Jump to content

Page:Ek chihan.pdf/119: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "आएका देखिए । बढ्दै आएको बाढीले आफ्नो छाप्रो पनि घेरिसक्यो । डर, त्रास, भयको कुरा गरी साध्य भएन । शिवनारान, हाकुमाया र दुई छोराछोरी समेत चारै प्राणी ओसारामा उभिई बाढी बगिरहेको भयङ्कर..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
आएका देखिए । बढ्दै आएको बाढीले आफ्नो छाप्रो पनि घेरिसक्यो । डर, त्रास, भयको कुरा गरी साध्य भएन । शिवनारान, हाकुमाया र दुई छोराछोरी समेत चारै प्राणी ओसारामा उभिई बाढी बगिरहेको भयङ्कर दृश्य हेरीहेरीकन कोलाहल मच्चाउन थाले । आकाशबाट पानी परि नै रहेको थियो । घर्रघर्र घरहरू भत्केको आवाज पनि सुनिन थाल्यो । समुच्चा खेत जलमग्न, विष्णुमती र खेतको कुनै हद छुट्टिएको थिएन । भागेर पनि कहाँ जाने ? तपतप आँसु चुहिरहेको आँखाले एक बाजि आफ्नो खेतको चारैतिर हेरेर त्रस्त भावमा शिवनारान सोचिरहेका थिए- ‘पोहोरको समेत कुत तिर्नुपर्छ । अब तल्सिङले के गर्ने हो । उसलाई कसरी रिझाउने ?"
आएका देखिए । बढ्दै आएको बाढीले आफ्नो छाप्रो पनि घेरिसक्यो । डर,  
त्रास, भयको कुरा गरी साध्य भएन । शिवनारान, हाकुमाया र दुई छोराछोरी  
समेत चारै प्राणी ओसारामा उभिई बाढी बगिरहेको भयङ्कर दृश्य हेरी
हेरीकन कोलाहल मच्चाउन थाले । आकाशबाट पानी परि नै रहेको थियो ।  
घर्रघर्र घरहरू भत्केको आवाज पनि सुनिन थाल्यो । समुच्चा खेत जलमग्न,  
विष्णुमती र खेतको कुनै हद छुट्टिएको थिएन । भागेर पनि कहाँ जाने ?  
तपतप आँसु चुहिरहेको आँखाले एक बाजि आफ्नो खेतको चारैतिर हेरेर त्रस्त  
भावमा शिवनारान सोचिरहेका थिए- ‘पोहोरको समेत कुत तिर्नुपर्छ । अब  
तल्सिङले के गर्ने हो । उसलाई कसरी रिझाउने ?"


बाढीले असङ्ख्य माल, वस्तु, खेत, घर बगाउँदै ल्याएको देख्तादेख्तै, हेर्दाहेर्दै बाढीले आफ्नो खेत मात्र होइन, आफूहरू बसिरहेको छाप्रो समेत बगाउन थाल्यो । दुई छोराछोरी समेत शिवनारान र हाकुमायाहरू एकै डल्ला भई बाढीको भय‌ङ्करता देखी चीत्कार गरिरहेकै थिए । कराउँदाकराउँदै गरर्र छाप्रो भत्किन थाल्यो र भँगालोको अँगालोमा बाढीले शिवनारानहरूलाई छाप्रोसमेत हरर्र बगाएर लग्यो ।
बाढीले असङ्ख्य माल, वस्तु, खेत, घर बगाउँदै ल्याएको देख्तादेख्तै,  
हेर्दाहेर्दै बाढीले आफ्नो खेत मात्र होइन, आफूहरू बसिरहेको छाप्रो समेत  
बगाउन थाल्यो । दुई छोराछोरी समेत शिवनारान र हाकुमायाहरू एकै  
डल्ला भई बाढीको भय‌ङ्करता देखी चीत्कार गरिरहेकै थिए । कराउँदा
कराउँदै गरर्र छाप्रो भत्किन थाल्यो र भँगालोको अँगालोमा बाढीले शिव
नारानहरूलाई छाप्रोसमेत हरर्र बगाएर लग्यो ।


बाढीमा बग्दै मृत्युको सास फेर्दाफेर्दै शिवनारानले चिन्ता लिइरहेका थिए- ‘घरमा रहेका मेरा भाइहरूलाई यस पालिको कुतसमेतको बोझ लादिने भयो ।’
बाढीमा बग्दै मृत्युको सास फेर्दाफेर्दै शिवनारानले चिन्ता लिइरहेका  
थिए- ‘घरमा रहेका मेरा भाइहरूलाई यस पालिको कुतसमेतको बोझ  
लादिने भयो ।’


एकैछिनमा अँगालोमा बाँधिइरहेका चार प्राणी शिवनारान, हाकुमाया र दुई सन्तान लास भएर बग्दै बेपत्ता भए ।
एकैछिनमा अँगालोमा बाँधिइरहेका चार प्राणी शिवनारान, हाकुमाया  
र दुई सन्तान लास भएर बग्दै बेपत्ता भए ।


अब तिनीहरूले तिरो तिर्न पनि ताप मान्नु पर्दैन, अनि तल्सिङले तिनीहरूलाई समात्न पनि सक्तैनन्
अब तिनीहरूले तिरो तिर्न पनि ताप मान्नु पर्दैन, अनि तल्सिङले  
तिनीहरूलाई समात्न पनि सक्तैनन्




अष्टनारान ज्यापूको परिवार अब यस दुनियाँमा छैन । उनीहरूको नामसम्म पनि यहाँ रहँदैन । यहाँसम्म कि एघार सालको भयङ्कर बाढीको इतिहासको पानामा समेत पनि उनीहरूको नाम रहँदैन किनभने उनीहरू गरीब थिए, किसान थिए ।
अष्टनारान ज्यापूको परिवार अब यस दुनियाँमा छैन । उनीहरूको  
नामसम्म पनि यहाँ रहँदैन । यहाँसम्म कि एघार सालको भयङ्कर बाढीको  
इतिहासको पानामा समेत पनि उनीहरूको नाम रहँदैन किनभने उनीहरू  
गरीब थिए, किसान थिए ।
{{nop}}

Revision as of 22:07, 20 April 2025

This page has not been proofread

आएका देखिए । बढ्दै आएको बाढीले आफ्नो छाप्रो पनि घेरिसक्यो । डर, त्रास, भयको कुरा गरी साध्य भएन । शिवनारान, हाकुमाया र दुई छोराछोरी समेत चारै प्राणी ओसारामा उभिई बाढी बगिरहेको भयङ्कर दृश्य हेरी हेरीकन कोलाहल मच्चाउन थाले । आकाशबाट पानी परि नै रहेको थियो । घर्रघर्र घरहरू भत्केको आवाज पनि सुनिन थाल्यो । समुच्चा खेत जलमग्न, विष्णुमती र खेतको कुनै हद छुट्टिएको थिएन । भागेर पनि कहाँ जाने ? तपतप आँसु चुहिरहेको आँखाले एक बाजि आफ्नो खेतको चारैतिर हेरेर त्रस्त भावमा शिवनारान सोचिरहेका थिए- ‘पोहोरको समेत कुत तिर्नुपर्छ । अब तल्सिङले के गर्ने हो । उसलाई कसरी रिझाउने ?"

बाढीले असङ्ख्य माल, वस्तु, खेत, घर बगाउँदै ल्याएको देख्तादेख्तै, हेर्दाहेर्दै बाढीले आफ्नो खेत मात्र होइन, आफूहरू बसिरहेको छाप्रो समेत बगाउन थाल्यो । दुई छोराछोरी समेत शिवनारान र हाकुमायाहरू एकै डल्ला भई बाढीको भय‌ङ्करता देखी चीत्कार गरिरहेकै थिए । कराउँदा कराउँदै गरर्र छाप्रो भत्किन थाल्यो र भँगालोको अँगालोमा बाढीले शिव नारानहरूलाई छाप्रोसमेत हरर्र बगाएर लग्यो ।

बाढीमा बग्दै मृत्युको सास फेर्दाफेर्दै शिवनारानले चिन्ता लिइरहेका थिए- ‘घरमा रहेका मेरा भाइहरूलाई यस पालिको कुतसमेतको बोझ लादिने भयो ।’

एकैछिनमा अँगालोमा बाँधिइरहेका चार प्राणी शिवनारान, हाकुमाया र दुई सन्तान लास भएर बग्दै बेपत्ता भए ।

अब तिनीहरूले तिरो तिर्न पनि ताप मान्नु पर्दैन, अनि तल्सिङले तिनीहरूलाई समात्न पनि सक्तैनन्

अष्टनारान ज्यापूको परिवार अब यस दुनियाँमा छैन । उनीहरूको नामसम्म पनि यहाँ रहँदैन । यहाँसम्म कि एघार सालको भयङ्कर बाढीको इतिहासको पानामा समेत पनि उनीहरूको नाम रहँदैन किनभने उनीहरू गरीब थिए, किसान थिए ।