Page:Ek chihan.pdf/118: Difference between revisions
→Not proofread: Created page with "एकतिस पानी अझै पनि परिरहेको छ । खेतमा काम गर्दागर्दै साँझ पर्यो । हाकुमाया भात पकाउन गइन् । केटाकेटीहरू दिनभरि काम गरेकाले थाकेर भोक लागी भान्छामा भात पर्खिरहे। शिवनारान छाप्रोक..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
एकतिस | {{right|{{larger|'''एकतिस'''}}}} | ||
पानी अझै पनि परिरहेको छ । खेतमा काम गर्दागर्दै साँझ पर्यो । हाकुमाया भात पकाउन गइन् । केटाकेटीहरू दिनभरि काम गरेकाले थाकेर भोक लागी भान्छामा भात पर्खिरहे। शिवनारान छाप्रोको ओसारामा बसी कहिले खेत, कहिले आकाश हेर्दै, सुखका अनेक कल्पना गर्दै मनको लड्डु घिउसित खाइरहेका थिए । भात पाक्यो । भात खाइसकेपछि पनि पानी | |||
पानी अझै पनि परिरहेको छ । खेतमा काम गर्दागर्दै साँझ पर्यो । | |||
हाकुमाया भात पकाउन गइन् । केटाकेटीहरू दिनभरि काम गरेकाले थाकेर | |||
भोक लागी भान्छामा भात पर्खिरहे। शिवनारान छाप्रोको ओसारामा बसी | |||
कहिले खेत, कहिले आकाश हेर्दै, सुखका अनेक कल्पना गर्दै मनको लड्डु | |||
घिउसित खाइरहेका थिए । भात पाक्यो । भात खाइसकेपछि पनि पानी परि | |||
रह्यो, राति पनि परिरह्यो । बीचबीचमा बिउँझेर शिवनारान खेतको हेरचाह | |||
गरिरहन्थे । भोलिपल्ट पनि पानी परि नै रह्यो । बढ्ता पानी परेकाले खेतमा | |||
पानी पनि बढ्ता भयो । खेतका निम्ति बढ्ता पानी पनि हितकर छैन तर पानी | |||
परिरह्यो, परिरह्यो, पर्सि पनि परिरह्यो, परिरह्यो । | |||
⬥ | ⬥ | ||
यसरी तीन दिनदेखि अनवरत पानी परि नै रह्यो । क्रमशः उत्तरतिरको साह्रो जमिन नै पानी भएर दौडदै आयो, वेग बढ्दै आयो, बिस्तारै बाढी हुँदै आएको पनि देखिन लाग्यो । बाढीमा असङ्ख्य धानका बिरुवाहरू बग्दै आएका देखिए, धेरै नै रूखहरू पनि देखिए, यहाँसम्म कि जमिनका ढिस्काका ढिस्का नै बगेर आएका हुनाले रूखसमेत खडिखडाउ भएर बग्दै आइरहेको पनि देखियो । आफ्नै खेत पनि जलमग्न भइसकेको थियो, आफ्नै घरमुनि पनि समुद्र आइसकेको थियो । आफ्नो छाप्रो पनि छोप्लाछोप्ला जस्तो हुन थाल्यो । कैय्यन् घर, छाप्रो बग्दै आएका, कति घरका काठपात, कति बाख्रा, गाई, भैंसी पनि बग्दै आएका देखिन थाले । बग्दाबग्दा मानिसै पनि बगेर | यसरी तीन दिनदेखि अनवरत पानी परि नै रह्यो । क्रमशः उत्तरतिरको | ||
साह्रो जमिन नै पानी भएर दौडदै आयो, वेग बढ्दै आयो, बिस्तारै बाढी हुँदै | |||
आएको पनि देखिन लाग्यो । बाढीमा असङ्ख्य धानका बिरुवाहरू बग्दै | |||
आएका देखिए, धेरै नै रूखहरू पनि देखिए, यहाँसम्म कि जमिनका ढिस्काका | |||
ढिस्का नै बगेर आएका हुनाले रूखसमेत खडिखडाउ भएर बग्दै आइरहेको | |||
पनि देखियो । आफ्नै खेत पनि जलमग्न भइसकेको थियो, आफ्नै घरमुनि पनि | |||
समुद्र आइसकेको थियो । आफ्नो छाप्रो पनि छोप्लाछोप्ला जस्तो हुन | |||
थाल्यो । कैय्यन् घर, छाप्रो बग्दै आएका, कति घरका काठपात, कति बाख्रा, | |||
गाई, भैंसी पनि बग्दै आएका देखिन थाले । बग्दाबग्दा मानिसै पनि बगेर |
Revision as of 22:06, 20 April 2025
एकतिस
पानी अझै पनि परिरहेको छ । खेतमा काम गर्दागर्दै साँझ पर्यो । हाकुमाया भात पकाउन गइन् । केटाकेटीहरू दिनभरि काम गरेकाले थाकेर भोक लागी भान्छामा भात पर्खिरहे। शिवनारान छाप्रोको ओसारामा बसी कहिले खेत, कहिले आकाश हेर्दै, सुखका अनेक कल्पना गर्दै मनको लड्डु घिउसित खाइरहेका थिए । भात पाक्यो । भात खाइसकेपछि पनि पानी परि रह्यो, राति पनि परिरह्यो । बीचबीचमा बिउँझेर शिवनारान खेतको हेरचाह गरिरहन्थे । भोलिपल्ट पनि पानी परि नै रह्यो । बढ्ता पानी परेकाले खेतमा पानी पनि बढ्ता भयो । खेतका निम्ति बढ्ता पानी पनि हितकर छैन तर पानी परिरह्यो, परिरह्यो, पर्सि पनि परिरह्यो, परिरह्यो ।
⬥
यसरी तीन दिनदेखि अनवरत पानी परि नै रह्यो । क्रमशः उत्तरतिरको साह्रो जमिन नै पानी भएर दौडदै आयो, वेग बढ्दै आयो, बिस्तारै बाढी हुँदै आएको पनि देखिन लाग्यो । बाढीमा असङ्ख्य धानका बिरुवाहरू बग्दै आएका देखिए, धेरै नै रूखहरू पनि देखिए, यहाँसम्म कि जमिनका ढिस्काका ढिस्का नै बगेर आएका हुनाले रूखसमेत खडिखडाउ भएर बग्दै आइरहेको पनि देखियो । आफ्नै खेत पनि जलमग्न भइसकेको थियो, आफ्नै घरमुनि पनि समुद्र आइसकेको थियो । आफ्नो छाप्रो पनि छोप्लाछोप्ला जस्तो हुन थाल्यो । कैय्यन् घर, छाप्रो बग्दै आएका, कति घरका काठपात, कति बाख्रा, गाई, भैंसी पनि बग्दै आएका देखिन थाले । बग्दाबग्दा मानिसै पनि बगेर