Page:Tarun tapasi.pdf/46: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१८}} कहाँ त्यो सुत्केरी प्रणयपुतली त्यो गुँड कहाँ ::कहाँ प्यारा साना शिशुहरु कठै त्यो सुख कहाँ। कहाँ प्रेमी साथी स्मरण पनि हा कष्टमय भो ::कठै मेरा लेखा अब सब कुरा..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|१८}} | {{pcn|१८}} | ||
कहाँ त्यो सुत्केरी प्रणयपुतली त्यो गुँड कहाँ | कहाँ त्यो सुत्केरी प्रणयपुतली त्यो गुँड कहाँ | ||
::कहाँ प्यारा साना शिशुहरु कठै त्यो सुख | ::कहाँ प्यारा साना शिशुहरु कठै त्यो सुख कहाँ । | ||
कहाँ प्रेमी साथी स्मरण पनि हा कष्टमय भो | कहाँ प्रेमी साथी स्मरण पनि हा कष्टमय भो | ||
::कठै मेरा लेखा अब सब कुराको प्रलय | ::कठै मेरा लेखा अब सब कुराको प्रलय भो ॥ | ||
{{pcn|१९}} | {{pcn|१९}} | ||
न चाँडो जाने भो सहजसित यो प्राणपवन | न चाँडो जाने भो सहजसित यो प्राणपवन | ||
::न शक्छू यो बाधा सहन अथवा शान्त | ::न शक्छू यो बाधा सहन अथवा शान्त रहन । | ||
न थामिन्छन् आँशू न त छ अरु क्यै जीवनगति | न थामिन्छन् आँशू न त छ अरु क्यै जीवनगति | ||
::कठै कस्तो पापी कति कुपित यो क्रूर | ::कठै कस्तो पापी कति कुपित यो क्रूर नियति ॥ | ||
{{pcn|२०}} | {{pcn|२०}} | ||
सिला खोजी चर्ने सफरसुख गर्ने गगनमा, | सिला खोजी चर्ने सफरसुख गर्ने गगनमा, | ||
::ठहर्ने शाखामा, मधुर सुर भर्ने | ::ठहर्ने शाखामा, मधुर सुर भर्ने पवनमा । | ||
सिधासादा, निर्धा विहगकन मार्ने नियतिले | सिधासादा, निर्धा विहगकन मार्ने नियतिले | ||
::दियेकी हुन् के त्यो करयुगल माता प्रकृतिले? | ::दियेकी हुन् के त्यो करयुगल माता प्रकृतिले ? | ||
{{pcn|२१}} | {{pcn|२१}} | ||
नजानी आनन्दी मनुजकुलको उन्नतिकला | नजानी आनन्दी मनुजकुलको उन्नतिकला | ||
::म जस्ता निर्धाको बलसित अँठ्याईकन | ::म जस्ता निर्धाको बलसित अँठ्याईकन गला । | ||
वृथा त्यस्तो चोखो करयुगल त्यो दूषित गर्यौ | वृथा त्यस्तो चोखो करयुगल त्यो दूषित गर्यौ | ||
::धरित्रीमा कालो जहर अथवा पातक | ::धरित्रीमा कालो जहर अथवा पातक छर्यौ ॥ | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
दया राखी हाम्रा उपर विधिले कार्यकुशल | दया राखी हाम्रा उपर विधिले कार्यकुशल | ||
::दिँदो हो ता तिम्रै सदृश बलियो | ::दिँदो हो ता तिम्रै सदृश बलियो बाहुयुगल । | ||
पुगी टाढा टाढा फलफुल टिपी लाखन थरी | पुगी टाढा टाढा फलफुल टिपी लाखन थरी | ||
::भरीदिन्थ्यौं ल्याई प्रणयसित तिम्रा | ::भरीदिन्थ्यौं ल्याई प्रणयसित तिम्रा घरभरी ॥ | ||
{{pcn|२३}} | {{pcn|२३}} | ||
चुचो साह्रै सानू धन फगत हाम्रो छ त पनि | चुचो साह्रै सानू धन फगत हाम्रो छ त पनि | ||
::कुनै देख्नासाथै थकित जन भोको | ::कुनै देख्नासाथै थकित जन भोको रुखमनि । | ||
चुचैले पाकेको फलफुल चलाई बल गरी | चुचैले पाकेको फलफुल चलाई बल गरी | ||
::खसाल्थ्यौं, त्यो खाओस् भनिकन दयाको वश | ::खसाल्थ्यौं, त्यो खाओस् भनिकन दयाको वश परी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 20:44, 6 May 2025
१८
कहाँ त्यो सुत्केरी प्रणयपुतली त्यो गुँड कहाँ
कहाँ प्यारा साना शिशुहरु कठै त्यो सुख कहाँ ।
कहाँ प्रेमी साथी स्मरण पनि हा कष्टमय भो
कठै मेरा लेखा अब सब कुराको प्रलय भो ॥
१९
न चाँडो जाने भो सहजसित यो प्राणपवन
न शक्छू यो बाधा सहन अथवा शान्त रहन ।
न थामिन्छन् आँशू न त छ अरु क्यै जीवनगति
कठै कस्तो पापी कति कुपित यो क्रूर नियति ॥
२०
सिला खोजी चर्ने सफरसुख गर्ने गगनमा,
ठहर्ने शाखामा, मधुर सुर भर्ने पवनमा ।
सिधासादा, निर्धा विहगकन मार्ने नियतिले
दियेकी हुन् के त्यो करयुगल माता प्रकृतिले ?
२१
नजानी आनन्दी मनुजकुलको उन्नतिकला
म जस्ता निर्धाको बलसित अँठ्याईकन गला ।
वृथा त्यस्तो चोखो करयुगल त्यो दूषित गर्यौ
धरित्रीमा कालो जहर अथवा पातक छर्यौ ॥
२२
दया राखी हाम्रा उपर विधिले कार्यकुशल
दिँदो हो ता तिम्रै सदृश बलियो बाहुयुगल ।
पुगी टाढा टाढा फलफुल टिपी लाखन थरी
भरीदिन्थ्यौं ल्याई प्रणयसित तिम्रा घरभरी ॥
२३
चुचो साह्रै सानू धन फगत हाम्रो छ त पनि
कुनै देख्नासाथै थकित जन भोको रुखमनि ।
चुचैले पाकेको फलफुल चलाई बल गरी
खसाल्थ्यौं, त्यो खाओस् भनिकन दयाको वश परी ॥