Page:Ek chihan.pdf/111: Difference between revisions
→Not proofread: Created page with "उनन्तिस सबैलाई होसियारीको चेतावनी दिँदै नानीथकुंलाई घरमै छोडेर खेतमा काम गर्न जाने अनुकूल मिलाएका शिवनारान एक्लै त्यति बेलै खेततिर दौडे । रातभरिको छर्लङ्ग अनिद्रामा शिवनारानल..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
उनन्तिस | {{left|{{larger|'''उनन्तिस'''}}}} | ||
सबैलाई होसियारीको चेतावनी दिँदै नानीथकुंलाई घरमै छोडेर | |||
खेतमा काम गर्न जाने अनुकूल मिलाएका शिवनारान एक्लै त्यति बेलै खेततिर | |||
दौडे । | |||
यही फिक्रीको फेरमा दौडादौड गरी शिवनारानले एक हप्ताभित्रै नानीथकुंलाई एउटा सुयोग्य वर फेला पनि पारे। दुलाहा हुने केटो म्याट्रिक पास पनि भएको, एउटा मौजाको जिमिदार पनि, उमेर मिल्दो नै थियो । सबभन्दा हर्षको कुरा आफ्ना बाबु अष्टनारान र आफूहरूको पनि विचार र | रातभरिको छर्लङ्ग अनिद्रामा शिवनारानले नानीथकुंको बारेमा | ||
निक्कै चिन्ता गरे, नाना सोचविचार गरे । अब नानीथकुंलाई झट्ट एउटा | |||
सुपात्रसित बिहे गरेर नदिई यसै राखिछोड्नु उनले ठीक ठानेनन् । यसैले | |||
आफैले नानीथकुंलाई एउटा सुयोग्य वर खोजी गरेर पनि दुई-चार दिनमै | |||
विवाह गरी निश्चिन्त हुनुपर्यो । रातभरि नानीथकुंका बारेमा यस्तै केके, | |||
अनेक सोचविचार शिवनारानले गरेका थिए । | |||
यही फिक्रीको फेरमा दौडादौड गरी शिवनारानले एक हप्ताभित्रै | |||
नानीथकुंलाई एउटा सुयोग्य वर फेला पनि पारे। दुलाहा हुने केटो म्याट्रिक पास | |||
पनि भएको, एउटा मौजाको जिमिदार पनि, उमेर मिल्दो नै थियो । सबभन्दा | |||
हर्षको कुरा आफ्ना बाबु अष्टनारान र आफूहरूको पनि विचार र सिद्धान्त | |||
अनुसार केटो मधेसी थियो । प्रायः चाहिँदा गुनहरूले परिपूर्ण भएको मधेसी केटो | |||
पाएको र आफ्नो र तराईका मधेसी जातिसित वैवाहिक सम्बन्ध जोडिन पुग्ने | |||
कुराले शिवनारान चौपट्टै सन्तुष्ट र प्रफुल्लित भए । नेवार, पर्वते, मधेसी यी | |||
तीनै जाति र संस्कृतिको मेल झन् आफ्नै घरमा हुन लागेकोमा शिवनारान | |||
अत्यधिक खुसी भए । किनभने यी तीन जाति र संस्कृतिको समन्वय वा स्थापना | |||
नभईकन नेपालको उन्नति हुँदै हुँदैन भन्ने उनलाई विश्वास थियो । | |||
{{nop}} |
Revision as of 21:55, 20 April 2025
सबैलाई होसियारीको चेतावनी दिँदै नानीथकुंलाई घरमै छोडेर खेतमा काम गर्न जाने अनुकूल मिलाएका शिवनारान एक्लै त्यति बेलै खेततिर दौडे ।
रातभरिको छर्लङ्ग अनिद्रामा शिवनारानले नानीथकुंको बारेमा निक्कै चिन्ता गरे, नाना सोचविचार गरे । अब नानीथकुंलाई झट्ट एउटा सुपात्रसित बिहे गरेर नदिई यसै राखिछोड्नु उनले ठीक ठानेनन् । यसैले आफैले नानीथकुंलाई एउटा सुयोग्य वर खोजी गरेर पनि दुई-चार दिनमै विवाह गरी निश्चिन्त हुनुपर्यो । रातभरि नानीथकुंका बारेमा यस्तै केके, अनेक सोचविचार शिवनारानले गरेका थिए ।
यही फिक्रीको फेरमा दौडादौड गरी शिवनारानले एक हप्ताभित्रै नानीथकुंलाई एउटा सुयोग्य वर फेला पनि पारे। दुलाहा हुने केटो म्याट्रिक पास पनि भएको, एउटा मौजाको जिमिदार पनि, उमेर मिल्दो नै थियो । सबभन्दा हर्षको कुरा आफ्ना बाबु अष्टनारान र आफूहरूको पनि विचार र सिद्धान्त अनुसार केटो मधेसी थियो । प्रायः चाहिँदा गुनहरूले परिपूर्ण भएको मधेसी केटो पाएको र आफ्नो र तराईका मधेसी जातिसित वैवाहिक सम्बन्ध जोडिन पुग्ने कुराले शिवनारान चौपट्टै सन्तुष्ट र प्रफुल्लित भए । नेवार, पर्वते, मधेसी यी तीनै जाति र संस्कृतिको मेल झन् आफ्नै घरमा हुन लागेकोमा शिवनारान अत्यधिक खुसी भए । किनभने यी तीन जाति र संस्कृतिको समन्वय वा स्थापना नभईकन नेपालको उन्नति हुँदै हुँदैन भन्ने उनलाई विश्वास थियो ।