Page:Munamadan.pdf/4: Difference between revisions
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 13: | Line 13: | ||
आठौँ संस्करण (२०१६) मा महाकविले परिवर्द्धित गरी थप्नुभएको | आठौँ संस्करण (२०१६) मा महाकविले परिवर्द्धित गरी थप्नुभएको | ||
क्षेपकलाई हामीले पनि सोही रूपमा छाप्तै आएका | क्षेपकलाई हामीले पनि सोही रूपमा छाप्तै आएका थियौँ । पुरानोमा बानी | ||
बसिसकेका पाठकलाई यो थपथाप त्यत्तिको स्वादिलो लागेन रे भन्ने जान्दाजान्दै | बसिसकेका पाठकलाई यो थपथाप त्यत्तिको स्वादिलो लागेन रे भन्ने जान्दाजान्दै | ||
पनि पाठकहरूको स्वादको कदर गरी यस संस्करणमा हामीले मूल र क्षेपकलाई | पनि पाठकहरूको स्वादको कदर गरी यस संस्करणमा हामीले मूल र क्षेपकलाई | ||
Line 20: | Line 20: | ||
१२ प्वाइन्टमा<ref>प्रस्तुत संस्करण कम्प्युटर टाइप सेटिडको १४ र १३ प्वाइन्टमा गरिएको | १२ प्वाइन्टमा<ref>प्रस्तुत संस्करण कम्प्युटर टाइप सेटिडको १४ र १३ प्वाइन्टमा गरिएको | ||
छ । –प्रकाशक</ref> पादटिप्पणीका रूपमा छापिएका छन्। यसो गर्नाले पुरानो | छ । –प्रकाशक</ref> पादटिप्पणीका रूपमा छापिएका छन्। यसो गर्नाले पुरानो | ||
मात्र मन पराउनेले आफूले चाहेको कुरा | मात्र मन पराउनेले आफूले चाहेको कुरा भेट्टाउनेछन् । अनि महाकविका क्षेपकका | ||
प्रेमीहरूले पनि आफ्नो प्रिय वस्तुबाट वञ्चित हुनुपर्ने छैन।' यसपालिलाई यस्तै | प्रेमीहरूले पनि आफ्नो प्रिय वस्तुबाट वञ्चित हुनुपर्ने छैन।' यसपालिलाई यस्तै | ||
भयो, अब पाठकहरुलाई यो चाँजो कस्तो लाग्छ, हामी जान्न उत्सुक छौँ। | भयो, अब पाठकहरुलाई यो चाँजो कस्तो लाग्छ, हामी जान्न उत्सुक छौँ। | ||
{| style="width: 100%;" | {| style="width: 100%;" | ||
|वि.सं. | |वि.सं. २०२५ ||{{right|क.दी.}} | ||
|} | |} | ||
Latest revision as of 08:37, 4 May 2025
"महाकवि लक्ष्मीप्रसाद देवकोटा तीनचोटि जन्मे– मुना-मदनसित, शाकुन्तलसित र पागलसित" भनेर श्री बालकृष्ण समले एकसूत्रमा देवकोटाको सम्पूर्ण गाथा भरिदिनुभएको छ । त्यही पहिलो 'जन्म' प्रति उहाँको पहिलो 'प्रेम' पनि रहेछ। स्वर्गे हुनुभन्दा केही दिनअधि 'शान्तभवन' अस्पतालमा उहाँले भन्नुभएको थियो रे- "मुना-मदनबाहेक मेरा अरू सबै कृति जलाइदिए पनि हुन्छ।"
महाकविले भने पनि हामी नेपालीचाहिँ एकमुखले भन्छौं– "जलाउन पर्दैन, ती सबै कृति अमर छन्, बाँचिरहनेछन् ।" अब यस मुना-मदनलाई त 'अमर' मात्र भनेर पुग्दैन होला। यो त अजर पनि रहेछ । आज तीस वर्ष पुगिसकेर पनि यो त्यत्तिकै प्रिय छ जति पहिले थियो ।
आठौँ संस्करण (२०१६) मा महाकविले परिवर्द्धित गरी थप्नुभएको क्षेपकलाई हामीले पनि सोही रूपमा छाप्तै आएका थियौँ । पुरानोमा बानी बसिसकेका पाठकलाई यो थपथाप त्यत्तिको स्वादिलो लागेन रे भन्ने जान्दाजान्दै पनि पाठकहरूको स्वादको कदर गरी यस संस्करणमा हामीले मूल र क्षेपकलाई छुट्ट्याई छापेका छौ । मुना-मदनको १९९२ को प्रथम संस्करणमा भएका श्लोकहरू मूलको रूपमा १६ प्वाइन्टको अक्षरमा र पछि थपिएको क्षेपक जति १२ प्वाइन्टमा[1] पादटिप्पणीका रूपमा छापिएका छन्। यसो गर्नाले पुरानो मात्र मन पराउनेले आफूले चाहेको कुरा भेट्टाउनेछन् । अनि महाकविका क्षेपकका प्रेमीहरूले पनि आफ्नो प्रिय वस्तुबाट वञ्चित हुनुपर्ने छैन।' यसपालिलाई यस्तै भयो, अब पाठकहरुलाई यो चाँजो कस्तो लाग्छ, हामी जान्न उत्सुक छौँ।
वि.सं. २०२५ | क.दी. |
फेरि- दुई वर्षअगि लेखिएको यो प्रकाशकीयमा अब यति थप्नुपर्ने
देखियो– "पढनेहरूले यसरी दुवै पक्षलाई हुने गरी तयार पारिएको संस्करण
निकै मन पराएको बुझियो। सबैलाई यथायोग्य धन्यवाद !"
वि.सं. २०२७ | क.दी. |
- ↑ प्रस्तुत संस्करण कम्प्युटर टाइप सेटिडको १४ र १३ प्वाइन्टमा गरिएको छ । –प्रकाशक