जा जा ! जाने भए जा न त अब तँ यहाँ बिग्रिनेछस् घमण्डी । | जा जा ! जाने भए जा न त अब तँ यहाँ बिग्रिनेछस् घमण्डी । | ||
::यी हुन् छोरी | ::यी हुन् छोरी तँ बुझ्छस् समभविनु त्यसै बोल्दछस् हैन रण्डी ॥" | ||
{{pcn|(३५)}} | {{pcn|(३५)}} | ||
काँप्यो पुड्के डरायो कर | काँप्यो पुड्के डरायो कर दुइ अब ता जोड्छ सातो गएर । | ||
::"माफी | ::"माफी पाऊँ नबुझ्दा यति हुन गइगो जान्छु माता !" नुहेर ॥ | ||
भन्दै त्यो भित्र पस्थ्यो उसबखत त्यहाँ | भन्दै त्यो भित्र पस्थ्यो उसबखत त्यहाँ झ्यालमा भूप आए । | ||
::देखी को को रहेछन् तलतिर यतिले एक नै दृष्टि लाए ॥ | ::देखी को को रहेछन् तलतिर यतिले एक नै दृष्टि लाए ॥ | ||
{{pcn|(३६)}} | {{pcn|(३६)}} | ||
Line 16: | Line 16: | ||
::ढुक् ढुक् गर्दी मुटु नजरले पाउँदी दिव्य मान ॥ | ::ढुक् ढुक् गर्दी मुटु नजरले पाउँदी दिव्य मान ॥ | ||
आशा वल्ली लसित मुखको रङ्ग चढ्दो उज्याली । | आशा वल्ली लसित मुखको रङ्ग चढ्दो उज्याली । | ||
:: | ::भोग्छिन् रोमाञ्च मृदुल नयाँ त्यो वसन्ती हवामा ॥ | ||
{{pcn|(३७)}} | {{pcn|(३७)}} | ||
बोल्लान् बोल्लान् कि अब पहिला शब्द त्यो | बोल्लान् बोल्लान् कि अब पहिला शब्द त्यो झ्यालबाट । | ||
::शायद् नामैसित त | ::शायद् नामैसित त मकन ती गर्दछन् के पुकारा ? | ||
"आयौ केले कुन रित कसो के गरी ?" सम्म केही । | "आयौ केले कुन रित कसो के गरी ?" सम्म केही । | ||
::भन्ने आशा धुकचुक भयो | ::भन्ने आशा धुकचुक भयो प्रश्न केही नसुन्दा ॥ | ||
{{pcn|(३८)}} | {{pcn|(३८)}} | ||
"को हो ? को हो ?" सित पिक रटी ती बनेकी झसङ्ग । | "को हो ? को हो ?" सित पिक रटी ती बनेकी झसङ्ग । | ||
:: | ::हेर्छिन् लामा नयन रसले झ्यालसम्मन् उठाई ॥ | ||
देखेनन् लौ कि त नयनले खालि देखे झलक्क । | देखेनन् लौ कि त नयनले खालि देखे झलक्क । | ||
::सम्झे होलान् तर किन त्यसै बिर्सिएलान् मिलिक्क ॥ | ::सम्झे होलान् तर किन त्यसै बिर्सिएलान् मिलिक्क ॥ | ||
Line 32: | Line 32: | ||
भन्दै हेर्दी वनतिर तिनी आशवाली पुलुक्क । | भन्दै हेर्दी वनतिर तिनी आशवाली पुलुक्क । | ||
::आधा आशा अलिकति कतै के कसो भो भने | ::आधा आशा अलिकति कतै के कसो भो भने झैं ॥ | ||
चढ्दो लाली शारम ललिता शोचले रोकिएकी । | चढ्दो लाली शारम ललिता शोचले रोकिएकी । | ||
:: | ::मुस्कूँ जस्ता अधर पहिलो भाव ओर्ली नुहेकी ॥ | ||
{{pcn|(४०)}} | {{pcn|(४०)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:50, 26 May 2025
"उल्लू रैछस् फटाहा मकन त कुटुनीतुल्य पो आज ठानिस् ?
के जानिस् कण्वपत्नी ? समझसँग त बोल् भस्म पार्नेछु जानिस् ?
जा जा ! जाने भए जा न त अब तँ यहाँ बिग्रिनेछस् घमण्डी ।
यी हुन् छोरी तँ बुझ्छस् समभविनु त्यसै बोल्दछस् हैन रण्डी ॥"
(३५)
काँप्यो पुड्के डरायो कर दुइ अब ता जोड्छ सातो गएर ।
"माफी पाऊँ नबुझ्दा यति हुन गइगो जान्छु माता !" नुहेर ॥
भन्दै त्यो भित्र पस्थ्यो उसबखत त्यहाँ झ्यालमा भूप आए ।
देखी को को रहेछन् तलतिर यतिले एक नै दृष्टि लाए ॥
(३६)
झल्का पाई मुदितहृदय स्वर्ग देखेसमान ।
ढुक् ढुक् गर्दी मुटु नजरले पाउँदी दिव्य मान ॥
आशा वल्ली लसित मुखको रङ्ग चढ्दो उज्याली ।
भोग्छिन् रोमाञ्च मृदुल नयाँ त्यो वसन्ती हवामा ॥
(३७)
बोल्लान् बोल्लान् कि अब पहिला शब्द त्यो झ्यालबाट ।
शायद् नामैसित त मकन ती गर्दछन् के पुकारा ?
"आयौ केले कुन रित कसो के गरी ?" सम्म केही ।
भन्ने आशा धुकचुक भयो प्रश्न केही नसुन्दा ॥
(३८)
"को हो ? को हो ?" सित पिक रटी ती बनेकी झसङ्ग ।
हेर्छिन् लामा नयन रसले झ्यालसम्मन् उठाई ॥
देखेनन् लौ कि त नयनले खालि देखे झलक्क ।
सम्झे होलान् तर किन त्यसै बिर्सिएलान् मिलिक्क ॥
(३९)
भन्दै हेर्दी वनतिर तिनी आशवाली पुलुक्क ।
आधा आशा अलिकति कतै के कसो भो भने झैं ॥
चढ्दो लाली शारम ललिता शोचले रोकिएकी ।
मुस्कूँ जस्ता अधर पहिलो भाव ओर्ली नुहेकी ॥
(४०)