Jump to content

Page:Munamadan.pdf/7: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{x-larger|'''सज्जनवर्गका प्रति'''}}}}
{{c|{{x-larger|'''सज्जनवर्गका प्रति'''}}}}
{{center block|
 
{{start center block}}
<poem>
<poem>
क्या राम्रो, मीठो नेपाली गाना झ्याउरे भनेको !
क्या राम्रो, मीठो नेपाली गाना झ्याउरे भनेको !
Line 26: Line 27:
पहिलो कवि पर्वतको पानी निर्मल अधर,
पहिलो कवि पर्वतको पानी निर्मल अधर,
हिमाल सारा सङ्गीतधारा प्रथम छरर,
हिमाल सारा सङ्गीतधारा प्रथम छरर,
</poem>}}
</poem>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Revision as of 13:07, 18 April 2025

This page has been proofread
सज्जनवर्गका प्रति

क्या राम्रो, मीठो नेपाली गाना झ्याउरे भनेको !
यो खेतभित्र बिरुवा रोपेँ नदेखि खनेको ।
फुलेर जाओस्, वैलेर जाओस् ईश्वर-इच्छा हो,
पयरमनि नकुल्च भाइ ! यो मेरो भिक्षा हो ।
यो फुलिजाओस् ! यो फैलिजाओस् ! वसन्त डाकन,
झ्याउरे भनी नगर हेला हे प्यारा सज्जन !
नरम गरोस्, चरम-चूली उडाई पुर्‍याओस्,
निर्मल नाला-लहर जस्ता अगर चलाओस्,
पहाडछातीमा पो टक्कराओस्, डाँडाले दोहर्‍याऊन्,
मन र वन गुँजेर उठून्, छहरा छहराऊन्,
शहरभित्र एकान्त खोपी, यो गरोस् उज्यालो,
झोपडीभित्र यसैले बालोस् मनको दियालो;
नेपाली गेडा, नेपाली दाना, नेपाली रसले
भिजेको मीठो रसिलो गीत, नेपाली कसले
नेपाली भन्ने कसले त्यसै आँखा नै चिम्ललेला;
प्रतिभाबाट छहरा छुटे, हृदय नछोला ?
पर्वत, खाडी, फाँटमा चल्छ झ्याउरेको लहरी,
स्वदेशी माटो जागेर बोल्छ सरलमा छहरी,
झुप्राका चरी, वनका परी, दिल भल बगाउँछन्,
मासा र मासा जनका भाषा हावालाई रँगाउँछन्,
नक्कली जीवन, कुटिल विद्या लिँदैन यसमा चाल,
भावका वशमा पग्लन्छ रसमा जनको दिलको छाल;
पहिलो कवि पर्वतको पानी निर्मल अधर,
हिमाल सारा सङ्गीतधारा प्रथम छरर,