Page:Ritubichar.pdf/66: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
<poem> | <poem> | ||
{{pcn|१}} | {{pcn|१}} | ||
हेमन्तको थियो जस्तो उस्तै शिशिरको | हेमन्तको थियो जस्तो उस्तै शिशिरको छवि । | ||
दुर्लभै हुन्छ दोटाको भेद छुट्ट्याउने | दुर्लभै हुन्छ दोटाको भेद छुट्ट्याउने कवि ॥ | ||
{{pcn|२}} | {{pcn|२}} | ||
उही ठण्डी, उही हुस्सू, हिमवर्षा उही | उही ठण्डी, उही हुस्सू, हिमवर्षा उही सब । | ||
अहो शिशिरले सारा हर्यो | अहो शिशिरले सारा हर्यो हेमन्तवैभव ॥ | ||
{{pcn|३}} | {{pcn|३}} | ||
हेमन्तको म हूँ भाइ, हुन्छु | हेमन्तको म हूँ भाइ, हुन्छु दाइबराबर । | ||
भन्ने शिशिरको भित्र पक्का छ मनमा | भन्ने शिशिरको भित्र पक्का छ मनमा सुर ॥ | ||
{{pcn|४}} | {{pcn|४}} | ||
थपी हेमन्तको भन्दा बढता | थपी हेमन्तको भन्दा बढता वातसङ्कट । | ||
सेक्यो शिशिरले साह्रै लोकका दुइ | सेक्यो शिशिरले साह्रै लोकका दुइ कञ्चट ॥ | ||
{{pcn|५}} | {{pcn|५}} | ||
दिनहुँ तल धर्कन्छ चुलियेको | दिनहुँ तल धर्कन्छ चुलियेको हिमाऽऽचल । | ||
बिहोशी ऐशमा मस्त राष्ट्र झैं | बिहोशी ऐशमा मस्त राष्ट्र झैं मदसङ्कुल ॥ | ||
{{pcn|६}} | {{pcn|६}} | ||
सारा शरीरमा शीत फैलिँदामा पनी | सारा शरीरमा शीत फैलिँदामा पनी सब । | ||
अहो कम्पज्वराऽऽक्रान्त रोगी झैं काँप्तछन् | अहो कम्पज्वराऽऽक्रान्त रोगी झैं काँप्तछन् अब ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:52, 5 May 2025
This page has not been proofread
अथ
शिशिर-विचार
१
हेमन्तको थियो जस्तो उस्तै शिशिरको छवि ।
दुर्लभै हुन्छ दोटाको भेद छुट्ट्याउने कवि ॥
२
उही ठण्डी, उही हुस्सू, हिमवर्षा उही सब ।
अहो शिशिरले सारा हर्यो हेमन्तवैभव ॥
३
हेमन्तको म हूँ भाइ, हुन्छु दाइबराबर ।
भन्ने शिशिरको भित्र पक्का छ मनमा सुर ॥
४
थपी हेमन्तको भन्दा बढता वातसङ्कट ।
सेक्यो शिशिरले साह्रै लोकका दुइ कञ्चट ॥
५
दिनहुँ तल धर्कन्छ चुलियेको हिमाऽऽचल ।
बिहोशी ऐशमा मस्त राष्ट्र झैं मदसङ्कुल ॥
६
सारा शरीरमा शीत फैलिँदामा पनी सब ।
अहो कम्पज्वराऽऽक्रान्त रोगी झैं काँप्तछन् अब ॥