Jump to content

Page:Shakuntala.pdf/233: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 7: Line 7:
{{pcn|(४१)}}
{{pcn|(४१)}}


"पाइन्छ फेरि र कहाँ अन गर्न ठट्टा ?
"पाइन्छ फेरि र कहाँ अब गर्न ठट्टा ?
::रानी भएपछि त यो सुख बन्छ बट्टा ॥
::रानी भएपछि त यो सुख बन्छ बट्टा ॥
चिन्नै हुनै कठिन क्यार गरीब साना ।
चिन्नै हुनै कठिन क्यार गरीब साना ।
::यो एक रोज नगर्छे किन हास्य नाना ?"
::यो एक रोज नगरूँ किन हास्य नाना ?"
भन्छिन्‌ गरेर मुटु चुम्बन ती गलामा ।
भन्छिन्‌ गरेर मुटु चुम्बन ती गलामा ।
::लागैर कुत्कृति हँसाउन औठ लामा ॥
::लागेर कुत्कुति हँसाउन ओठ लामा ॥
{{pcn|(४२)}}
{{pcn|(४२)}}


जिस्की बसे मधुरता जन मर्मवाली ।
जिस्की बसे मधुरता जन मर्मवाली ।
::लागी भद्दन्‌ अनि उठिन्‌ तन भाग्नलाई ॥
::लागी भइन्‌ अनि उठिन्‌ तन भाग्नलाई ॥
पक्रेर ल्याउन उठे सखि चार चारु ।
पक्रेर ल्याउन उठे सखि चार चारु ।
::"फर्किन्ने नाइँ" भनि अङ्ग फरक्क पारी ॥
::"फर्किन्नँ नाइँ" भनि अङ्ग फरक्क पारी ॥
झर्केर फर्किन गइन्‌ रिससाथ भारी ।
झर्केर फर्किन गइन्‌ रिससाथ भारी ।
{{pcn|(४३)}}
{{pcn|(४३)}}
Line 24: Line 24:
त्यो रात नीद हलुकासँग चट्ट ओर्लिन्‌ ।
त्यो रात नीद हलुकासँग चट्ट ओर्लिन्‌ ।
::आधा खूला पलकमै सपरा उघारी ॥
::आधा खूला पलकमै सपरा उघारी ॥
याथार्थको यवतिका हलुका उचाली ।
याथार्थको यवनिका हलुका उचाली ।
::पारी तरङ्ग सपना मुदु्‌ रोशनीमा ॥
::पारी तरङ्ग सपना मुदृ रोशनीमा ॥
{{pcn|(४४)}}
{{pcn|(४४)}}


आनन्दमा सकल होश खिचेर भर्दो ।
आनन्दमा सकल होश खिचेर भर्दो ।
::अव्यक्त भावहरुका प्रक्त क्रियाले ॥
::अव्यक्त भावहरुका प्रकृत क्रियाले ॥
मीठा र हृद्य रंग रूप र शब्द रेखा ।
मीठा र हृद्य रंग रूप र शब्द रेखा ।
::बेहोशा सत्यसँग सुन्दर नाटकीय ॥
::बेहोश सत्यसँग सुन्दर नाटकीय ॥
{{pcn|(४५)}}
{{pcn|(४५)}}


बाधा जिती, समय, स्थान र दूरताका ।
बाधा जिती, समय, स्थान र दूरताका ।
::देख्दी दिलै नजिकका सन दृश्य खोली ॥
::देख्दी दिलै नजिकका सब दृश्य खोली ॥
भर्थिन्‌ वियोगकन आश-मिठास सत्य ।
भर्थिन्‌ वियोगकन आश-मिठास सत्य ।
::सच्चाइसाथ मधुरो प्रिय कामनामा ॥
::सच्चाइसाथ मधुरो प्रिय कामनामा ॥

Latest revision as of 15:19, 18 May 2025

This page has been proofread

जोडी दिएर कर सुन्दर पाखुरामा ।
अन्दाज भै विफल पन्सिन जोड गर्दी ॥
फर्काइँदी वदन सुन्दर ती पछाडि ।
आँखा जुझी मधुर छन्‌ स्मित चारुपाथ ॥
(४१)

"पाइन्छ फेरि र कहाँ अब गर्न ठट्टा ?
रानी भएपछि त यो सुख बन्छ बट्टा ॥
चिन्नै हुनै कठिन क्यार गरीब साना ।
यो एक रोज नगरूँ किन हास्य नाना ?"
भन्छिन्‌ गरेर मुटु चुम्बन ती गलामा ।
लागेर कुत्कुति हँसाउन ओठ लामा ॥
(४२)

जिस्की बसे मधुरता जन मर्मवाली ।
लागी भइन्‌ अनि उठिन्‌ तन भाग्नलाई ॥
पक्रेर ल्याउन उठे सखि चार चारु ।
"फर्किन्नँ नाइँ" भनि अङ्ग फरक्क पारी ॥
झर्केर फर्किन गइन्‌ रिससाथ भारी ।
(४३)

त्यो रात नीद हलुकासँग चट्ट ओर्लिन्‌ ।
आधा खूला पलकमै सपरा उघारी ॥
याथार्थको यवनिका हलुका उचाली ।
पारी तरङ्ग सपना मुदृ रोशनीमा ॥
(४४)

आनन्दमा सकल होश खिचेर भर्दो ।
अव्यक्त भावहरुका प्रकृत क्रियाले ॥
मीठा र हृद्य रंग रूप र शब्द रेखा ।
बेहोश सत्यसँग सुन्दर नाटकीय ॥
(४५)

बाधा जिती, समय, स्थान र दूरताका ।
देख्दी दिलै नजिकका सब दृश्य खोली ॥
भर्थिन्‌ वियोगकन आश-मिठास सत्य ।
सच्चाइसाथ मधुरो प्रिय कामनामा ॥