Page:Ek chihan.pdf/95: Difference between revisions
→Not proofread: Created page with "पच्चीस शिवनारान आज साबिक समयमा खेतमा गए । आजदेखि उनले नानीथकुंलाई पनि खेतमा लैजान सुरु गरे । रोपाइँ सकिएकाले खेतको सुरक्षाका लागि आजदेखि खेतमा खाने र सुत्ने अर्थात् रातदिन खेतैम..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
पच्चीस | {{left|{{larger|'''पच्चीस'''}}}} | ||
शिवनारान आज साबिक समयमा खेतमा गए । आजदेखि उनले | |||
नानीथकुंलाई पनि खेतमा लैजान सुरु गरे । रोपाइँ सकिएकाले खेतको सुरक्षाका | |||
लागि आजदेखि खेतमा खाने र सुत्ने अर्थात् रातदिन खेतैमा बस्ने बन्दोबस्त | |||
पनि शिवनारानले गरे । खास गरेर शिवनारानको कोठाको एक परिवार | |||
खेतैमा बस्न थाल्यो । नानीथकुं र पुननारानकी स्वास्नी, अनि उनका दुई | |||
केटाकेटीसहित दिनभरि खेतमा काम गरी साँझमा फर्किन्थे । | |||
आज पनि हाकुमाया निदाउन निदाउन खोजिरहेकी थिइन्, | शिवनारानकी स्वास्नी हाकुमायाको नीद अलि चर्को छ । सुत्नासाथै | ||
उनी घुर्रघुर्र घुरेर सिङ्गै रात खान सक्थिन् । उनी सुतेको ठाउँमा आएर | |||
कसैले चाहे बाजा नै बजाओस्, सितिमिति उनी चाल पाउँदैनथिन् । | |||
आज पनि हाकुमाया निदाउन निदाउन खोजिरहेकी थिइन्, शिव | |||
नारानले ठट्टा गर्दै भने- "छि: कति सुत्नुपर्ने मानिस ! एकछिन ठट्टा त | |||
गर, तरुनी नै होइन जस्तो ! बत्ती निभाएर अँध्यारो भइरहेको यो कोठामा | |||
आफ्नो दाँत देखाएर उज्यालो त पार । सुतेको हेरेर बस्नुपयो भने मलाई | |||
शुक्ल पक्षका चन्द्रमालाई कालो कपडाले छोपिराखेको जस्तो लाग्छ ।" | |||
"छि: बुढो भएर पनि कति ठट्टा गर्नुपर्ने !" हाकुमाया मुसुक्क हाँसिन् । | "छि: बुढो भएर पनि कति ठट्टा गर्नुपर्ने !" हाकुमाया मुसुक्क हाँसिन् । | ||
"तिम्रो यौवनमा खेलिरहेका तिम्रा ती दुवै हाँस्ता आँखा र हिसी परेका परेलाका ती दुवै प्वालहरूले उत्तिकै तान्दै छन्, कहाँ तिमी मलाई बुढो भन्छ्यौ ?" शिवनारानले पनि हाँसेर भने । | "तिम्रो यौवनमा खेलिरहेका तिम्रा ती दुवै हाँस्ता आँखा र हिसी परेका | ||
परेलाका ती दुवै प्वालहरूले उत्तिकै तान्दै छन्, कहाँ तिमी मलाई बुढो | |||
भन्छ्यौ ?" शिवनारानले पनि हाँसेर भने । | |||
{{nop}} |
Revision as of 21:22, 20 April 2025
शिवनारान आज साबिक समयमा खेतमा गए । आजदेखि उनले नानीथकुंलाई पनि खेतमा लैजान सुरु गरे । रोपाइँ सकिएकाले खेतको सुरक्षाका लागि आजदेखि खेतमा खाने र सुत्ने अर्थात् रातदिन खेतैमा बस्ने बन्दोबस्त पनि शिवनारानले गरे । खास गरेर शिवनारानको कोठाको एक परिवार खेतैमा बस्न थाल्यो । नानीथकुं र पुननारानकी स्वास्नी, अनि उनका दुई केटाकेटीसहित दिनभरि खेतमा काम गरी साँझमा फर्किन्थे ।
शिवनारानकी स्वास्नी हाकुमायाको नीद अलि चर्को छ । सुत्नासाथै उनी घुर्रघुर्र घुरेर सिङ्गै रात खान सक्थिन् । उनी सुतेको ठाउँमा आएर कसैले चाहे बाजा नै बजाओस्, सितिमिति उनी चाल पाउँदैनथिन् ।
आज पनि हाकुमाया निदाउन निदाउन खोजिरहेकी थिइन्, शिव नारानले ठट्टा गर्दै भने- "छि: कति सुत्नुपर्ने मानिस ! एकछिन ठट्टा त गर, तरुनी नै होइन जस्तो ! बत्ती निभाएर अँध्यारो भइरहेको यो कोठामा आफ्नो दाँत देखाएर उज्यालो त पार । सुतेको हेरेर बस्नुपयो भने मलाई शुक्ल पक्षका चन्द्रमालाई कालो कपडाले छोपिराखेको जस्तो लाग्छ ।"
"छि: बुढो भएर पनि कति ठट्टा गर्नुपर्ने !" हाकुमाया मुसुक्क हाँसिन् ।
"तिम्रो यौवनमा खेलिरहेका तिम्रा ती दुवै हाँस्ता आँखा र हिसी परेका परेलाका ती दुवै प्वालहरूले उत्तिकै तान्दै छन्, कहाँ तिमी मलाई बुढो भन्छ्यौ ?" शिवनारानले पनि हाँसेर भने ।