Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/230: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
{{pcn|(४)}}
त्यै स्वप्नामा सकल दुनियाँ मस्त भै खेल्न लाग्यो
::यो संसारी विषयतिरको सम्झना दूर भाग्यो ।
देख्दा त्यस्तो शयन-सुख वा त्यो श्रमच्छेद-लीला
::हुन्छन्‌ मेरो किनकिन कठै ! नेत्र दोटै धमीला ॥


{{pcn|(५)}}
तृष्णा मेरो पनि छ त्यसमा, नित्य भन्छू  निदाऊँ
::निद्रालाई तर अब कहाँ देख्न वा भेट्न पाऊँ ?
प्यारी ! निद्रा ! किन पर गयौ ? विन्ति मेरो छ आऊ
::भन्दाभन्दै विकल मुटुको उग्र चस्कन्छ घाऊ ॥
{{pcn|(६)}}
चिम्लूँ भन्छू नयन, सहसा जोरिँदैनन्‌ परेला
::जोरी-हालेँ, जिनतिन भने पर्छ अर्कै झमेला ।
नानी भन्छन्‌ किन मुफतमा गर्दछौ द्वार बन्द
::आँसू भन्छन्‌ तलतल झरी बग्न द्यौ मन्द मन्द ॥
{{pcn|(७)}}
उठछू, बस्छु, उस मधुरिमातर्फ उम्लन्छ आशा
::जस्ले मेरो अलि दिन बसेथ्यो मुटू-भित्र वास ।
त्यस्तो प्यारो मधुर मुहुनीदार त्यो कान्तिधारा
::खोज्दाखोज्दै सब दश दिशा देख्न थालेँ अँध्यारा ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 11:36, 18 May 2025

This page has not been proofread

(४)
त्यै स्वप्नामा सकल दुनियाँ मस्त भै खेल्न लाग्यो
यो संसारी विषयतिरको सम्झना दूर भाग्यो ।
देख्दा त्यस्तो शयन-सुख वा त्यो श्रमच्छेद-लीला
हुन्छन्‌ मेरो किनकिन कठै ! नेत्र दोटै धमीला ॥

(५)
तृष्णा मेरो पनि छ त्यसमा, नित्य भन्छू निदाऊँ
निद्रालाई तर अब कहाँ देख्न वा भेट्न पाऊँ ?
प्यारी ! निद्रा ! किन पर गयौ ? विन्ति मेरो छ आऊ
भन्दाभन्दै विकल मुटुको उग्र चस्कन्छ घाऊ ॥

(६)
चिम्लूँ भन्छू नयन, सहसा जोरिँदैनन्‌ परेला
जोरी-हालेँ, जिनतिन भने पर्छ अर्कै झमेला ।
नानी भन्छन्‌ किन मुफतमा गर्दछौ द्वार बन्द
आँसू भन्छन्‌ तलतल झरी बग्न द्यौ मन्द मन्द ॥

(७)
उठछू, बस्छु, उस मधुरिमातर्फ उम्लन्छ आशा
जस्ले मेरो अलि दिन बसेथ्यो मुटू-भित्र वास ।
त्यस्तो प्यारो मधुर मुहुनीदार त्यो कान्तिधारा
खोज्दाखोज्दै सब दश दिशा देख्न थालेँ अँध्यारा ॥