Jump to content

Page:Munamadan.pdf/6: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{x-larger|'''समर्पण'''}}}}
{{c|{{x-larger|'''समर्पण'''}}}}
{{center block|
{{start center block}}
<poem>
<poem>
हे मेरा भाइ ! हे मेरा बहिनी ! पहाड शहरमा,
हे मेरा भाइ ! हे मेरा बहिनी ! पहाड शहरमा,
Line 25: Line 25:
स्वप्नाका धन नबाँडीकन हुँदैन खुशी मन !
स्वप्नाका धन नबाँडीकन हुँदैन खुशी मन !
आनन्द मेरो लखगुना होला सकारे समर्पण !
आनन्द मेरो लखगुना होला सकारे समर्पण !
</poem>}}
</poem>
{{end center block}}

Revision as of 13:08, 18 April 2025

This page has been proofread
समर्पण

हे मेरा भाइ ! हे मेरा बहिनी ! पहाड शहरमा,
यो यौटा मेरो भक्तिको माला चढाएँ चरणमा ।
अरू ता मैले के गर्न सक्थेँ ?, अपढ-अज्ञानी,
आँसुले भिजेको यो फूल गाँसेँ नजानी नजानी ।
घाम र छाया-बीचमा फुल्यो मनको फूलबारी,
सपनाभित्र फुलेको ल्याएँ बिपना ओसारी ।
यिनको बास बिर्साइदिन्छ वरको परको,
आँसु र हाँसो मिसाइदिन्छ सबका घरको ।
जो मैले गुँथेँ पहिर भाइ ! पहिर बहिनी !
प्रेमका गलामा नवैलिजाओस् भक्त हुँ म पनि ।
नेपाली माटो स्वर्गको किरण भरेर झन्क्यो मूल,
नेपाली बास्ना भएर निस्के अत्तर देशी फूल,
एकान्त वनमा फूलपरी रँगमा कस्सिए फुर्फुरी,
एक लहर टिपी चढाएँ, नाचून् छातीमा हरघरी ।
नदेख्ने वन कविको मन रङ्गले छिर्किन्छ,
जीवनको छायादेशमा एउटा फूलबारी हुर्कन्छ,
आँसुको जाल डालीमा हाली बिन्दुले रसाए,
कल्पने माली, अम्लान कुसुम,
एक डाली गुँथी, गलामा फाली,
जोर्दछु हात हे भाइ-बहिनी ! बास्नामा रसाए,
दिलमा खुशाए
स्वप्नाका धन नबाँडीकन हुँदैन खुशी मन !
आनन्द मेरो लखगुना होला सकारे समर्पण !