Jump to content

Page:Tarun tapasi.pdf/72: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२५}} न जाने मौरी वा मनुज कुन हो सञ्चयगुरु? ::गर्यो होला दुःखी मुफत किन यो झन्झट शुरु? यही सत्यानाशी कठिन सरुवा रोगवश भै ::सडेका छन् लाखौं विकल बिचरा मानिस सबै।। {{pcn|..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|२५}}
{{pcn|२५}}
न जाने मौरी वा मनुज कुन हो सञ्चयगुरु?
न जाने मौरी वा मनुज कुन हो सञ्चयगुरु ?
::गर्यो होला दुःखी मुफत किन यो झन्झट शुरु?
::गर्यो होला दुःखी मुफत किन यो झन्झट शुरु ?
यही सत्यानाशी कठिन सरुवा रोगवश भै
यही सत्यानाशी कठिन सरुवा रोगवश भै
::सडेका छन् लाखौं विकल बिचरा मानिस सबै।।
::सडेका छन् लाखौं विकल बिचरा मानिस सबै ॥


{{pcn|२६}}
{{pcn|२६}}
अहो कस्तो प्यारो अधम सरुवा व्याधि इनको
अहो कस्तो प्यारो अधम सरुवा व्याधि इनको
::छुट्यो जस्ले गर्दा स्मरण मनमा रातदिनको।
::छुट्यो जस्ले गर्दा स्मरण मनमा रातदिनको ।
जती जम्बा गर्छन् उति उति इनैको अवनति
जती जम्बा गर्छन् उति उति इनैको अवनति
::कठै छुट्दा चोला नियतिवश होला कुन गति?।।
::कठै छुट्दा चोला नियतिवश होला कुन गति ?


{{pcn|२७}}
{{pcn|२७}}
यही अन्धो लोभी मनुजपशुबाटै बढि बढी
यही अन्धो लोभी मनुजपशुबाटै बढि बढी
::वृथा जम्बा गर्ने नरकमय विद्याकन पढी।
::वृथा जम्बा गर्ने नरकमय विद्याकन पढी ।
अत्यासैमा मूसा जुनिभर अँध्यारो विवरमा
अत्यासैमा मूसा जुनिभर अँध्यारो विवरमा
::गरी चीं चीं मर्छन् मनुजहरुकै खेतघरमा।।
::गरी चीं चीं मर्छन् मनुजहरुकै खेतघरमा ॥


{{pcn|२८}}
{{pcn|२८}}
ठगी, चोरी, डाँका, हरकिसिमको झेल, बखडा,
ठगी, चोरी, डाँका, हरकिसिमको झेल, बखडा,
::कुटामारी, गाली, कपट, कटुता, वैर, झगडा।
::कुटामारी, गाली, कपट, कटुता, वैर, झगडा ।
घृणा, ईर्ष्या, हत्याप्रभृति जति छन् दुर्गुण कडा
घृणा, ईर्ष्या, हत्याप्रभृति जति छन् दुर्गुण कडा
::सबैको मूलैमा अधम सरुवा सञ्चय खडा।।
::सबैको मूलैमा अधम सरुवा सञ्चय खडा ॥


{{pcn|२९}}
{{pcn|२९}}
विधाताले लाखौं अमृतमय दैवी गुण सब
विधाताले लाखौं अमृतमय दैवी गुण सब
::भरेका छन् जस्को मगजबिच, त्यै मानव अब।
::भरेका छन् जस्को मगजबिच, त्यै मानव अब ।
फसी तृष्णारूपी विकट सुरसाको वदनमा
फसी तृष्णारूपी विकट सुरसाको वदनमा
::गयो देख्दादेख्दै अतिशय नराम्रो पतनमा।।
::गयो देख्दादेख्दै अतिशय नराम्रो पतनमा ॥


{{pcn|३०}}
{{pcn|३०}}
यही जम्बा गर्ने अधम सरुवा व्याधि विकट
यही जम्बा गर्ने अधम सरुवा व्याधि विकट
::सरोस् वा सल्कोस् ता जलदबिच वा सूर्यनिकट।
::सरोस् वा सल्कोस् ता जलदबिच वा सूर्यनिकट ।
धरित्रीको सारा मधुर रसधारा खिंचिकन
धरित्रीको सारा मधुर रसधारा खिंचिकन
::पलामा पार्नेछन् भुवन उनले भस्मभवन।।
::पलामा पार्नेछन् भुवन उनले भस्मभवन ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 21:02, 6 May 2025

This page has not been proofread

२५
न जाने मौरी वा मनुज कुन हो सञ्चयगुरु ?
गर्यो होला दुःखी मुफत किन यो झन्झट शुरु ?
यही सत्यानाशी कठिन सरुवा रोगवश भै
सडेका छन् लाखौं विकल बिचरा मानिस सबै ॥

२६
अहो कस्तो प्यारो अधम सरुवा व्याधि इनको
छुट्यो जस्ले गर्दा स्मरण मनमा रातदिनको ।
जती जम्बा गर्छन् उति उति इनैको अवनति
कठै छुट्दा चोला नियतिवश होला कुन गति ?

२७
यही अन्धो लोभी मनुजपशुबाटै बढि बढी
वृथा जम्बा गर्ने नरकमय विद्याकन पढी ।
अत्यासैमा मूसा जुनिभर अँध्यारो विवरमा
गरी चीं चीं मर्छन् मनुजहरुकै खेतघरमा ॥

२८
ठगी, चोरी, डाँका, हरकिसिमको झेल, बखडा,
कुटामारी, गाली, कपट, कटुता, वैर, झगडा ।
घृणा, ईर्ष्या, हत्याप्रभृति जति छन् दुर्गुण कडा
सबैको मूलैमा अधम सरुवा सञ्चय खडा ॥

२९
विधाताले लाखौं अमृतमय दैवी गुण सब
भरेका छन् जस्को मगजबिच, त्यै मानव अब ।
फसी तृष्णारूपी विकट सुरसाको वदनमा
गयो देख्दादेख्दै अतिशय नराम्रो पतनमा ॥

३०
यही जम्बा गर्ने अधम सरुवा व्याधि विकट
सरोस् वा सल्कोस् ता जलदबिच वा सूर्यनिकट ।
धरित्रीको सारा मधुर रसधारा खिंचिकन
पलामा पार्नेछन् भुवन उनले भस्मभवन ॥