Page:Lalitya bhag 1 ra 2.pdf/206: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''here'''}}}} {{start center block}} <poem> </poem> {{end center block}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|''' | {{c|{{larger|'''पाटीमा ढाक्रेको पसारो '''}}}} | ||
{{start center block}} | {{start center block}} | ||
<poem> | <poem> | ||
{{pcn|(१)}} | |||
त्यै ठेलम्ठेल घुर्चो, हडबड सब त्यै त्यै छ खैला र बैला | |||
::डोको, कुम्ला, झिटीको लटपट सब त्यै त्यै छ फोहोर-मैला । | |||
त्यै ताकाताक सेखी, सनक छ, सब त्यै वास बस्ने प्रयास | |||
::तेही चौका चुह्लाको खटपट, सबको त्यै अमिल्दो मिजास ॥ | |||
{{pcn|(२)}} | |||
त्यै भित्र नेत्र चिम्ली तरह-तरहले घुर्र घुर्ने झमेला | |||
::तेही तेरो र मेरो तँ तँ र म म-मय भ्रान्तिले पूर्ण मेला । | |||
त्यै याताऽऽयात गर्ने पथ, उस पथमा त्यै सधैँको अँध्यारो | |||
::ढाक्रेको त्यै अँध्यारो पथ-बिचबिचको पाटिमा त्यो पसारो ॥ | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 11:29, 18 May 2025
This page has not been proofread
पाटीमा ढाक्रेको पसारो
(१)
त्यै ठेलम्ठेल घुर्चो, हडबड सब त्यै त्यै छ खैला र बैला
डोको, कुम्ला, झिटीको लटपट सब त्यै त्यै छ फोहोर-मैला ।
त्यै ताकाताक सेखी, सनक छ, सब त्यै वास बस्ने प्रयास
तेही चौका चुह्लाको खटपट, सबको त्यै अमिल्दो मिजास ॥
(२)
त्यै भित्र नेत्र चिम्ली तरह-तरहले घुर्र घुर्ने झमेला
तेही तेरो र मेरो तँ तँ र म म-मय भ्रान्तिले पूर्ण मेला ।
त्यै याताऽऽयात गर्ने पथ, उस पथमा त्यै सधैँको अँध्यारो
ढाक्रेको त्यै अँध्यारो पथ-बिचबिचको पाटिमा त्यो पसारो ॥