Jump to content

Page:Shakuntala.pdf/170: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
जुन सत्य हौ मन-मोहन ।
जुन सत्य हो मन-मोहन ।
::तल मोहनीसरि भर्दछ
::तल मोहनीसरि झर्दछ
अनि लेखनीबीच प्राकृत !
अनि लेखनीबीच प्राकृत !
::रँग-रूपमा सन पर्दछ ॥
::रँग-रूपमा सब पर्दछ ॥
{{pcn|(१८)}}
{{pcn|(१८)}}


अलि लाम्चिलोपन गोलिँदो ।
अलि लाम्चिलोपन गोलिँदो ।
::कलिलो हने रँग रेखन ॥
::कलिलो हने रँग रेखन ॥
कमलै फुलेसारै कोमल !
कमलै फुलेसारि कोमल !
::मुखरूप मानवमा: थियो ॥
::मुखरूप मानवमा थियो ॥
न कपोल छन्‌ अति गोल ती ।
न कपोल छन्‌ अति गोल ती ।
::लघु पुष्टता अनमोल ती ॥
::लघु पुष्टता अनमोल ती ॥
Line 19: Line 19:
{{pcn|(१९)}}
{{pcn|(१९)}}


अलि टिकङ्गरेपन खारुमा
अलि टिङ्गरेपन चारुमा
::अलि पातली हलक्क छन्‌ ॥
::अलि पातली हलक्क छन्‌ ॥
र प्रियम्वदा अलि होचि भै ।
र प्रियम्वदा अलि होचि भै ।
::तर अज पुष्ट सलक्क छन्‌ ॥
::तर अङ्ग पुष्ट सलक्क छन्‌ ॥
दुइ छाडि ती तर रोजिने ।
दुइ छाडि ती तर रोजिने ।
::उनिचाहि चट्ट सलक्क छन्‌ ।
::उनिचाहिं चट्ट सलक्क छन्‌ ।
{{pcn|(६०)}}
{{pcn|(६०)}}


अलि शीतलो जल झल्किने ।
अलि शीतलो जल झल्किने ।
::हिमबरिन्दु झै किरणाँचल ॥
::हिमबिन्दु झैं किरणाँचल ॥
छरिती बनीकन छालकी ।
छरिती बनीकन छालकी ।
::छतछुल्लमा तन उद्दछिन्‌
::छतछुल्लमा तब उठ्दछिन्‌
त्वरितोत्थिता अरुणीकूता
त्वरितोत्थिता अरुणीकृता
::मृदु-केशकी जलफझल्मले
::मृदु-केशकी जलझल्मले
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Revision as of 18:01, 3 May 2025

This page has been proofread

जुन सत्य हो मन-मोहन ।
तल मोहनीसरि झर्दछ ॥
अनि लेखनीबीच प्राकृत !
रँग-रूपमा सब पर्दछ ॥
(१८)

अलि लाम्चिलोपन गोलिँदो ।
कलिलो हने रँग रेखन ॥
कमलै फुलेसारि कोमल !
मुखरूप मानवमा थियो ॥
न कपोल छन्‌ अति गोल ती ।
लघु पुष्टता अनमोल ती ॥
त्यति मासु भै मृदु हाडमा ।
जतिले कडापन ढाक्दछ ॥
तल लच्किएर झिनी बनी ।
सुकुमारिता छ छुँदी कटी ॥
(१९)

अलि टिङ्गरेपन चारुमा ।
अलि पातली हलक्क छन्‌ ॥
र प्रियम्वदा अलि होचि भै ।
तर अङ्ग पुष्ट सलक्क छन्‌ ॥
दुइ छाडि ती तर रोजिने ।
उनिचाहिं चट्ट सलक्क छन्‌ ।
(६०)

अलि शीतलो जल झल्किने ।
हिमबिन्दु झैं किरणाँचल ॥
छरिती बनीकन छालकी ।
छतछुल्लमा तब उठ्दछिन्‌ ॥
त्वरितोत्थिता अरुणीकृता ।
मृदु-केशकी जलझल्मले ॥