Jump to content

Page:Shakuntala.pdf/136: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
«किन यसै, नबसै पनि ठीक छ।
"किन यसै, नबसे पनि ठीक छ ।
::जब सुवर्ण उ साँझ नजीक छ ॥”
::जब सुवर्ण उ साँझ नजीक छ ॥"
यति सुनीकन '“चारु' लिई घडा ।
यति सुनीकन 'चारु' लिई घडा ।
::मधुर आग्रहभाषण गर्दछिन्‌ ॥
::मधुर आग्रहभाषण गर्दछिन्‌ ॥
“थकित पाउ हुने रहँदा खडा ।"
"थकित पाउ हुने रहँदा खडा ।"
::fsfsdsd
{{pcn|(७०)}}
{{pcn|(७०)}}


बोली मिष्ट सुनेर ती पुरुषको आनन्दिता कानमा ।
बोली मिष्ट सुनेर ती पुरुषको आनन्दिता कानमा ।
::देखी तेज प्रसन्न भै मनमनै सोडी नयाँ प्रश्न ती॥
::देखी तेज प्रसन्न भै मनमनै सोद्धी नयाँ प्रश्न ती ॥
पाएको मरुमा सफा जल हराकै कुञ्जमा -शीतल ।
पाएको मरुमा सफा जल हराकै कुञ्जमा शीतल ।
::यात्री झैं अति तृष्ण ती नजरकी हेर्दी भइन्‌ पाहुना ॥
::यात्री झैं अति तृष्ण ती नजरकी हेर्दी भइन्‌ पाहुना ॥
{{pcn|(७१)}}
{{pcn|(७१)}}


«दोटैका मनमा पस्यो प्रथम त्यो जादू छ जो कोयली ।
दोटैका मनमा पस्यो प्रथम त्यो जादू छ जो कोयली ।
::हाँगाबीच वसन्तको कुसुमको बोल्दो नयाँ प्रश्न झै॥
::हाँगाबीच वसन्तको कुसुमको बोल्दो नयाँ प्रश्न झैं ॥
"को होला कुन यो महापुरुष हो' भन्थिन्‌ उता सुन्दरी ।
'को होला कुन यो महापुरुष हो' भन्थिन्‌ उता सुन्दरी ।
::"को होलिन्‌ कुन हुन्‌ परी ? क्रपिसुता हैनन्‌' उनी भन्दछन्‌॥
::'को होलिन्‌ कुन हुन्‌ परी ? ऋषिसुता हैनन्‌' उनी भन्दछन्‌ ॥
{{pcn|(७२)}}
{{pcn|(७२)}}


Line 28: Line 27:


सोधे ती सखिले कुरा अलि यसो राम्रो घुमाईकन ।
सोधे ती सखिले कुरा अलि यसो राम्रो घुमाईकन ।
::“हाम्रो भाग्य बलेछ आज कसरी ! आँखा उज्याला हुन ॥
::"हाम्रो भाग्य बलेछ आज कसरी ! आँखा उज्याला हुन ॥
के सेवा दिन सक्दछन्‌ वन ठिटी भन्दो अहो भाग्यले ।
के सेवा दिन सक्दछन्‌ वन ठिटी भन्दो अहो भाग्यले ।
::ल्यायो आज गिज्याउनै कि वनमा तेजी बडा पाहुना ?
::ल्यायो आज गिज्याउनै कि वनमा तेजी बडा पाहुना ?"
{{pcn|(७४)}}
{{pcn|(७४)}}


सुन्दा थोर मुसुक्क मुस्किन गए तारीफका ओठ ती । %
सुन्दा थोर मुसुक्क मुस्किन गए तारीफका ओठ ती ।  
::भन्छन्‌ भूप “म आज आउँछु यहाँ दुष्यन्तको ॥
::भन्छन्‌ भूप "म आज आउँछु यहाँ दुष्यन्तको दूत झैं
रक्षा गर्न र हेर्न जाँच क्रषिका यी यक्षका आश्रम ।
रक्षा गर्न र हेर्न जाँच ऋषिका यी यक्षका आश्रम ।  
::ठोकी दूर घपाउँला दितिजका दाह्वा: दनासा भनी ॥”
::ठोकी दूर धपाउँला दितिजका दाह्रा दनासा भनी ॥"
{{pcn|(७५)}}
{{pcn|(७५)}}


</poem>}}
</poem>}}

Latest revision as of 13:40, 29 April 2025

This page has been proofread

"किन यसै, नबसे पनि ठीक छ ।
जब सुवर्ण उ साँझ नजीक छ ॥"
यति सुनीकन 'चारु' लिई घडा ।
मधुर आग्रहभाषण गर्दछिन्‌ ॥
"थकित पाउ हुने रहँदा खडा ।"
(७०)

बोली मिष्ट सुनेर ती पुरुषको आनन्दिता कानमा ।
देखी तेज प्रसन्न भै मनमनै सोद्धी नयाँ प्रश्न ती ॥
पाएको मरुमा सफा जल हराकै कुञ्जमा शीतल ।
यात्री झैं अति तृष्ण ती नजरकी हेर्दी भइन्‌ पाहुना ॥
(७१)

दोटैका मनमा पस्यो प्रथम त्यो जादू छ जो कोयली ।
हाँगाबीच वसन्तको कुसुमको बोल्दो नयाँ प्रश्न झैं ॥
'को होला कुन यो महापुरुष हो' भन्थिन्‌ उता सुन्दरी ।
'को होलिन्‌ कुन हुन्‌ परी ? ऋषिसुता हैनन्‌' उनी भन्दछन्‌ ॥
(७२)

झुक्दै चट्ट बराबरी भुइँभरी बुट्टा भरी भित्रका ।
हेर्ने चाख भएर झट्‌ नजर ती वेला पखी लाउँछिन्‌ ॥
आँखा जुध्छ कि झैं हुँदा सहज नै हाँगा हुँदी बैंसकी ।
ढुक्‌ ढुक्‌ बढ्न गएर लाल-गरमी लज्जा लिँदी गण्ड छन्‌ ॥
(७३)

सोधे ती सखिले कुरा अलि यसो राम्रो घुमाईकन ।
"हाम्रो भाग्य बलेछ आज कसरी ! आँखा उज्याला हुन ॥
के सेवा दिन सक्दछन्‌ वन ठिटी भन्दो अहो भाग्यले ।
ल्यायो आज गिज्याउनै कि वनमा तेजी बडा पाहुना ?"
(७४)

सुन्दा थोर मुसुक्क मुस्किन गए तारीफका ओठ ती ।
भन्छन्‌ भूप "म आज आउँछु यहाँ दुष्यन्तको दूत झैं ॥
रक्षा गर्न र हेर्न जाँच ऋषिका यी यक्षका आश्रम ।
ठोकी दूर धपाउँला दितिजका दाह्रा दनासा भनी ॥"
(७५)