Page:Ek chihan.pdf/84: Difference between revisions
→Not proofread: Created page with "आउनु उनीहरूका निम्ति सानो कुरा पनि त थिएन । डाक्टर आइपुग्नाका साथसाथै उनीहरूले नाच्तैगाउँदै उनको खुब स्वागत गरे । डाक्टर गोदत्तप्रसाद आइपुग्दा रोपाइँ सिद्धिनै लागेको थियो । चला..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
आउनु उनीहरूका निम्ति सानो कुरा पनि त थिएन । डाक्टर आइपुग्नाका साथसाथै उनीहरूले नाच्तैगाउँदै उनको खुब स्वागत गरे । | आउनु उनीहरूका निम्ति सानो कुरा पनि त थिएन । डाक्टर आइपुग्नाका | ||
साथसाथै उनीहरूले नाच्तैगाउँदै उनको खुब स्वागत गरे । | |||
डाक्टर गोदत्तप्रसाद आइपुग्दा रोपाइँ सिद्धिनै लागेको थियो । चलाख मानिस न ठहरिए, एक नम्बरका धूर्त ! उनी आउनासाथै रोपाइँ गरिरहेकाहरूलाई आफ्नो प्रसन्न चेहराले स्वागत गर्दै बडो गहिरो शुभेच्छा भाव देखाएर पानसुपारी बाँड्न थाले । | डाक्टर गोदत्तप्रसाद आइपुग्दा रोपाइँ सिद्धिनै लागेको थियो । | ||
चलाख मानिस न ठहरिए, एक नम्बरका धूर्त ! | |||
उनी आउनासाथै रोपाइँ गरिरहेकाहरूलाई आफ्नो प्रसन्न चेहराले स्वागत | |||
गर्दै बडो गहिरो शुभेच्छा भाव देखाएर पानसुपारी बाँड्न थाले । पान | |||
सुपारी भनेर केवल यी दुई थोक मात्र थिएनन्, अनेक जातका खाने | |||
मसलाहरू सकेसम्म सफासुग्घर गरेर ल्याइएका थिए । पान पनि पातमा | |||
बेरिएका होइनन्; आठ-आठ पैसा जाने खुला बिरा; पानमा मगमग बास्ना | |||
आउने मसला पनि हाल्न लगाइएको थियो । | |||
डाक्टर गोदत्तप्रसादले सबभन्दा पहिले शिवनारानलाई नै पान अर्पण गरे । सत्कारको भावमा मुसुक्क हाँसेर शिवनारानले पानसुपारी अँजुलीमा थापेर लिए । यस क्रियाले डाक्टर गोदत्तप्रसादलाई बडो सन्तोष र आनन्द भयो । अनि उनले शिवनारानको परिवारका अरू सदस्यलाई पनि यस्तै भावनामा पानसुपारी बाँड्न थाले । उमेरको क्रमानुसार वितरण गरिएको हुनाले नानीथकुंको हात थाप्ने समय झन्डै बीचक्रममा परेको थियो । सबै परिवारलाई बाँडिसकेपछि डाक्टर गोदत्तप्रसादले खेतालाहरूलाई पनि त्यत्तिकै श्रद्धा र स्नेहमा पानसुपारी बाँडेका थिए । | डाक्टर गोदत्तप्रसादले सबभन्दा पहिले शिवनारानलाई नै पान अर्पण | ||
गरे । सत्कारको भावमा मुसुक्क हाँसेर शिवनारानले पानसुपारी अँजुलीमा | |||
थापेर लिए । यस क्रियाले डाक्टर गोदत्तप्रसादलाई बडो सन्तोष र आनन्द | |||
भयो । अनि उनले शिवनारानको परिवारका अरू सदस्यलाई पनि यस्तै | |||
भावनामा पानसुपारी बाँड्न थाले । उमेरको क्रमानुसार वितरण गरिएको | |||
हुनाले नानीथकुंको हात थाप्ने समय झन्डै बीचक्रममा परेको थियो । सबै | |||
परिवारलाई बाँडिसकेपछि डाक्टर गोदत्तप्रसादले खेतालाहरूलाई पनि | |||
त्यत्तिकै श्रद्धा र स्नेहमा पानसुपारी बाँडेका थिए । | |||
रोपाइँको काम अन्तिम समयमा पुगिसकेको हुनाले त्यसबाट रोपाहारहरू भित्र भरिएर आएको रसानुभूति पनि पराकाष्ठामा पुगिरहेको थियो । यस कारण रोपाइँमा हुने क्रियाको उतारचढाउ, आरोहअवरोह अर्थात् नाचगान, कुदाइ, उफ्राइ, ख्यालठट्टा मात्र द्रुत गतिमा बढिरहेको थियो । यही चरमसीमामा पुगेको आवेशमा रोपाहारहरू हिलेपानी आकाशमा छरछर गर्दै वर्षाको अभिनय गर्न थाले । नानीथकुंले पनि हिलेपानी आकाशमा छराछर गरी वर्षाको अभिनय गर्दै डाक्टर गोदत्तप्रसाद उभिइरहेको ठाउँमा हिलेपानी छर्न सुरु गरिन् । हाँस्तै यताउति छल्न खोज्दाखोज्दै डाक्टर | रोपाइँको काम अन्तिम समयमा पुगिसकेको हुनाले त्यसबाट | ||
रोपाहारहरू भित्र भरिएर आएको रसानुभूति पनि पराकाष्ठामा पुगिरहेको | |||
थियो । यस कारण रोपाइँमा हुने क्रियाको उतारचढाउ, आरोहअवरोह | |||
अर्थात् नाचगान, कुदाइ, उफ्राइ, ख्यालठट्टा मात्र द्रुत गतिमा बढिरहेको | |||
थियो । यही चरमसीमामा पुगेको आवेशमा रोपाहारहरू हिलेपानी आकाशमा | |||
छरछर गर्दै वर्षाको अभिनय गर्न थाले । नानीथकुंले पनि हिलेपानी आकाशमा | |||
छराछर गरी वर्षाको अभिनय गर्दै डाक्टर गोदत्तप्रसाद उभिइरहेको ठाउँमा | |||
हिलेपानी छर्न सुरु गरिन् । हाँस्तै यताउति छल्न खोज्दाखोज्दै डाक्टर गोदत्त | |||
प्रसाद हिलेपानीले टाटेपाटेको रूपमा रङ्गिहाले । अनि त रसरङ्ग र जाँड | |||
रक्सीले त्यसै हाहा र हुहु गर्दै उफ्रँदै रोपाहारहरूले पनि डाक्टर गोदत्तप्रसाद |
Revision as of 20:13, 20 April 2025
आउनु उनीहरूका निम्ति सानो कुरा पनि त थिएन । डाक्टर आइपुग्नाका साथसाथै उनीहरूले नाच्तैगाउँदै उनको खुब स्वागत गरे ।
डाक्टर गोदत्तप्रसाद आइपुग्दा रोपाइँ सिद्धिनै लागेको थियो । चलाख मानिस न ठहरिए, एक नम्बरका धूर्त ! उनी आउनासाथै रोपाइँ गरिरहेकाहरूलाई आफ्नो प्रसन्न चेहराले स्वागत गर्दै बडो गहिरो शुभेच्छा भाव देखाएर पानसुपारी बाँड्न थाले । पान सुपारी भनेर केवल यी दुई थोक मात्र थिएनन्, अनेक जातका खाने मसलाहरू सकेसम्म सफासुग्घर गरेर ल्याइएका थिए । पान पनि पातमा बेरिएका होइनन्; आठ-आठ पैसा जाने खुला बिरा; पानमा मगमग बास्ना आउने मसला पनि हाल्न लगाइएको थियो ।
डाक्टर गोदत्तप्रसादले सबभन्दा पहिले शिवनारानलाई नै पान अर्पण गरे । सत्कारको भावमा मुसुक्क हाँसेर शिवनारानले पानसुपारी अँजुलीमा थापेर लिए । यस क्रियाले डाक्टर गोदत्तप्रसादलाई बडो सन्तोष र आनन्द भयो । अनि उनले शिवनारानको परिवारका अरू सदस्यलाई पनि यस्तै भावनामा पानसुपारी बाँड्न थाले । उमेरको क्रमानुसार वितरण गरिएको हुनाले नानीथकुंको हात थाप्ने समय झन्डै बीचक्रममा परेको थियो । सबै परिवारलाई बाँडिसकेपछि डाक्टर गोदत्तप्रसादले खेतालाहरूलाई पनि त्यत्तिकै श्रद्धा र स्नेहमा पानसुपारी बाँडेका थिए ।
रोपाइँको काम अन्तिम समयमा पुगिसकेको हुनाले त्यसबाट रोपाहारहरू भित्र भरिएर आएको रसानुभूति पनि पराकाष्ठामा पुगिरहेको थियो । यस कारण रोपाइँमा हुने क्रियाको उतारचढाउ, आरोहअवरोह अर्थात् नाचगान, कुदाइ, उफ्राइ, ख्यालठट्टा मात्र द्रुत गतिमा बढिरहेको थियो । यही चरमसीमामा पुगेको आवेशमा रोपाहारहरू हिलेपानी आकाशमा छरछर गर्दै वर्षाको अभिनय गर्न थाले । नानीथकुंले पनि हिलेपानी आकाशमा छराछर गरी वर्षाको अभिनय गर्दै डाक्टर गोदत्तप्रसाद उभिइरहेको ठाउँमा हिलेपानी छर्न सुरु गरिन् । हाँस्तै यताउति छल्न खोज्दाखोज्दै डाक्टर गोदत्त प्रसाद हिलेपानीले टाटेपाटेको रूपमा रङ्गिहाले । अनि त रसरङ्ग र जाँड रक्सीले त्यसै हाहा र हुहु गर्दै उफ्रँदै रोपाहारहरूले पनि डाक्टर गोदत्तप्रसाद