Page:Shakuntala.pdf/212: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
उषाका भ्यालैमा दिनकर गई स्वर्ण करले । | |||
त्यहाँ हाने लोला ललित मृदु लाली सरसका ॥ | |||
बने पोका राम्रा जलद रँगका व्योमतलमा । | |||
गवैया पड्खीका हृदय पनि पारी खिरबिर ॥ | |||
{{pcn|(२९)}} | |||
सुनौला भै जाई किसलयकलेजी परि मुना । | |||
हरीया भै नाच्चन् धवल रँग चम्पा हुन गई ॥ | |||
जपा रातो, राम्री जुद्द कमल सेतो कनकको । | |||
बने चम्पा राम्रा गगनरस द्वन्दीवर बन्यो ॥ | |||
{{pcn|(३०)}} | |||
छिटी खुस्बू राम्रा प्रमुदितमुखी वायुसँगमा । | |||
चली जिस्की बस्ने युवति कृसुमी हेर नखरै ॥ | |||
यसो छल्दै बब्गी मूहुमय तरङ्गी रँगरेँग । | |||
बने चाला सहुदय हिली चारु विनता ॥ | |||
{{pcn|(३१)}} | |||
कुनै भो भो नाई अन रँग पुग्यो भन्न सरस । | |||
नुही ढल्की बङ्गी छुनुमुनु गरी छन् मृदु रस ॥ | |||
गढीला छातीमा मदन-रँगले छुन्छ छविला । | |||
चरा बाजा डोल्खन् लहर रेँगमा नाच्दछ खुला ॥ | |||
{{pcn|(३२)}} | |||
छ होरीको लीला प्रकृत ढँगको कृष्ण प्रभुको । | |||
कुनै घुम्टो लिन्छन् अलि अलि खुला छन् अन कुनै ॥ | |||
कनै लुक्छन् झाडीतिर मुख दिई केसर रँग | | |||
प्रसन्नता भै लिन्छन् प्रियतम खुशाउँसरिसँग ॥ | |||
{{pcn|(३३)}} | |||
यस्तो ढेब्ग भयो बिहा विपिनका राजा नने सूर्य झै । | |||
मानो लाज बनेर बादल उषा जस्ती बनिन् ती बधू ॥ | |||
छोटो रम्ज गुलानकी सरसरी आएर वैलीकन । | |||
घुम्टीले मुख ढाकिएर दिलमा आनन्द मात्रै बनी ॥ | |||
{{pcn|(३४)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 14:43, 15 May 2025
उषाका भ्यालैमा दिनकर गई स्वर्ण करले ।
त्यहाँ हाने लोला ललित मृदु लाली सरसका ॥
बने पोका राम्रा जलद रँगका व्योमतलमा ।
गवैया पड्खीका हृदय पनि पारी खिरबिर ॥
(२९)
सुनौला भै जाई किसलयकलेजी परि मुना ।
हरीया भै नाच्चन् धवल रँग चम्पा हुन गई ॥
जपा रातो, राम्री जुद्द कमल सेतो कनकको ।
बने चम्पा राम्रा गगनरस द्वन्दीवर बन्यो ॥
(३०)
छिटी खुस्बू राम्रा प्रमुदितमुखी वायुसँगमा ।
चली जिस्की बस्ने युवति कृसुमी हेर नखरै ॥
यसो छल्दै बब्गी मूहुमय तरङ्गी रँगरेँग ।
बने चाला सहुदय हिली चारु विनता ॥
(३१)
कुनै भो भो नाई अन रँग पुग्यो भन्न सरस ।
नुही ढल्की बङ्गी छुनुमुनु गरी छन् मृदु रस ॥
गढीला छातीमा मदन-रँगले छुन्छ छविला ।
चरा बाजा डोल्खन् लहर रेँगमा नाच्दछ खुला ॥
(३२)
छ होरीको लीला प्रकृत ढँगको कृष्ण प्रभुको ।
कुनै घुम्टो लिन्छन् अलि अलि खुला छन् अन कुनै ॥
कनै लुक्छन् झाडीतिर मुख दिई केसर रँग |
प्रसन्नता भै लिन्छन् प्रियतम खुशाउँसरिसँग ॥
(३३)
यस्तो ढेब्ग भयो बिहा विपिनका राजा नने सूर्य झै ।
मानो लाज बनेर बादल उषा जस्ती बनिन् ती बधू ॥
छोटो रम्ज गुलानकी सरसरी आएर वैलीकन ।
घुम्टीले मुख ढाकिएर दिलमा आनन्द मात्रै बनी ॥
(३४)