Page:Ek chihan.pdf/47: Difference between revisions
→Not proofread: Created page with " लायक हुनुहोला । मैले धेरै बयान गर्नु व्यर्थ छ, किनभने तिमीले नदेखे नचिनेका मानिस होइनन् ।" साधारण भावमा रामबहादुरले भने । रामबहादुरको कुरा खुब विश्वस्त भावमा लतमायाले सुनिरहेकी..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
लायक हुनुहोला । मैले धेरै बयान गर्नु व्यर्थ छ, किनभने तिमीले नदेखे नचिनेका मानिस होइनन् ।" साधारण भावमा रामबहादुरले भने । | लायक हुनुहोला । मैले धेरै बयान गर्नु व्यर्थ छ, किनभने तिमीले नदेखे | ||
नचिनेका मानिस होइनन् ।" साधारण भावमा रामबहादुरले भने । | |||
रामबहादुरको कुरा खुब विश्वस्त भावमा लतमायाले सुनिरहेकी थिइन् । | रामबहादुरको कुरा खुब विश्वस्त भावमा लतमायाले सुनिरहेकी | ||
थिइन् । | |||
उनको कुरा लतमायालाई पनि पत्यार लाग्यो । उनलाई आफ्नो प्रभावमा आएको देखेर रामबहादुर मनमनै खुसी भएर बोले- "कसो, मेरो कुरा तिमीलाई पत्यार लागेन कि ?" | उनको कुरा लतमायालाई पनि पत्यार लाग्यो । उनलाई आफ्नो | ||
प्रभावमा आएको देखेर रामबहादुर मनमनै खुसी भएर बोले- "कसो, मेरो | |||
कुरा तिमीलाई पत्यार लागेन कि ?" | |||
"किन नलाग्ने ? तपाईंले किन झुट बोल्नुहुन्थ्यो ? तर उहाँ श्रेष्ठ हुनुहुन्छ, यो पनि त अप्ठ्यारो कुरा छ ।" | "किन नलाग्ने ? तपाईंले किन झुट बोल्नुहुन्थ्यो ? तर उहाँ श्रेष्ठ | ||
हुनुहुन्छ, यो पनि त अप्ठ्यारो कुरा छ ।" | |||
"यसको फिक्री तिमीलाई किन ? सुब्बासाहेबको भन्दा तिम्रो जात ठुलो भए न तिम्रो निम्ति अप्ठ्यारो कुरा हो । त्यसै लगेर भित्रिनी मात्र | "यसको फिक्री तिमीलाई किन ? सुब्बासाहेबको भन्दा तिम्रो जात | ||
ठुलो भए न तिम्रो निम्ति अप्ठ्यारो कुरा हो । त्यसै लगेर भित्रिनी मात्र गरि | |||
राख्ने भए पनि चित्त नबुदो कुरा हुने थियो । तर भातसमेत खाइदिने कबुल | |||
गर्नुहुन्छ भने तिम्रो र तिमीहरूका निम्ति अहोभाग्यको कुरा हो ।" | |||
रामबहादुरको यो कुरा सुनेर लतमायाले एकछिन गौर गरिन् । उनले केही पनि जबाफ दिन नपाउँदै रामबहादुरले फेरि भने- " | रामबहादुरको यो कुरा सुनेर लतमायाले एकछिन गौर गरिन् । | ||
उनले केही पनि जबाफ दिन नपाउँदै रामबहादुरले फेरि भने- "सुब्बा | |||
साहेबलाई दियौ भने तिम्री छोरीलाई मैले ‘तिमी’ भन्नसमेत नहुने हुन्छ, आज | |||
‘तिमी’ भनिरहेको मानिसलाई भोलि ‘सुब्बिनीसाहेब’ भनेर सलाम गर्नुपर्ने | |||
हुन्छ, यो पनि एउटा गौरवको कुरा हो ।" | |||
यो कुरा सुनेर लतमाया एक चोटि खिस्स हाँसिन् । | यो कुरा सुनेर लतमाया एक चोटि खिस्स हाँसिन् । | ||
"भएको कुरा गरेको हुँ मैले ।" रामबहादुर यही सिलसिलामा भन्दै गए- "सुब्बासाहेबबाट अनेक मद्दत पाएर तिमीहरूको दुःख पनि हट्छ । मैले हेर्दा त यो समाजका अगाडि राम्रो भएर आफ्नो दुःख पनि मेट्ने सौभाग्यको कुरा हो । यही देखेर त अष्टनारानले वचन दिएको होला, किनभने ऊ एउटा किसान भए पनि बुज़ुक मानिस थियो ।" | "भएको कुरा गरेको हुँ मैले ।" रामबहादुर यही सिलसिलामा भन्दै | ||
गए- "सुब्बासाहेबबाट अनेक मद्दत पाएर तिमीहरूको दुःख पनि हट्छ । | |||
मैले हेर्दा त यो समाजका अगाडि राम्रो भएर आफ्नो दुःख पनि मेट्ने | |||
सौभाग्यको कुरा हो । यही देखेर त अष्टनारानले वचन दिएको होला, | |||
किनभने ऊ एउटा किसान भए पनि बुज़ुक मानिस थियो ।" | |||
लतमायाले फेरि पनि जबाफ दिइनन्, सोचि नै रहिन् । आफ्नो चलाखी ठीक ठाउँमा परेको देखेर रामबहादुरले फेरि भने- "सुब्बासाहेबसित यो वैवाहिक सम्बन्ध जोड्न सकियो भने भोलिपर्सि तिम्रा सन्तानहरू पनि जागिरदार र पढैया भएर, इज्जतदार भएर आउनेछन् किनभने तिमीहरू | लतमायाले फेरि पनि जबाफ दिइनन्, सोचि नै रहिन् । आफ्नो चलाखी | ||
ठीक ठाउँमा परेको देखेर रामबहादुरले फेरि भने- "सुब्बासाहेबसित यो | |||
वैवाहिक सम्बन्ध जोड्न सकियो भने भोलिपर्सि तिम्रा सन्तानहरू पनि | |||
जागिरदार र पढैया भएर, इज्जतदार भएर आउनेछन् किनभने तिमीहरू सुब्बा | |||
साहेबका ससुरालीखलक हुनेछौ । | |||
{{nop}} |
Revision as of 11:46, 13 April 2025
लायक हुनुहोला । मैले धेरै बयान गर्नु व्यर्थ छ, किनभने तिमीले नदेखे नचिनेका मानिस होइनन् ।" साधारण भावमा रामबहादुरले भने ।
रामबहादुरको कुरा खुब विश्वस्त भावमा लतमायाले सुनिरहेकी थिइन् ।
उनको कुरा लतमायालाई पनि पत्यार लाग्यो । उनलाई आफ्नो प्रभावमा आएको देखेर रामबहादुर मनमनै खुसी भएर बोले- "कसो, मेरो कुरा तिमीलाई पत्यार लागेन कि ?"
"किन नलाग्ने ? तपाईंले किन झुट बोल्नुहुन्थ्यो ? तर उहाँ श्रेष्ठ हुनुहुन्छ, यो पनि त अप्ठ्यारो कुरा छ ।"
"यसको फिक्री तिमीलाई किन ? सुब्बासाहेबको भन्दा तिम्रो जात ठुलो भए न तिम्रो निम्ति अप्ठ्यारो कुरा हो । त्यसै लगेर भित्रिनी मात्र गरि राख्ने भए पनि चित्त नबुदो कुरा हुने थियो । तर भातसमेत खाइदिने कबुल गर्नुहुन्छ भने तिम्रो र तिमीहरूका निम्ति अहोभाग्यको कुरा हो ।"
रामबहादुरको यो कुरा सुनेर लतमायाले एकछिन गौर गरिन् । उनले केही पनि जबाफ दिन नपाउँदै रामबहादुरले फेरि भने- "सुब्बा साहेबलाई दियौ भने तिम्री छोरीलाई मैले ‘तिमी’ भन्नसमेत नहुने हुन्छ, आज ‘तिमी’ भनिरहेको मानिसलाई भोलि ‘सुब्बिनीसाहेब’ भनेर सलाम गर्नुपर्ने हुन्छ, यो पनि एउटा गौरवको कुरा हो ।"
यो कुरा सुनेर लतमाया एक चोटि खिस्स हाँसिन् ।
"भएको कुरा गरेको हुँ मैले ।" रामबहादुर यही सिलसिलामा भन्दै गए- "सुब्बासाहेबबाट अनेक मद्दत पाएर तिमीहरूको दुःख पनि हट्छ । मैले हेर्दा त यो समाजका अगाडि राम्रो भएर आफ्नो दुःख पनि मेट्ने सौभाग्यको कुरा हो । यही देखेर त अष्टनारानले वचन दिएको होला, किनभने ऊ एउटा किसान भए पनि बुज़ुक मानिस थियो ।"
लतमायाले फेरि पनि जबाफ दिइनन्, सोचि नै रहिन् । आफ्नो चलाखी ठीक ठाउँमा परेको देखेर रामबहादुरले फेरि भने- "सुब्बासाहेबसित यो वैवाहिक सम्बन्ध जोड्न सकियो भने भोलिपर्सि तिम्रा सन्तानहरू पनि जागिरदार र पढैया भएर, इज्जतदार भएर आउनेछन् किनभने तिमीहरू सुब्बा साहेबका ससुरालीखलक हुनेछौ ।