Jump to content

Page:Tarun tapasi.pdf/45: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१२}} हवामा पौडन्थें, जुन मधुर सङ्गीत मुखमा ::थियो, त्यस्ले तिम्रो श्रुतिविवर भर्थें म सुखमा। कठै वासा बस्थें, विजन वनका मञ्जु रुखमा ::बिरायें के मैले? किन धसिदियौ..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|१२}}
{{pcn|१२}}
हवामा पौडन्थें, जुन मधुर सङ्गीत मुखमा
हवामा पौडन्थें, जुन मधुर सङ्गीत मुखमा
::थियो, त्यस्ले तिम्रो श्रुतिविवर भर्थें म सुखमा।
::थियो, त्यस्ले तिम्रो श्रुतिविवर भर्थें म सुखमा ।
कठै वासा बस्थें, विजन वनका मञ्जु रुखमा
कठै वासा बस्थें, विजन वनका मञ्जु रुखमा
::बिरायें के मैले? किन धसिदियौ मृत्युमुखमा?।।
::बिरायें के मैले ? किन धसिदियौ मृत्युमुखमा ?


{{pcn|१३}}
{{pcn|१३}}
पिताको माताको प्रणय उहिल्यै कालगतिले
पिताको माताको प्रणय उहिल्यै कालगतिले
::बित्यो, भाई बैनीहरु सब चुँड्यो दुर्नियतिले।
::बित्यो, भाई बैनीहरु सब चुँड्यो दुर्नियतिले ।
थियें बाँकी यौटा फगत म कठै वंशविरुवा
थियें बाँकी यौटा फगत म कठै वंशविरुवा
::सर्यो आजै मेरा उपर पनि त्यो काल सरुवा।।
::सर्यो आजै मेरा उपर पनि त्यो काल सरुवा ॥


{{pcn|१४}}
{{pcn|१४}}
कलीला ती साना विकल बिचरा बाल बचरा
कलीला ती साना विकल बिचरा बाल बचरा
::विना चारा भोकै सब भइशके हुन् अधमरा।
::विना चारा भोकै सब भइशके हुन् अधमरा ।
थियी साथै पोथी जुन, शिव हरे त्यो पनि अब
थियी साथै पोथी जुन, शिव हरे त्यो पनि अब
::कतै गर्दी होली रुदन अथवा क्रन्दनरव।।
::कतै गर्दी होली रुदन अथवा क्रन्दनरव ॥


{{pcn|१५}}
{{pcn|१५}}
दुवै भालेपोथी हरबखत पालो गरि गरी
दुवै भालेपोथी हरबखत पालो गरि गरी
::लगी दिन्थ्यौं चारा विकल बचराको मुखभरी।
::लगी दिन्थ्यौं चारा विकल बचराको मुखभरी ।
अकेली सुत्केरी अब शिव हरे दीन बिचरी
अकेली सुत्केरी अब शिव हरे दीन बिचरी
::गुजारा गर्ली त्यो कसरि टुहुरा पालन गरी?।।
::गुजारा गर्ली त्यो कसरि टुहुरा पालन गरी ?


{{pcn|१६}}
{{pcn|१६}}
अवस्था यो मेरो सहन अथवा खप्न नशकी
अवस्था यो मेरो सहन अथवा खप्न नशकी
::नजाने त्यो ऐले वरपर कतै मूर्छित छ कि?
::नजाने त्यो ऐले वरपर कतै मूर्छित छ कि ?
मरी पो हाली वा प्रियविरहले मार्गबिचमा
मरी पो हाली वा प्रियविरहले मार्गबिचमा
::पुगी वा औताई विकल बचराकै नगिचमा।।
::पुगी वा औताई विकल बचराकै नगिचमा ॥


{{pcn|१७}}
{{pcn|१७}}
कदाचित् त्यो मेरी प्रणयपुतली व्याकुल बनी
कदाचित् त्यो मेरी प्रणयपुतली व्याकुल बनी
::रुँदै खोज्दै आयी वरपर भने मृत्यु नगनी।
::रुँदै खोज्दै आयी वरपर भने मृत्यु नगनी ।
नहाने है बाबा विकल बचरा हुर्कन दिये
नहाने है बाबा विकल बचरा हुर्कन दिये
::वृथा अर्को चर्को शिशुमरणको पाप नलिये।।
::वृथा अर्को चर्को शिशुमरणको पाप नलिये ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 20:44, 6 May 2025

This page has not been proofread

१२
हवामा पौडन्थें, जुन मधुर सङ्गीत मुखमा
थियो, त्यस्ले तिम्रो श्रुतिविवर भर्थें म सुखमा ।
कठै वासा बस्थें, विजन वनका मञ्जु रुखमा
बिरायें के मैले ? किन धसिदियौ मृत्युमुखमा ?

१३
पिताको माताको प्रणय उहिल्यै कालगतिले
बित्यो, भाई बैनीहरु सब चुँड्यो दुर्नियतिले ।
थियें बाँकी यौटा फगत म कठै वंशविरुवा
सर्यो आजै मेरा उपर पनि त्यो काल सरुवा ॥

१४
कलीला ती साना विकल बिचरा बाल बचरा
विना चारा भोकै सब भइशके हुन् अधमरा ।
थियी साथै पोथी जुन, शिव हरे त्यो पनि अब
कतै गर्दी होली रुदन अथवा क्रन्दनरव ॥

१५
दुवै भालेपोथी हरबखत पालो गरि गरी
लगी दिन्थ्यौं चारा विकल बचराको मुखभरी ।
अकेली सुत्केरी अब शिव हरे दीन बिचरी
गुजारा गर्ली त्यो कसरि टुहुरा पालन गरी ?

१६
अवस्था यो मेरो सहन अथवा खप्न नशकी
नजाने त्यो ऐले वरपर कतै मूर्छित छ कि ?
मरी पो हाली वा प्रियविरहले मार्गबिचमा
पुगी वा औताई विकल बचराकै नगिचमा ॥

१७
कदाचित् त्यो मेरी प्रणयपुतली व्याकुल बनी
रुँदै खोज्दै आयी वरपर भने मृत्यु नगनी ।
नहाने है बाबा विकल बचरा हुर्कन दिये
वृथा अर्को चर्को शिशुमरणको पाप नलिये ॥