Page:Shakuntala.pdf/145: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
अब वनतिर | अब वनतिर डुल्दा छन् मिलेका सँगी ती । | ||
:: | ::शर चतुर यिनी छन्, तीक्ष्ण त्यो मर्मभेदी ॥ | ||
नृपति दश हास भर्छन् । | नृपति दश दिशामा किर्तिका हास भर्छन् । | ||
::द्विज चतुर | ::द्विज चतुर ठट्यौला हास्यले वश्य गर्छन् ॥ | ||
{{pcn|(२७)}} | {{pcn|(२७)}} | ||
"छि ! छि ! वनअमिली यी" च्वाट्ट टड्कारिएर । | |||
::चतुर चतुर भन्छन् | ::चतुर चतुर भन्छन्– "दौंतरी हेर ! हेर !! | ||
अतिशय अमिला छन् | अतिशय अमिला छन्– देख्न जिभ्रो रसायो । | ||
::तर पछि रसनामा स्वादले रन्थनायो ॥ | ::तर पछि रसनामा स्वादले रन्थनायो ॥ | ||
{{pcn|(२८)}} | {{pcn|(२८)}} | ||
हुन त सब बिजूलीतुल्य तीखा उज्याला । | हुन त सब बिजूलीतुल्य तीखा उज्याला । | ||
::तर ज्वर | ::तर ज्वर पछि आई रन्न पार्नेछ गाला ॥ | ||
म त यदि दुइ पैसाका मिले चार चार । | म त यदि दुइ पैसाका मिले चार चार । | ||
:: | ::छि! छि ! कति अमिला यी भन्दथें बार बार ॥ | ||
{{pcn|(२९)}} | {{pcn|(२९)}} | ||
किन हरि हरि सित्तैं, यो | किन हरि हरि सित्तैं, यो कुरुङ्गी कन्याई । | ||
::रहनु वन अँध्यारो रग्मगाई ॥ | ::रहनु वन अँध्यारो बीचमा रग्मगाई ॥ | ||
झिलिमिलि महलैमा ठाँट शृङ्गार पारी । | |||
::मदनविजय गर्ने छन् परी दिव्य भारी ॥ | ::मदनविजय गर्ने छन् परी दिव्य भारी ॥ | ||
{{pcn|(३०)}} | {{pcn|(३०)}} | ||
Line 27: | Line 27: | ||
चपल नयनवाला रङ्गका चारु गाला । | चपल नयनवाला रङ्गका चारु गाला । | ||
::कुसुमसदृश छाला चल्मले भौँ छ भाला ॥ | ::कुसुमसदृश छाला चल्मले भौँ छ भाला ॥ | ||
शरम सरस चाला, बैंसवाला उज्याला । | |||
::उरवाला | ::सुकठिन उरवाला चारु रम्भोरुवाला ॥ | ||
{{pcn|(३१)}} | {{pcn|(३१)}} | ||
ढलमलसित हिंड्छन् हंसका ढङ्गवाला । | ढलमलसित हिंड्छन् हंसका ढङ्गवाला । | ||
::भ्रमरसदृश काला | ::भ्रमरसदृश काला केशमुन्द्रा उज्याला ॥ | ||
जुन चटु नखरामा गर्दछन् मात नाला । | जुन चटु नखरामा गर्दछन् मात नाला । | ||
::उनकन किन छोडी लाउने वन्य माला ॥ | ::उनकन किन छोडी लाउने वन्य माला ॥ | ||
{{pcn|(३२)}} | {{pcn|(३२)}} | ||
न छ पहिरन राम्रो, शुष्क | न छ पहिरन राम्रो, शुष्क बोक्रा भिरेका । | ||
::युवतिहरु वनैया छाँट ठिङ्गा परेका ॥ | ::युवतिहरु वनैया छाँट ठिङ्गा परेका ॥ | ||
पशुहरु पछि | पशुहरु पछि लागून् यी मुकुण्डीहरूका । | ||
::जब उदर छ छन् पिँडौला गहूँका ॥ | ::जब उदर छ रित्तो छन् पिँडौला गहूँका ॥ | ||
{{pcn|(३३)}} | {{pcn|(३३)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 14:37, 29 April 2025
अब वनतिर डुल्दा छन् मिलेका सँगी ती ।
शर चतुर यिनी छन्, तीक्ष्ण त्यो मर्मभेदी ॥
नृपति दश दिशामा किर्तिका हास भर्छन् ।
द्विज चतुर ठट्यौला हास्यले वश्य गर्छन् ॥
(२७)
"छि ! छि ! वनअमिली यी" च्वाट्ट टड्कारिएर ।
चतुर चतुर भन्छन्– "दौंतरी हेर ! हेर !!
अतिशय अमिला छन्– देख्न जिभ्रो रसायो ।
तर पछि रसनामा स्वादले रन्थनायो ॥
(२८)
हुन त सब बिजूलीतुल्य तीखा उज्याला ।
तर ज्वर पछि आई रन्न पार्नेछ गाला ॥
म त यदि दुइ पैसाका मिले चार चार ।
छि! छि ! कति अमिला यी भन्दथें बार बार ॥
(२९)
किन हरि हरि सित्तैं, यो कुरुङ्गी कन्याई ।
रहनु वन अँध्यारो बीचमा रग्मगाई ॥
झिलिमिलि महलैमा ठाँट शृङ्गार पारी ।
मदनविजय गर्ने छन् परी दिव्य भारी ॥
(३०)
चपल नयनवाला रङ्गका चारु गाला ।
कुसुमसदृश छाला चल्मले भौँ छ भाला ॥
शरम सरस चाला, बैंसवाला उज्याला ।
सुकठिन उरवाला चारु रम्भोरुवाला ॥
(३१)
ढलमलसित हिंड्छन् हंसका ढङ्गवाला ।
भ्रमरसदृश काला केशमुन्द्रा उज्याला ॥
जुन चटु नखरामा गर्दछन् मात नाला ।
उनकन किन छोडी लाउने वन्य माला ॥
(३२)
न छ पहिरन राम्रो, शुष्क बोक्रा भिरेका ।
युवतिहरु वनैया छाँट ठिङ्गा परेका ॥
पशुहरु पछि लागून् यी मुकुण्डीहरूका ।
जब उदर छ रित्तो छन् पिँडौला गहूँका ॥
(३३)