Jump to content

Page:Ek chihan.pdf/81: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "सुपात्र र कुपात्र हुन्छ । यी सब कुरालाई, बाटोलाई, तबरलाई नाघेर मानिस हिँड्न सक्तैन, पाउँदैन । त्यसैले जीवनमा अभिभावकहरू हुनु बेसै छ, यो सौभाग्यको कुरा हो र अभिभावकहरूले यस कुराको ख्..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
सुपात्र र कुपात्र हुन्छ । यी सब कुरालाई, बाटोलाई, तबरलाई नाघेर मानिस हिँड्न सक्तैन, पाउँदैन । त्यसैले जीवनमा अभिभावकहरू हुनु बेसै छ, यो सौभाग्यको कुरा हो र अभिभावकहरूले यस कुराको ख्याल विचार राम्ररी पुऱ्याउनुपर्छ ।" शिवनारानले बडो गम्भीर भएर भने ।
सुपात्र र कुपात्र हुन्छ । यी सब कुरालाई, बाटोलाई, तबरलाई नाघेर मानिस  
हिँड्न सक्तैन, पाउँदैन । त्यसैले जीवनमा अभिभावकहरू हुनु बेसै छ, यो  
सौभाग्यको कुरा हो र अभिभावकहरूले यस कुराको ख्याल विचार राम्ररी  
पुऱ्याउनुपर्छ ।" शिवनारानले बडो गम्भीर भएर भने ।


"दाइले ठीक भन्नुभयो, म पनि दाइको यो विचारको स्वागत र समर्थन गर्दछु ।" पुननारानले हर्ष प्रकट गर्दै भने । शिवनारानले फेरि हर्षनारानलाई ताकेर भने- "अहिले तिमीले कसैकी स्वास्नी नबनेकी, प्रेमिका नबनेकी र बुढी तथा बच्ची भएर बेजोडा नभएकी जोकोही स्वास्नीमान्छेसित प्रेम गर्न सक्तछौ, ल्याउन सक्तछौ, यसमा म कत्ति बिघ्नबाधा नगरीकन तिमीलाई पूरा स्वतन्त्रता दिन सक्तछु; तर त्यसो नभईकन तिमीले कसैकी स्वास्नी, आमा, प्रेमिकालाई फकाएर वा उडाएर ल्यायौ भने त्यसलाई म प्रेम वा स्वतन्त्रता कहिल्यै भन्दिनँ । त्यो सरासर बदमासी हो, चोरी हो, डकैती हो ।"
"दाइले ठीक भन्नुभयो, म पनि दाइको यो विचारको स्वागत र समर्थन  
गर्दछु ।" पुननारानले हर्ष प्रकट गर्दै भने । शिवनारानले फेरि हर्षनारान
लाई ताकेर भने- "अहिले तिमीले कसैकी स्वास्नी नबनेकी, प्रेमिका नबनेकी र बुढी  
तथा बच्ची भएर बेजोडा नभएकी जोकोही स्वास्नीमान्छेसित प्रेम गर्न सक्तछौ,  
ल्याउन सक्तछौ, यसमा म कत्ति बिघ्नबाधा नगरीकन तिमीलाई पूरा स्वतन्त्रता  
दिन सक्तछु; तर त्यसो नभईकन तिमीले कसैकी स्वास्नी, आमा, प्रेमिकालाई  
फकाएर वा उडाएर ल्यायौ भने त्यसलाई म प्रेम वा स्वतन्त्रता कहिल्यै भन्दिनँ ।  
त्यो सरासर बदमासी हो, चोरी हो, डकैती हो ।"


दाजुभाइका कुरामा अबेर भएको देखेर आखिरमा लतमायाले यो प्रसङ्ग नै मेटाउन खोजेर भनिन्- "अहो ! हुनसम्मको अबेर भइसक्यो, कुन बेला भात पकाउने र खाने ? दिनभरि काम गरेर सबै भोकाएका होलान् । भैगो, अब गन्थन बन्द गर । भोलि हाम्रो रोपाइँको दिन पनि हो, भोलिदेखि नानीथकुंलाई पनि दिनभरि खेतैमा लगी काम गराइराख्ने गर । म एक्लै घरमा बसी तान चलाइरहन्छु, मलाई केही डर छैन । म बुढी मानिसलाई कसले के गर्ला ? अनि डाक्टरसाक्टरको कुरै मेटिएर जान्छ, ‘न रहे बाँस न बजे बाँसुरी ।’
दाजुभाइका कुरामा अबेर भएको देखेर आखिरमा लतमायाले यो प्रसङ्ग  
नै मेटाउन खोजेर भनिन्- "अहो ! हुनसम्मको अबेर भइसक्यो, कुन बेला भात  
पकाउने र खाने ? दिनभरि काम गरेर सबै भोकाएका होलान् । भैगो, अब  
गन्थन बन्द गर । भोलि हाम्रो रोपाइँको दिन पनि हो, भोलिदेखि नानीथकुंलाई  
पनि दिनभरि खेतैमा लगी काम गराइराख्ने गर । म एक्लै घरमा बसी तान  
चलाइरहन्छु, मलाई केही डर छैन । म बुढी मानिसलाई कसले के गर्ला ? अनि  
डाक्टरसाक्टरको कुरै मेटिएर जान्छ, ‘न रहे बाँस न बजे बाँसुरी ।’


पुननारान, हर्षनारान दुवैले एकै स्वरमा भने- "ठीक छ, आमाले ठीक भन्नुभयो । त्यसै गर्नुपर्ला अनि आफैँ समस्या हल हुन्छ ।"
पुननारान, हर्षनारान दुवैले एकै स्वरमा भने- "ठीक छ, आमाले  
ठीक भन्नुभयो । त्यसै गर्नुपर्ला अनि आफैँ समस्या हल हुन्छ ।"


शिवनारानले रिसाएर चुरचुर भइरहेको आफ्नो चेहरामा मुस्कानको भाव नचाएर यस कुरालाई अभिवादन गरे ।
शिवनारानले रिसाएर चुरचुर भइरहेको आफ्नो चेहरामा मुस्कानको  
भाव नचाएर यस कुरालाई अभिवादन गरे ।


अनि सबै आआफ्नो काम र ठाउँमा गए ।
अनि सबै आआफ्नो काम र ठाउँमा गए ।


तर नानीथकुं हृदयमा वेदना बोकेर तानकोठामा त्यसै उभिरहिन् । त्यहाँ उनी एक्लै थिइन् । साँझ बितेर बेलुकी भइसक्यो, नानीथकुं त्यही अँध्यारो कोठामा बसी आफूमाथि गुज्रिरहेको सबै कुरा मनमनै गुनिरहेकी थिइन् ।
तर नानीथकुं हृदयमा वेदना बोकेर तानकोठामा त्यसै उभिरहिन् ।  
त्यहाँ उनी एक्लै थिइन् । साँझ बितेर बेलुकी भइसक्यो, नानीथकुं त्यही  
अँध्यारो कोठामा बसी आफूमाथि गुज्रिरहेको सबै कुरा मनमनै गुनि
रहेकी थिइन् ।
{{nop}}

Revision as of 20:04, 20 April 2025

This page has not been proofread

सुपात्र र कुपात्र हुन्छ । यी सब कुरालाई, बाटोलाई, तबरलाई नाघेर मानिस हिँड्न सक्तैन, पाउँदैन । त्यसैले जीवनमा अभिभावकहरू हुनु बेसै छ, यो सौभाग्यको कुरा हो र अभिभावकहरूले यस कुराको ख्याल विचार राम्ररी पुऱ्याउनुपर्छ ।" शिवनारानले बडो गम्भीर भएर भने ।

"दाइले ठीक भन्नुभयो, म पनि दाइको यो विचारको स्वागत र समर्थन गर्दछु ।" पुननारानले हर्ष प्रकट गर्दै भने । शिवनारानले फेरि हर्षनारान लाई ताकेर भने- "अहिले तिमीले कसैकी स्वास्नी नबनेकी, प्रेमिका नबनेकी र बुढी तथा बच्ची भएर बेजोडा नभएकी जोकोही स्वास्नीमान्छेसित प्रेम गर्न सक्तछौ, ल्याउन सक्तछौ, यसमा म कत्ति बिघ्नबाधा नगरीकन तिमीलाई पूरा स्वतन्त्रता दिन सक्तछु; तर त्यसो नभईकन तिमीले कसैकी स्वास्नी, आमा, प्रेमिकालाई फकाएर वा उडाएर ल्यायौ भने त्यसलाई म प्रेम वा स्वतन्त्रता कहिल्यै भन्दिनँ । त्यो सरासर बदमासी हो, चोरी हो, डकैती हो ।"

दाजुभाइका कुरामा अबेर भएको देखेर आखिरमा लतमायाले यो प्रसङ्ग नै मेटाउन खोजेर भनिन्- "अहो ! हुनसम्मको अबेर भइसक्यो, कुन बेला भात पकाउने र खाने ? दिनभरि काम गरेर सबै भोकाएका होलान् । भैगो, अब गन्थन बन्द गर । भोलि हाम्रो रोपाइँको दिन पनि हो, भोलिदेखि नानीथकुंलाई पनि दिनभरि खेतैमा लगी काम गराइराख्ने गर । म एक्लै घरमा बसी तान चलाइरहन्छु, मलाई केही डर छैन । म बुढी मानिसलाई कसले के गर्ला ? अनि डाक्टरसाक्टरको कुरै मेटिएर जान्छ, ‘न रहे बाँस न बजे बाँसुरी ।’

पुननारान, हर्षनारान दुवैले एकै स्वरमा भने- "ठीक छ, आमाले ठीक भन्नुभयो । त्यसै गर्नुपर्ला अनि आफैँ समस्या हल हुन्छ ।"

शिवनारानले रिसाएर चुरचुर भइरहेको आफ्नो चेहरामा मुस्कानको भाव नचाएर यस कुरालाई अभिवादन गरे ।

अनि सबै आआफ्नो काम र ठाउँमा गए ।

तर नानीथकुं हृदयमा वेदना बोकेर तानकोठामा त्यसै उभिरहिन् । त्यहाँ उनी एक्लै थिइन् । साँझ बितेर बेलुकी भइसक्यो, नानीथकुं त्यही अँध्यारो कोठामा बसी आफूमाथि गुज्रिरहेको सबै कुरा मनमनै गुनि रहेकी थिइन् ।