Jump to content

Page:Ritubichar.pdf/72: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
 
Page statusPage status
-
Proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|५२}}
{{pcn|५२}}
घर्केको हिम रेलिन्छ नदीका स्रोतमा सधैं
घर्केको हिम रेलिन्छ नदीका स्रोतमा सधैँ
संसारी जीवको सारा बुद्धिमा भवितव्य झैं
संसारी जीवको सारा बुद्धिमा भवितव्य झैँ


{{pcn|५३}}
{{pcn|५३}}
हिमालका नदी-भित्र हिमको त्यो कडा-पन ।
हिमालका नदी-भित्र हिमको त्यो कडा-पन ।
भरिनाले सबै लागे हिम झैं गँगर्याउन
भरिनाले सबै लागे हिम झैँ गँगर्‍याउन


{{pcn|५४}}
{{pcn|५४}}
Line 27: Line 27:
{{pcn|५८}}
{{pcn|५८}}
नपारी बाहिरी ताप देखाई शीतलो-पन ।
नपारी बाहिरी ताप देखाई शीतलो-पन ।
कठै! शिशिरले साह्रै शुकायो रसिलो वन ॥
कठै ! शिशिरले साह्रै शुकायो रसिलो वन ॥


{{pcn|५९}}
{{pcn|५९}}
खडा-खडै सबै सिट्ठी बने तेसै वनस्पति ।
खडा-खडै सबै सिट्ठी बने तेसै वनस्पति ।
प्रमेह-रोग लागेका रोगी झैं लागने अति ॥
प्रमेह-रोग लागेका रोगी झैँ लागने अति ॥


{{pcn|६०}}
{{pcn|६०}}
न ता वृक्ष-विषे पात, न ता झार कतै रति ।
न ता वृक्ष-विषे पात, न ता झार कतै रति ।
जता हेर्यो उतै खाली उराठै लागने अति ॥
जता हेर्‍यो उतै खाली उराठै लागने अति ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 18:54, 25 May 2025

This page has been validated

५२
घर्केको हिम रेलिन्छ नदीका स्रोतमा सधैँ ।
संसारी जीवको सारा बुद्धिमा भवितव्य झैँ ॥

५३
हिमालका नदी-भित्र हिमको त्यो कडा-पन ।
भरिनाले सबै लागे हिम झैँ गँगर्‍याउन ॥

५४
त्रिशूली, कौशिका, कृष्णा-गण्डकीहरुले शिर ।
लुकाये हिमको घुम्टो हाली टम्म उँभो-तिर ?

५५
थिचँदैछ तुषाराले सारा कमलको वन ।
नयाँ विचार-धाराले धर्मजस्तै सनातन ॥

५६
पद्म-पत्र सडे सारा हिलामा ती कठैबरी ।
गुणग्राही नपायेर मिल्कियेका गुणी-सरी ॥

५७
उस्तो जन-मनोहारी भरिलो पद्म-संहति ।
डण्ठी शेष हुनू आजै धिक्कार विधिको गति ॥

५८
नपारी बाहिरी ताप देखाई शीतलो-पन ।
कठै ! शिशिरले साह्रै शुकायो रसिलो वन ॥

५९
खडा-खडै सबै सिट्ठी बने तेसै वनस्पति ।
प्रमेह-रोग लागेका रोगी झैँ लागने अति ॥

६०
न ता वृक्ष-विषे पात, न ता झार कतै रति ।
जता हेर्‍यो उतै खाली उराठै लागने अति ॥