Page:Shakuntala.pdf/249: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
छोड्नैपर्ने परवश भई जन्मको चारुभूमि । | |||
जानैपर्ने परघर सदा दुःखको नाक चूमी ॥ | |||
बाधा बन्दी विवश अबला जातकी हा ! अभागी । | |||
आँखा भर्दै कदम लिउँला चित्तमा चोट लागी ॥ | |||
{{pcn|(७३)}} | |||
'आनन्दैमा घरतिर बसी दुःख नै हुन्छ के र ? | |||
निर्सीहोली सबकन त्यहाँ सौख्य पाएर धेर ॥' | |||
भन्ने हुन्छन् अरुहरु यहाँ आँसुको नन्छ दाना । | |||
सम्झी रु छ छिन छिन भई दुःख पगिलन्छ नाना ॥" | |||
{{pcn|(७४)}} | |||
"वन यो पर हुन्न क्यै गरी । | |||
पर होला तर जिन्दगी मरी ॥ | |||
सुखको छ विचित्र चित्र जो । | |||
दिलमा अङ्गित भित्र भित्र यो ॥ | |||
{{pcn|(७५)}} | |||
यदि चट्ट चिरी कतै उर । | |||
छ त्यहाँ के सन बीच सुन्दर ? | |||
रंगदार सजीवता भनी- | |||
कन हेरे छ यही सधैँभर ॥ | |||
{{pcn|(७६)}} | |||
भन चारु सखै प्रियम्वदा ! | |||
म बढें एक लता बनी यता ॥ | |||
तर आज कुठार कर्मको । | |||
पर लैजान्छ हरे ! कता कता ! | |||
{{pcn|(७७)}} | |||
कसरी सहँला वियोग यो ! | |||
पर नौलो घरबीचमा अहो ! | |||
मर्तुल्य हुनेछ शून्यता । | |||
पिँजरामा म रुँदा कता कता ॥ | |||
{{pcn|(७८)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 15:01, 15 May 2025
छोड्नैपर्ने परवश भई जन्मको चारुभूमि ।
जानैपर्ने परघर सदा दुःखको नाक चूमी ॥
बाधा बन्दी विवश अबला जातकी हा ! अभागी ।
आँखा भर्दै कदम लिउँला चित्तमा चोट लागी ॥
(७३)
'आनन्दैमा घरतिर बसी दुःख नै हुन्छ के र ?
निर्सीहोली सबकन त्यहाँ सौख्य पाएर धेर ॥'
भन्ने हुन्छन् अरुहरु यहाँ आँसुको नन्छ दाना ।
सम्झी रु छ छिन छिन भई दुःख पगिलन्छ नाना ॥"
(७४)
"वन यो पर हुन्न क्यै गरी ।
पर होला तर जिन्दगी मरी ॥
सुखको छ विचित्र चित्र जो ।
दिलमा अङ्गित भित्र भित्र यो ॥
(७५)
यदि चट्ट चिरी कतै उर ।
छ त्यहाँ के सन बीच सुन्दर ?
रंगदार सजीवता भनी-
कन हेरे छ यही सधैँभर ॥
(७६)
भन चारु सखै प्रियम्वदा !
म बढें एक लता बनी यता ॥
तर आज कुठार कर्मको ।
पर लैजान्छ हरे ! कता कता !
(७७)
कसरी सहँला वियोग यो !
पर नौलो घरबीचमा अहो !
मर्तुल्य हुनेछ शून्यता ।
पिँजरामा म रुँदा कता कता ॥
(७८)