Jump to content

Page:Shakuntala.pdf/339: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
खालि शक्ति त्यसै हम्ज सत्यको नलिई भर ।
जति चौडा भयो सत्य उति टिक्छ पुगी पर ॥
{{pcn|(८२)}}


एकाग्रताध्येयनिम्ति सर्वाणुस्वविकम्पित ।
सिद्ध बन्दछ जेता नै अनि हुन्छ सुनिश्चित ॥
{{pcn|(८३)}}
तर एकाप्रताबाट सिद्ध जो फल फल्दछ ।
सत्यान्तर्गत त्यो छैन भने ता हार नन्दछ ॥
{{pcn|(८४)}}
हिल्छ माथि पुगी काही सत्य वक्र भए रति
तपस्वी जो छ त्यो आफैं गिर्न थाल्छ अघोगति ॥
{{pcn|(८५)}}
अरू डग्छन्‌ अरू हिल्छन्‌ ध्येय सत्य-पराडमुख ।
बनका ती महाध्येयी गिर्नलाई अंघोमुख ॥
{{pcn|(८६)}}
तपस्वी शुक्र छन्‌ ठूला जितेका आफुलाइ ती ।
तर त्यस्ता महाध्येयी गिरेका छन्‌ यहाँ कति ॥
{{pcn|(८७)}}
तपस्या मात्र जित्दैन, मूल ध्येयानुसार छ ।
विश्वमा शक्ति देवेश ! मूलाभिप्राय यार छ ॥
{{pcn|(८८)}}
शुक्रले देत्यका निम्ति गरे तप अघोर यौ
त्यसैले ध्येय भो वक्र शक्र ! ध्येय असत्‌ छ पो ॥
{{pcn|(८९)}}
अनन्यभक्ति जेमा छ श्रद्धा श्रीपेचतुल्य छ ।
भक्ति श्रद्धा दुवैलाई जित्ने सत्य अमूल्य छ ॥
{{pcn|(९०)}}
सत्य-स्वरूप छन्‌ ईश सत्यसाथ असत्यको ।
भाग गर्दा गिरी लान्छ ध्येय बन्छ अनित्यको ॥
{{pcn|(९१)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 21:19, 25 May 2025

This page has not been proofread

खालि शक्ति त्यसै हम्ज सत्यको नलिई भर ।
जति चौडा भयो सत्य उति टिक्छ पुगी पर ॥
(८२)

एकाग्रताध्येयनिम्ति सर्वाणुस्वविकम्पित ।
सिद्ध बन्दछ जेता नै अनि हुन्छ सुनिश्चित ॥
(८३)

तर एकाप्रताबाट सिद्ध जो फल फल्दछ ।
सत्यान्तर्गत त्यो छैन भने ता हार नन्दछ ॥
(८४)

हिल्छ माथि पुगी काही सत्य वक्र भए रति
तपस्वी जो छ त्यो आफैं गिर्न थाल्छ अघोगति ॥
(८५)

अरू डग्छन्‌ अरू हिल्छन्‌ ध्येय सत्य-पराडमुख ।
बनका ती महाध्येयी गिर्नलाई अंघोमुख ॥
(८६)

तपस्वी शुक्र छन्‌ ठूला जितेका आफुलाइ ती ।
तर त्यस्ता महाध्येयी गिरेका छन्‌ यहाँ कति ॥
(८७)

तपस्या मात्र जित्दैन, मूल ध्येयानुसार छ ।
विश्वमा शक्ति देवेश ! मूलाभिप्राय यार छ ॥
(८८)

शुक्रले देत्यका निम्ति गरे तप अघोर यौ
त्यसैले ध्येय भो वक्र शक्र ! ध्येय असत्‌ छ पो ॥
(८९)

अनन्यभक्ति जेमा छ श्रद्धा श्रीपेचतुल्य छ ।
भक्ति श्रद्धा दुवैलाई जित्ने सत्य अमूल्य छ ॥
(९०)

सत्य-स्वरूप छन्‌ ईश सत्यसाथ असत्यको ।
भाग गर्दा गिरी लान्छ ध्येय बन्छ अनित्यको ॥
(९१)