Jump to content

Page:Ek chihan.pdf/78: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "बाइस आफ्नो खेतको काममा अलमलिँदा पनि शिवनारानले नानीथकुं र डाक्टर गोदत्तप्रसादमाथि उठेको रिस बिर्सिन सकेका थिएनन् । काम गर्दा पनि मनमा फनक्क रिस उठ्थ्यो। त्यस कारण आज शिवनारान पा..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
बाइस
{{left|{{larger|'''बाइस'''}}}}
आफ्नो खेतको काममा अलमलिँदा पनि शिवनारानले नानीथकुं र डाक्टर गोदत्तप्रसादमाथि उठेको रिस बिर्सिन सकेका थिएनन् । काम गर्दा पनि मनमा फनक्क रिस उठ्थ्यो। त्यस कारण आज शिवनारान पाँच बज्दानबज्दै घर फर्केका थिए । आज पनि आफ्नै घरबाट गोदत्तप्रसाद फर्कंदै गरेको देख्ता डाक्टर गोदत्तप्रसादलाई समातेर निमोठिहानूँजस्तो उनलाई भयो । डाक्टर गोदत्तप्रसादलाई पनि एकाएक शिवनारान भेट हुँदा हुनसम्मको अप्ठ्यारो भएको थियो, सहसा सङ्कोच भावले छोपेको थियो, के गरूँ, के गरूँ भएर एकदम अतासिइसकेका थिए । तर उनले तुरुन्तै केही नभएको जस्तो भाव गरी शिवनारानसँग भने- "किन हँ, निकै चाँडै फर्क्यौ नि शिवनारान ? तिम्रो खेतमा रोपाईं सिद्धियो ?"
आफ्नो खेतको काममा अलमलिँदा पनि शिवनारानले नानीथकुं र  
डाक्टर गोदत्तप्रसादमाथि उठेको रिस बिर्सिन सकेका थिएनन् । काम गर्दा पनि  
मनमा फनक्क रिस उठ्थ्यो। त्यस कारण आज शिवनारान पाँच बज्दानबज्दै  
घर फर्केका थिए । आज पनि आफ्नै घरबाट गोदत्तप्रसाद फर्कंदै गरेको देख्ता  
डाक्टर गोदत्तप्रसादलाई समातेर निमोठिहानूँजस्तो उनलाई भयो । डाक्टर  
गोदत्तप्रसादलाई पनि एकाएक शिवनारान भेट हुँदा हुनसम्मको अप्ठ्यारो  
भएको थियो, सहसा सङ्कोच भावले छोपेको थियो, के गरूँ, के गरूँ भएर  
एकदम अतासिइसकेका थिए । तर उनले तुरुन्तै केही नभएको जस्तो भाव  
गरी शिवनारानसँग भने- "किन हँ, निकै चाँडै फर्क्यौ नि शिवनारान ? तिम्रो  
खेतमा रोपाईं सिद्धियो ?"

डाक्टर गोदत्तप्रसादले पनि बोलिदिँदा त शिवनारान झन् रिसले भुतुक्क भए । जबाफ दिने सभ्यताको पनि उनलाई केही ख्याल भएन । खालि क्वारक्वारती हेरेर केही पनि जबाफ नदिईकन सरासर घरभित्र पसे । भेट्ता ‘नमस्ते’ सम्म पनि गरेका थिएनन् ।
डाक्टर गोदत्तप्रसादले पनि बोलिदिँदा त शिवनारान झन् रिसले  
भुतुक्क भए । जबाफ दिने सभ्यताको पनि उनलाई केही ख्याल भएन । खालि  
क्वारक्वारती हेरेर केही पनि जबाफ नदिईकन सरासर घरभित्र पसे । भेट्ता  
‘नमस्ते’ सम्म पनि गरेका थिएनन् ।

उनी सरासर तानकोठामा गए । झन् नानीथकुंलाई नदेख्ता उनको रिसको मात्रा अझ बढ्यो । कोठामा पाइला टेक्नासाथ शिवनारानले क्रुद्ध भावमा भने- "नानीथकुं खोइ नि ?"
उनी सरासर तानकोठामा गए । झन् नानीथकुंलाई नदेख्ता उनको  
रिसको मात्रा अझ बढ्यो । कोठामा पाइला टेक्नासाथ शिवनारानले क्रुद्ध  
भावमा भने- "नानीथकुं खोइ नि ?"

"कपाल दुखेर कोठामा पल्टिरहेकी छ ।" स्वाभाविक स्वरमा लतमायाले भनिन् ।
"कपाल दुखेर कोठामा पल्टिरहेकी छ ।" स्वाभाविक स्वरमा  
लतमायाले भनिन् ।

"तपाईं छोरीको रखवारी भइरहनुभएको हो कि कुटुनी ? घरमा गुन्डा नाचेर गइसक्यो, तपाईं छोरीलाई कपाल दुखिरहेको छ भनी यहाँ सुति
"तपाईं छोरीको रखवारी भइरहनुभएको हो कि कुटुनी ? घरमा  
गुन्डा नाचेर गइसक्यो, तपाईं छोरीलाई कपाल दुखिरहेको छ भनी यहाँ सुति

Revision as of 19:58, 20 April 2025

This page has not been proofread