Jump to content

Page:Shakuntala.pdf/234: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 6: Line 6:


देखिन्‌ बडो महल, बाग विचित्र झल्ल ।
देखिन्‌ बडो महल, बाग विचित्र झल्ल ।
::कारीगरी मधुर मन्दिर दैवका झै
::कारीगरी मधुर मन्दिर देवका झैं
जोडेर मन्दिर अनेक बने समान ।
जोडेर मन्दिर अनेक बने समान ।
::नुष्टा अनेक रँग-शिल्पित, स्वर्णचृड
::बुट्टा अनेक रँग-शिल्पित, स्वर्णचूड
{{pcn|(४७)}}
{{pcn|(४७)}}


शगा रटैर पिँजरा सुनका खुलेका ।
शूगा रटेर पिँजरा सुनका खुलेका ।
::बत्ती सुवाससित झल्मल झैं बनेका ॥
::बत्ती सुवाससित झल्मल झैं बनेका ॥
माछा सुवर्णरँग पुष्करिणी सिँगार ।
माछा सुवर्णरँग पुष्करिणी सिँगार ।
::गट्री रहेछ अनि बल्न दुवै तयार ॥
::गद्दी रहेछ अनि बल्न दुवै तयार ॥
{{pcn|(४८)}}
{{pcn|(४८)}}


माला घरी विजयको तरवारसाथ ।
माला धरी विजयको तरवारसाथ ।
::श्रीपेच धप्धप मनोहर बीच माथ ॥
::श्रीपेच धप्धप मनोहर बीच माथ ॥
राजा प्रसम्न-मुख सुस्त नजीक आई ।
राजा प्रसन्न-मुख सुस्त नजीक आई ।
::भन्छन्‌ 'अहो ! बहुत काम भई मलाई ॥
::भन्छन्‌ 'अहो ! बहुत काम भई मलाई ॥
{{pcn|(४९)}}
{{pcn|(४९)}}


निरु घेर दिनसम्म नमान दिक्क ।
बिर्सेछु धेर दिनसम्म नमान दिक्क ।'
::भएछ तब घुँक्क गरेर सम्झी ॥
::रूँ रूँ भएछ तब घुँक्क गरेर सम्झी ॥
लामो वियोग अघिको, दिल आर्त बन्दा ।
लामो वियोग अघिको, दिल आर्त बन्दा ।
::फर्किन्‌ फरक्क दृग अञ्चलले पुछेर ॥
::फर्किन्‌ फरक्क दृग अञ्चलले पुछेर ॥
{{pcn|(५०)}}
{{pcn|(५०)}}


आफ्नौ दशा हृदयको त्यसरी बताई ।
आफ्नो दशा हृदयको त्यसरी बताई ।
::"के के भयो त्यस जगततिर' झै भनेर ॥
::'के के भयो त्यस जगत्‌तिर' झैं भनेर ॥
खोलूँ समस्त दुख त्यो अवरुद्ध भन्दी ।
खोलूँ समस्त दुख त्यो अवरुद्ध भन्दी ।
::आँखा जलैजल बनीकन झर्र झर्दिन्‌ ॥
::आँखा जलैजल बनीकन झर्र झर्दिन्‌ ॥
Line 36: Line 36:


ती भूपले 'अन नमानन दुःख प्यारी !
ती भूपले 'अन नमानन दुःख प्यारी !
::माफी दिए मकन क्रुर भएछु भारी ॥
::माफी दिए मकन क्रूर भएछु भारी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 15:24, 18 May 2025

This page has been proofread

आत्मा लगेर परदेश प्रकाशभित्र ।
ती देख्दछिन्‌ प्रिय सजीव गरेर राजा ॥
(४६)

देखिन्‌ बडो महल, बाग विचित्र झल्ल ।
कारीगरी मधुर मन्दिर देवका झैं ॥
जोडेर मन्दिर अनेक बने समान ।
बुट्टा अनेक रँग-शिल्पित, स्वर्णचूड ॥
(४७)

शूगा रटेर पिँजरा सुनका खुलेका ।
बत्ती सुवाससित झल्मल झैं बनेका ॥
माछा सुवर्णरँग पुष्करिणी सिँगार ।
गद्दी रहेछ अनि बल्न दुवै तयार ॥
(४८)

माला धरी विजयको तरवारसाथ ।
श्रीपेच धप्धप मनोहर बीच माथ ॥
राजा प्रसन्न-मुख सुस्त नजीक आई ।
भन्छन्‌ 'अहो ! बहुत काम भई मलाई ॥
(४९)

बिर्सेछु धेर दिनसम्म नमान दिक्क ।'
रूँ रूँ भएछ तब घुँक्क गरेर सम्झी ॥
लामो वियोग अघिको, दिल आर्त बन्दा ।
फर्किन्‌ फरक्क दृग अञ्चलले पुछेर ॥
(५०)

आफ्नो दशा हृदयको त्यसरी बताई ।
'के के भयो त्यस जगत्‌तिर' झैं भनेर ॥
खोलूँ समस्त दुख त्यो अवरुद्ध भन्दी ।
आँखा जलैजल बनीकन झर्र झर्दिन्‌ ॥
(५१)

ती भूपले 'अन नमानन दुःख प्यारी !
माफी दिए मकन क्रूर भएछु भारी ॥