Jump to content

Page:Shakuntala.pdf/267: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
"कहिले बिहा भयो ?" भनी ।
"कहिले बिहा भयो ?" भनी ।
::जन तोद्रछे उनी पनि ॥
::जब सोद्धछे उनी पनि ॥
"अविवाहिता म ता" भनी ।
"अविवाहिता म ता" भनी ।
::मुसकाउँछिन्‌ तुयौवनी
::मुसकाउँछिन्‌ सुयौवनी
{{pcn|(३६)}}
{{pcn|(३६)}}


उ छ खिल्ल "ए ! त्यसो भए ।
उ छ खिल्ल "ए ! त्यसो भए ।
::भर्वेराविना फुलेछ ए ॥
::भवँराविना फुलेछ ए ॥
मधुमालती त्यहाँ अहो !"
मधुमालती त्यहाँ अहो !"
::मृदु भन्दछ "कहो कहो ॥"
::मृदु भन्दछे "कहो कहो ॥"
{{pcn|(३७)}}
{{pcn|(३७)}}


Line 16: Line 16:
::सब चाउरी बढी फुले ॥
::सब चाउरी बढी फुले ॥
दृग चम्किई शकुन्तला ।
दृग चम्किई शकुन्तला ।
::मुख छोप्दछिन्‌ स्‌मञ्जुला
::मुख छोप्दछिन्‌ सुमञ्जुला
{{pcn|(३८)}}
{{pcn|(३८)}}


जब खोल्दछिन्‌ मुहार ती ।
जब खोल्दछिन्‌ मुहार ती ।
::सुरबागका जुहार ती ॥
::सुरबागका जुहार ती ॥
मृद्‌ छन्‌ गुलाफ भारती ।
मृदु छन्‌ गुलाफ भारती ।
::मुकमारिता अपार ती ॥
::मुकुमारिता अपार ती ॥
{{pcn|(३९)}}
{{pcn|(३९)}}


जान्छ किसान दुही लिन गाई ।
जान्छ किसान दुही लिन गाई ।
::हात लिई गबुवा पयलाई ॥
::हात लिई गबुवा पयलाई ॥
"यो निषि के दुहनाकन जान्छौ ?"
"यो निशि के दुहुनाकन जान्छौ ?"
::भन्दछ एक त्यहाँ उसलाई ॥
::भन्दछ एक त्यहाँ उसलाई ॥
{{pcn|(४०)}}
{{pcn|(४०)}}


अडदछ सत्वर बोल्दछ चारु ।
अड्दछ सत्वर बोल्दछ चारु ।
::"आठ त याम छ गाद्र दुधारु ।"
::"आठ त याम छ गाइ दुधारु ।"
"कष्ट उठाउनु पो किन पर्छ ?"
"कष्ट उठाउनु पो किन पर्छ ?"
::"के छ र कष्ट र ? यै छिन भर्छ ॥"
::"के छ र कष्ट र ? यै छिन भर्छ ॥"

Latest revision as of 07:28, 25 May 2025

This page has been proofread

"कहिले बिहा भयो ?" भनी ।
जब सोद्धछे उनी पनि ॥
"अविवाहिता म ता" भनी ।
मुसकाउँछिन्‌ सुयौवनी ॥
(३६)

उ छ खिल्ल "ए ! त्यसो भए ।
भवँराविना फुलेछ ए ॥
मधुमालती त्यहाँ अहो !"
मृदु भन्दछे "कहो कहो ॥"
(३७)

स्मित गौतमीमुहारमा !
सब चाउरी बढी फुले ॥
दृग चम्किई शकुन्तला ।
मुख छोप्दछिन्‌ सुमञ्जुला ॥
(३८)

जब खोल्दछिन्‌ मुहार ती ।
सुरबागका जुहार ती ॥
मृदु छन्‌ गुलाफ भारती ।
मुकुमारिता अपार ती ॥
(३९)

जान्छ किसान दुही लिन गाई ।
हात लिई गबुवा पयलाई ॥
"यो निशि के दुहुनाकन जान्छौ ?"
भन्दछ एक त्यहाँ उसलाई ॥
(४०)

अड्दछ सत्वर बोल्दछ चारु ।
"आठ त याम छ गाइ दुधारु ।"
"कष्ट उठाउनु पो किन पर्छ ?"
"के छ र कष्ट र ? यै छिन भर्छ ॥"
(४१)