Jump to content

Page:Ek chihan.pdf/63: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with ""क्याजुयल बिदा छँदै छ नि, वर्षदिनमा पाइने पन्ध्र क्याजुयल बिदामा एक क्याजुयल पनि लिएको छैन । यही फुर्सतले आज म तिमीलाई मनभरि पूजा गरुँला ।" हाँस्तै डाक्टर गोदत्तप्रसादले भने । डाक्..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"क्याजुयल बिदा छँदै छ नि, वर्षदिनमा पाइने पन्ध्र क्याजुयल बिदामा एक क्याजुयल पनि लिएको छैन । यही फुर्सतले आज म तिमीलाई मनभरि पूजा गरुँला ।" हाँस्तै डाक्टर गोदत्तप्रसादले भने ।
"क्याजुयल बिदा छँदै छ नि, वर्षदिनमा पाइने पन्ध्र क्याजुयल बिदामा  
एक क्याजुयल पनि लिएको छैन । यही फुर्सतले आज म तिमीलाई मनभरि  
पूजा गरुँला ।" हाँस्तै डाक्टर गोदत्तप्रसादले भने ।

डाक्टर गोदत्तप्रसादको यो अन्तिम वाक्यले झन् प्रभावित भएर नानीथकुंले भनिन्- "मलाई त घर जानै मन लागेन डाक्टरसाहेब !"
डाक्टर गोदत्तप्रसादको यो अन्तिम वाक्यले झन् प्रभावित भएर  
नानीथकुंले भनिन्- "मलाई त घर जानै मन लागेन डाक्टरसाहेब !"

"तिमी मदेखि साह्रै खुसी भएको सुअवसरमा तिमीसित आज म एक थोक माग्ने बिन्ती बिसाऊँ है त नानीथकुं ?" प्रेमपूर्ण भावमा डाक्टर गोदत्तप्रसादले भने ।
"तिमी मदेखि साह्रै खुसी भएको सुअवसरमा तिमीसित आज म एक  
थोक माग्ने बिन्ती बिसाऊँ है त नानीथकुं ?" प्रेमपूर्ण भावमा डाक्टर गोदत्त
प्रसादले भने ।

"नाइँ, यसरी तपाईंले मलाई सम्मान गर्नुभयो भने प्रेम गरिरहनुभएको छ भन्ने मलाई विश्वास हुन गाह्रो हुन्छ । प्रेमको दुनियाँमा बिन्तीसिन्तीको अदबले ठाउँ नपाओस् डाक्टरसाहेब !" मुस्काउँदै नानीथकुंले भनिन् ।
"नाइँ, यसरी तपाईंले मलाई सम्मान गर्नुभयो भने प्रेम गरिरहनु
भएको छ भन्ने मलाई विश्वास हुन गाह्रो हुन्छ । प्रेमको दुनियाँमा बिन्तीसिन्तीको  
अदबले ठाउँ नपाओस् डाक्टरसाहेब !" मुस्काउँदै नानीथकुंले भनिन् ।

"बातपिच्छे ‘डाक्टरसाहेब, डाक्टरसाहेब’ को धुवाँ र अदबले उल्टो तिमी नै उपाध्याय भएर अझ मलाई उपदेश दिन्छ्यौ ?" व्यङ्ग्यमय भावमा डाक्टर गोदत्तप्रसादले भने ।
"बातपिच्छे ‘डाक्टरसाहेब, डाक्टरसाहेब’ को धुवाँ र अदबले उल्टो  
तिमी नै उपाध्याय भएर अझ मलाई उपदेश दिन्छ्यौ ?" व्यङ्ग्यमय भावमा  
डाक्टर गोदत्तप्रसादले भने ।

आफ्नो छेडले आफैँ लडी नानीथकुं सर्मिन्दा भइन् । लाजले उनी केवल मुसुक्क हाँसिन् अनि ओठ टोकेर फर्किन् ।
आफ्नो छेडले आफैँ लडी नानीथकुं सर्मिन्दा भइन् । लाजले उनी  
केवल मुसुक्क हाँसिन् अनि ओठ टोकेर फर्किन् ।

"किन उता फर्केकी नानीथकुं ! हारेको कबुल गर्छ्यौ भने हर्जाना तिर र जित्न चाहन्छ्यौ भने बोल, फेरि के भन्न चाहन्छयौ ?" डाक्टर गोदत्तप्रसादले व्यङ्ग्य हानेर भने ।
"किन उता फर्केकी नानीथकुं ! हारेको कबुल गर्छ्यौ भने हर्जाना तिर  
र जित्न चाहन्छ्यौ भने बोल, फेरि के भन्न चाहन्छयौ ?" डाक्टर गोदत्त
प्रसादले व्यङ्ग्य हानेर भने ।

"हारेको हर्जाना के तिर्ने नि ?" मन्द मुस्कानमा नानीथकुंले भनिन् ।
"हारेको हर्जाना के तिर्ने नि ?" मन्द मुस्कानमा नानीथकुंले भनिन् ।
Line 21: Line 33:
"मैले भनेजस्तो एक चोटि हाँस न त ।"
"मैले भनेजस्तो एक चोटि हाँस न त ।"

"छि: भैगो डाक्टरसाहेब ! धेरै नजिस्क्याउनुहोस् ।" अलि नखराएको भावमा नानीथकुंले भनिन् ।
"छि: भैगो डाक्टरसाहेब ! धेरै नजिस्क्याउनुहोस् ।" अलि नखराएको  
भावमा नानीथकुंले भनिन् ।

ल, फेरि ‘डाक्टरसाहेब ?’ कति ‘डाक्टरसाहेब’, ‘डाक्टरसाहेब ?’ ठट्यौलो अनुहारमा डाक्टर गोदत्तप्रसादले भने ।
ल, फेरि ‘डाक्टरसाहेब ?’ कति ‘डाक्टरसाहेब’, ‘डाक्टरसाहेब ?’  
ठट्यौलो अनुहारमा डाक्टर गोदत्तप्रसादले भने ।

"के भन्ने त ?" ठट्यौलो अनुहारले नानीथकुंले पनि सोधिन् ।
"के भन्ने त ?" ठट्यौलो अनुहारले नानीथकुंले पनि सोधिन् ।
{{nop}}

Revision as of 08:35, 14 April 2025

This page has not been proofread

"क्याजुयल बिदा छँदै छ नि, वर्षदिनमा पाइने पन्ध्र क्याजुयल बिदामा एक क्याजुयल पनि लिएको छैन । यही फुर्सतले आज म तिमीलाई मनभरि पूजा गरुँला ।" हाँस्तै डाक्टर गोदत्तप्रसादले भने ।

डाक्टर गोदत्तप्रसादको यो अन्तिम वाक्यले झन् प्रभावित भएर नानीथकुंले भनिन्- "मलाई त घर जानै मन लागेन डाक्टरसाहेब !"

"तिमी मदेखि साह्रै खुसी भएको सुअवसरमा तिमीसित आज म एक थोक माग्ने बिन्ती बिसाऊँ है त नानीथकुं ?" प्रेमपूर्ण भावमा डाक्टर गोदत्त प्रसादले भने ।

"नाइँ, यसरी तपाईंले मलाई सम्मान गर्नुभयो भने प्रेम गरिरहनु भएको छ भन्ने मलाई विश्वास हुन गाह्रो हुन्छ । प्रेमको दुनियाँमा बिन्तीसिन्तीको अदबले ठाउँ नपाओस् डाक्टरसाहेब !" मुस्काउँदै नानीथकुंले भनिन् ।

"बातपिच्छे ‘डाक्टरसाहेब, डाक्टरसाहेब’ को धुवाँ र अदबले उल्टो तिमी नै उपाध्याय भएर अझ मलाई उपदेश दिन्छ्यौ ?" व्यङ्ग्यमय भावमा डाक्टर गोदत्तप्रसादले भने ।

आफ्नो छेडले आफैँ लडी नानीथकुं सर्मिन्दा भइन् । लाजले उनी केवल मुसुक्क हाँसिन् अनि ओठ टोकेर फर्किन् ।

"किन उता फर्केकी नानीथकुं ! हारेको कबुल गर्छ्यौ भने हर्जाना तिर र जित्न चाहन्छ्यौ भने बोल, फेरि के भन्न चाहन्छयौ ?" डाक्टर गोदत्त प्रसादले व्यङ्ग्य हानेर भने ।

"हारेको हर्जाना के तिर्ने नि ?" मन्द मुस्कानमा नानीथकुंले भनिन् ।

"हारेकोमा हर्जाना ?"

"अँ ।"