Jump to content

Page:Ritubichar.pdf/19: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
 
Page statusPage status
-
Proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 19: Line 19:
{{pcn|१२}}
{{pcn|१२}}
घामको नाम पारेर कालले अति उत्कट ।
घामको नाम पारेर कालले अति उत्कट ।
आफना लयलीलाको देखायो चम्चमावट ॥
आफना लय-लीलाको देखायो चम्चमावट ॥


{{pcn|१३}}
{{pcn|१३}}
Line 27: Line 27:
{{pcn|१४}}
{{pcn|१४}}
जल तात्यो, हवा तात्यो, तात्यो गगन, भूतल ।
जल तात्यो, हवा तात्यो, तात्यो गगन, भूतल ।
सन्तको सङ्ग झैं यौटा-वृक्ष-च्छाया छ शीतल ॥
सन्तको सङ्ग झैँ यौटा-वृक्ष-च्छाया छ शीतल ॥


{{pcn|१५}}
{{pcn|१५}}
गर्छन् विश्राम निर्धक्क बटुवा वृक्षका मनि ।
गर्छन् विश्राम निर्धक्क बटुवा वृक्षका मनि ।
आडमा योग्य नेताको दुनियाँ झैं सुखी बनी ॥
आडमा योग्य नेताको दुनियाँ झैँ सुखी बनी ॥


{{pcn|१६}}
{{pcn|१६}}

Latest revision as of 14:15, 24 May 2025

This page has been validated


विषले मत्मतायेका काला काला भुजङ्गको ।
फुङ्कार झैँ बढेको छ दन्दनाहट धर्मको ॥


सन्तापले गरी ज्यादा आकाशै धप्प भैकन ।
ज्वाला-जाल निकालेर बलने हो कि दन्दन ?

१०
त्यो नीलभाग माथिल्लो सारा विश्व-कटाहको ।
दागै हो कि त यै चर्का ग्रीष्मका उग्र दाहको ?

११
संसार-भर ठण्डीको नामै छैन कतै-तिर ।
जता जाऊ उतै खाली गरमीको कडा पिर ॥

१२
घामको नाम पारेर कालले अति उत्कट ।
आफना लय-लीलाको देखायो चम्चमावट ॥

१३
गरमीको कडा मुस्लो सल्कायेर सबै-तिर ।
भसक्कै पार्न आँट्यो कि विधिले सृष्टि सुन्दर ?

१४
जल तात्यो, हवा तात्यो, तात्यो गगन, भूतल ।
सन्तको सङ्ग झैँ यौटा-वृक्ष-च्छाया छ शीतल ॥

१५
गर्छन् विश्राम निर्धक्क बटुवा वृक्षका मनि ।
आडमा योग्य नेताको दुनियाँ झैँ सुखी बनी ॥

१६
जल शुक्तै गयो सारा पृथ्वीबाट घरी-घरी ।
कराल कलिले गर्दा धर्मको महिमा-सरी ॥