Jump to content

Page:Bhanubhaktako ramayan.pdf/238: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> प्रतिज्ञा मैले यो यमसित गर्याँ जन्मि अब ता । सिताराम् भज्न्या छू विषयहरूमा छाडि ममता ॥ प्रतिज्ञा सो बिर्सीकन जन धनै खोजि डुलियो । सिताराम् भज्न्या हो शिव शिव उस..."
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
{{c|{{larger|'''भक्तमाला'''}}}}
 
{{start center block}}
<poem>
<poem>
प्रतिज्ञा मैले यो यमसित गर्याँ जन्मि अब ता ।
प्रतिज्ञा मैले यो यमसित गर्याँ जन्मि अब ता ।

Latest revision as of 20:51, 13 April 2025

This page has not been proofread
भक्तमाला

प्रतिज्ञा मैले यो यमसित गर्याँ जन्मि अब ता ।
सिताराम् भज्न्या छू विषयहरूमा छाडि ममता ॥
प्रतिज्ञा सो बिर्सीकन जन धनै खोजि डुलियो ।
सिताराम् भज्न्या हो शिव शिव उसै आज भुलियो ॥१॥

सिताराम् भज्न्या छू भनिकन प्रतिज्ञा अघि गरी ।
गयाको होस् आइस् कति दिन भजिस् भन् अघि सरी ॥
यसो भन्नन् ख्वामित् मकन यमराज् तेस् बखतमा ।
कसो भन्नू मैले भुलिकन रह्याँ एस् बखतमा ॥२॥

गयो बालक् काल्को वय पनि उसै बालरसले ।
यसै रित्ले यौवन् पनि बितिगयो मोहवशले ॥
भयो वृद्धावस्था अझ पनि भजींदैन मनले ।
कसो गर्नन् ख्वामित् मकन यमका दूतहरूले ॥३॥

घडी दिन् पक्षै मास् ऋतु अयन यै काल गतिले ।
घट्यो आयू मेरो विषय अझ खोज्दै छ मतिले ॥
कृपानाथ् हे स्वामी अब कसरि संसार तरुँला ।
कृपा राख्या जावस् नतर त अनाथ् बीच परुँला ॥४॥

बडो दुर्लभ् जानोस् भरत भुमिको जन्म जनले ।
सहज् मिल्छन् ठाकुर् हरि भजि लिया शुद्ध मनले ॥
बखत् यस्तो जानी हरिचरणमा मन् पनि धरोस् ।
निरन्तर् श्रद्धाले हरि खुशि हुन्या दान् पनि गरोस् ॥५॥

जगत्मा पृथ्वीका अधिपति बडा दौलाथि थिया ।
मरण्का वेलामा बुझिलिनु ति क्या लीकन गया ॥
निरन्तर यै सम्झी हरि भजि रहोस् शुद्ध मनले ।
परन्तू हक् मर्न्यै छ त बटुलि क्या गर्नु धनले ॥६॥