Page:Lalitya bhag 1 ra 2.pdf/233: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(१६)}} | |||
बाली वैश्वानर विरहको छट्पटीको कह्राई | |||
::राखी उस्का उपर, घिउझैँ चित्त यो कट्कटाई । | |||
कस्का निम्ती किन छिनछिनै कल्पनाका बतासा | |||
::हाल्छे झिक्छे मलिनवदना एकली यो दुराशा ?? | |||
{{pcn|(१७)}} | |||
सम्झीसम्झीकन जुन महामञ्जु आलोक सत्ता | |||
::कल्पेको छू पलपल कठै ! त्यो छ सारा बिपत्ता । | |||
उल्टो काला रजनिचरका पर्दछन् मूर्ति देखा | |||
::कस्तो कालो नियति-गतिको खेल वा कर्मरेखा ?? | |||
{{pcn|(१८)}} | |||
कैले छाया घन-तिमिरमा भूतका भाँतिभाँति | |||
::कैले भोको विकट नर-कङ्कालको चल्छ ताँती । | |||
कैले ऐँठी तन मन सबै अक्कडिन्छन् पिचाश | |||
::कैले चर्को श्रवण-पुटमा प्रेतको अट्टहास ॥ | |||
{{pcn|(१९)}} | |||
देख्दा त्यस्ता रजनिचरका लास्य-लीला अनेक | |||
::काँप्छन् सारा अवयव कठै ! भाग्छ टाढा विवेक । | |||
शङ्का-सुर्तासहित भयको उग्र तूफान चल्छ | |||
::जस्तै मेरो पलपल सबै जीवनी-शक्ति गल्छ ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:40, 18 May 2025
This page has not been proofread
(१६)
बाली वैश्वानर विरहको छट्पटीको कह्राई
राखी उस्का उपर, घिउझैँ चित्त यो कट्कटाई ।
कस्का निम्ती किन छिनछिनै कल्पनाका बतासा
हाल्छे झिक्छे मलिनवदना एकली यो दुराशा ??
(१७)
सम्झीसम्झीकन जुन महामञ्जु आलोक सत्ता
कल्पेको छू पलपल कठै ! त्यो छ सारा बिपत्ता ।
उल्टो काला रजनिचरका पर्दछन् मूर्ति देखा
कस्तो कालो नियति-गतिको खेल वा कर्मरेखा ??
(१८)
कैले छाया घन-तिमिरमा भूतका भाँतिभाँति
कैले भोको विकट नर-कङ्कालको चल्छ ताँती ।
कैले ऐँठी तन मन सबै अक्कडिन्छन् पिचाश
कैले चर्को श्रवण-पुटमा प्रेतको अट्टहास ॥
(१९)
देख्दा त्यस्ता रजनिचरका लास्य-लीला अनेक
काँप्छन् सारा अवयव कठै ! भाग्छ टाढा विवेक ।
शङ्का-सुर्तासहित भयको उग्र तूफान चल्छ
जस्तै मेरो पलपल सबै जीवनी-शक्ति गल्छ ॥