Jump to content

Page:Ek chihan.pdf/80: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with ""म के थाहा पाऊँ होइन, दिनदिनै तिमीकहाँ आउने, तिमीसित ख्यालठट्टा गरेर जाने भएर पनि तिमीलाई थाहा छैन भने अरू कसलाई थाहा होला ? भन, किन दिनहुँ यहाँ त्यो आउँछ ? तिम्रो कुन रोगको दिनहुँ इलाज..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"म के थाहा पाऊँ होइन, दिनदिनै तिमीकहाँ आउने, तिमीसित ख्यालठट्टा गरेर जाने भएर पनि तिमीलाई थाहा छैन भने अरू कसलाई थाहा होला ? भन, किन दिनहुँ यहाँ त्यो आउँछ ? तिम्रो कुन रोगको दिनहुँ इलाज गर्न आउँछ ?"
"म के थाहा पाऊँ होइन, दिनदिनै तिमीकहाँ आउने, तिमीसित ख्यालठट्टा  
गरेर जाने भएर पनि तिमीलाई थाहा छैन भने अरू कसलाई थाहा होला ?  
भन, किन दिनहुँ यहाँ त्यो आउँछ ? तिम्रो कुन रोगको दिनहुँ इलाज गर्न  
आउँछ ?"


नानीथकुं एक शब्द बोलिनन् । शिवनारानले बोलेका कुरा भित्ताको मयूरले झैं केवल सुनिरहिन् । लतमायाले पनि केही बोलिनन् । यत्तिकैमा पुननारान, हर्षनारान, हाकुमाया सब दैनन्दिन काम सकेर घरभित्र पस्न थाले । उनीहरू आउँदा पनि शिवनारान कराइ नै रहेका थिए । एकछिन जिल्ल परेर पुननारानले भने- "किन दाइ ! मामिला के छ ?"
नानीथकुं एक शब्द बोलिनन् । शिवनारानले बोलेका कुरा भित्ताको  
मयूरले झैं केवल सुनिरहिन् । लतमायाले पनि केही बोलिनन् । यत्तिकैमा पुन
नारान, हर्षनारान, हाकुमाया सब दैनन्दिन काम सकेर घरभित्र पस्न थाले ।  
उनीहरू आउँदा पनि शिवनारान कराइ नै रहेका थिए । एकछिन जिल्ल परेर  
पुननारानले भने- "किन दाइ ! मामिला के छ ?"


"उही हिजोको कुरा । आज पनि अलि सबेर आएको थिएँ, दसी प्रमाण फेला पर्यो । हिजो त्यस्तरी जात्रा गरेको थिएँ पर्बाह गरिनन् ।" शिवनारानले रन्केर भने ।
"उही हिजोको कुरा । आज पनि अलि सबेर आएको थिएँ, दसी प्रमाण  
फेला पर्यो । हिजो त्यस्तरी जात्रा गरेको थिएँ पर्बाह गरिनन् ।" शिवनारानले  
रन्केर भने ।


"यो त ज्यादै अचाक्ली भयो, ज्यादै मनपरी ! यसरी गराइराख्न त हुँदैन । यो त म पनि सहन्नँ ।" पुननारानले भने ।
"यो त ज्यादै अचाक्ली भयो, ज्यादै मनपरी ! यसरी गराइराख्न त  
हुँदैन । यो त म पनि सहन्नँ ।" पुननारानले भने ।


"तिमी चाहन्छौ भने हामी उहीसँग बिहे गराइदिन सक्छौं तर यसरी लुकीचोरीकन ख्यालठट्टा गरेर भाँडिनु म राम्रो ठान्दिनँ ।" हर्षनारानले भने ।
"तिमी चाहन्छौ भने हामी उहीसँग बिहे गराइदिन सक्छौं तर यसरी  
लुकीचोरीकन ख्यालठट्टा गरेर भाँडिनु म राम्रो ठान्दिनँ ।" हर्षनारानले भने ।


कान्छो दाजु हर्षनारानको कुरा सुनेर नानीथकुंलाई आश्वासन भयो । तर उनले शिवनारानको यो कटु वाक्य सुनेर फेरि निराशाको अनुहारमै भौँतारिनुपर्यो- "के भनेर बदमास डाक्टरसँग बिहे गराउन दिन्छु म ! त्यो डाक्टरलाई पाएँ भने म खुट्टा भाँचेर पठाइदिन्छु ।"
कान्छो दाजु हर्षनारानको कुरा सुनेर नानीथकुंलाई आश्वासन भयो ।  
तर उनले शिवनारानको यो कटु वाक्य सुनेर फेरि निराशाको अनुहारमै  
भौँतारिनुपर्यो- "के भनेर बदमास डाक्टरसँग बिहे गराउन दिन्छु म ! त्यो  
डाक्टरलाई पाएँ भने म खुट्टा भाँचेर पठाइदिन्छु ।"


"तैपनि उनको पसन्दलाई हामीले हेर्नैपर्ला । स्वतन्त्रताको कदर गर्ने जमाना आइसकेको छ ।" हर्षनारानले फेरि भने ।
"तैपनि उनको पसन्दलाई हामीले हेर्नैपर्ला । स्वतन्त्रताको कदर गर्ने  
जमाना आइसकेको छ ।" हर्षनारानले फेरि भने ।


"तिमीले उसैको अगाडि यस्तो वाहियात कुरा गरेर बदमासीलाई प्रोत्साहन दिँदै गरे झन् ठीक हुन्छ ?" हर्षनारानदेखि पनि अलि रिसाएर शिवनारानले भने ।
"तिमीले उसैको अगाडि यस्तो वाहियात कुरा गरेर बदमासीलाई  
प्रोत्साहन दिँदै गरे झन् ठीक हुन्छ ?" हर्षनारानदेखि पनि अलि रिसाएर शिव
नारानले भने ।


"युगको गति हेरेर मैले भनिरहेको हुँ ।’
"युगको गति हेरेर मैले भनिरहेको हुँ ।’


"मलाई पनि थाहा छ युगको गति, स्वतन्त्रताको महत्त्व र मानवइच्छाको कुरा । तर म स्वतन्त्रताको नाउँमा जसले जोसँग जस्तो पनि प्रेम गरेर हिँडेको हेर्न चाहन्नँ । प्रेमको पनि महत्त्व हुन्छ, उसका निम्ति पनि फुक्का र बन्धनको लेखाजोखा, मापदण्ड हुन्छ, सीमारेखा हुन्छ, विधान हुन्छ,
"मलाई पनि थाहा छ युगको गति, स्वतन्त्रताको महत्त्व र मानव
इच्छाको कुरा । तर म स्वतन्त्रताको नाउँमा जसले जोसँग जस्तो पनि प्रेम  
गरेर हिँडेको हेर्न चाहन्नँ । प्रेमको पनि महत्त्व हुन्छ, उसका निम्ति पनि  
फुक्का र बन्धनको लेखाजोखा, मापदण्ड हुन्छ, सीमारेखा हुन्छ, विधान हुन्छ,

Revision as of 20:02, 20 April 2025

This page has not been proofread

"म के थाहा पाऊँ होइन, दिनदिनै तिमीकहाँ आउने, तिमीसित ख्यालठट्टा गरेर जाने भएर पनि तिमीलाई थाहा छैन भने अरू कसलाई थाहा होला ? भन, किन दिनहुँ यहाँ त्यो आउँछ ? तिम्रो कुन रोगको दिनहुँ इलाज गर्न आउँछ ?"

नानीथकुं एक शब्द बोलिनन् । शिवनारानले बोलेका कुरा भित्ताको मयूरले झैं केवल सुनिरहिन् । लतमायाले पनि केही बोलिनन् । यत्तिकैमा पुन नारान, हर्षनारान, हाकुमाया सब दैनन्दिन काम सकेर घरभित्र पस्न थाले । उनीहरू आउँदा पनि शिवनारान कराइ नै रहेका थिए । एकछिन जिल्ल परेर पुननारानले भने- "किन दाइ ! मामिला के छ ?"

"उही हिजोको कुरा । आज पनि अलि सबेर आएको थिएँ, दसी प्रमाण फेला पर्यो । हिजो त्यस्तरी जात्रा गरेको थिएँ पर्बाह गरिनन् ।" शिवनारानले रन्केर भने ।

"यो त ज्यादै अचाक्ली भयो, ज्यादै मनपरी ! यसरी गराइराख्न त हुँदैन । यो त म पनि सहन्नँ ।" पुननारानले भने ।

"तिमी चाहन्छौ भने हामी उहीसँग बिहे गराइदिन सक्छौं तर यसरी लुकीचोरीकन ख्यालठट्टा गरेर भाँडिनु म राम्रो ठान्दिनँ ।" हर्षनारानले भने ।

कान्छो दाजु हर्षनारानको कुरा सुनेर नानीथकुंलाई आश्वासन भयो । तर उनले शिवनारानको यो कटु वाक्य सुनेर फेरि निराशाको अनुहारमै भौँतारिनुपर्यो- "के भनेर बदमास डाक्टरसँग बिहे गराउन दिन्छु म ! त्यो डाक्टरलाई पाएँ भने म खुट्टा भाँचेर पठाइदिन्छु ।"

"तैपनि उनको पसन्दलाई हामीले हेर्नैपर्ला । स्वतन्त्रताको कदर गर्ने जमाना आइसकेको छ ।" हर्षनारानले फेरि भने ।

"तिमीले उसैको अगाडि यस्तो वाहियात कुरा गरेर बदमासीलाई प्रोत्साहन दिँदै गरे झन् ठीक हुन्छ ?" हर्षनारानदेखि पनि अलि रिसाएर शिव नारानले भने ।

"युगको गति हेरेर मैले भनिरहेको हुँ ।’

"मलाई पनि थाहा छ युगको गति, स्वतन्त्रताको महत्त्व र मानव इच्छाको कुरा । तर म स्वतन्त्रताको नाउँमा जसले जोसँग जस्तो पनि प्रेम गरेर हिँडेको हेर्न चाहन्नँ । प्रेमको पनि महत्त्व हुन्छ, उसका निम्ति पनि फुक्का र बन्धनको लेखाजोखा, मापदण्ड हुन्छ, सीमारेखा हुन्छ, विधान हुन्छ,