Page:Ek chihan.pdf/38: Difference between revisions
→Not proofread: Created page with "बाह्र आज लतमाया र नानीथकुंले भात नखाँदै काममा गएका घरका सबै जहान एकै समयमा धमाधम घर आइपुगे । सबै आइपुगेका देखेर लतमाया र नानीथकुंले घरका सबै जहानलाई भात पस्कन थाले । सबैले भात खान..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
बाह्र | {{Left|{{larger|'''बाह्र'''}}}} | ||
आज लतमाया र नानीथकुंले भात नखाँदै काममा गएका घरका सबै | |||
जहान एकै समयमा धमाधम घर आइपुगे । सबै आइपुगेका देखेर लतमाया | |||
र नानीथकुंले घरका सबै जहानलाई भात पस्कन थाले । | |||
सबैले भात खान लागेको बेलामा लतमायाले ‘सुब्बा सुरमानका मानिस | |||
आएका र उनले देशी तान किनेर मद्दत गर्नेबारे दिउँसो भएका सारा कुरा | |||
छोराहरूलाई बताइन् । पोहोर सालको बाली बाँकी भएको लेखाइराखेको | |||
तमसुक च्यातिदिइसकेको कुरा पनि भनिन् । | |||
ती कुरा सुनेर शिवनारानलाई अलि आश्चर्य लाग्यो । सुरमान सुब्बा | |||
अगि त्यस्तो उदार नभएको कुरा शिवनारानलाई राम्रै थाहा थियो । ‘पोहोर | |||
साल असार नराम्रो भएकाले बाली तिर्न नसक्ता कडिकडाउसाथ ताकिता | |||
गर्दै सयकड़ा पच्चिसको दरले बढाई तमसुक लेखाएर लिने दानव आज | |||
एकाएक कसरी देवता भएर निस्क्यो ?’ | |||
उनले अलि सोचिसकेपछि भने- "आमा ! तपाईंले मन्जुर नगर्नुपर्ने ।" | |||
शिवनारानले गम्भीरतापूर्वक ‘अँ अँ’ को रूपमा टाउको हल्लाए तर केही बोलेनन् । | "हामी कति ठुला मानिस हौं र त्यत्रो ठुलो तल्सिङले यस्तो दया | ||
गरेकोमा तिरस्कार गर्न सक्छौं ? दिनेले दिन सक्छ भने लिनेले किन हटि | |||
रहने ?" लतमायाले भनिन् । | |||
शिवनारानले गम्भीरतापूर्वक ‘अँ अँ’ को रूपमा टाउको हल्लाए तर | |||
केही बोलेनन् । | |||
{{nop}} |
Revision as of 11:27, 13 April 2025
आज लतमाया र नानीथकुंले भात नखाँदै काममा गएका घरका सबै जहान एकै समयमा धमाधम घर आइपुगे । सबै आइपुगेका देखेर लतमाया र नानीथकुंले घरका सबै जहानलाई भात पस्कन थाले ।
सबैले भात खान लागेको बेलामा लतमायाले ‘सुब्बा सुरमानका मानिस आएका र उनले देशी तान किनेर मद्दत गर्नेबारे दिउँसो भएका सारा कुरा छोराहरूलाई बताइन् । पोहोर सालको बाली बाँकी भएको लेखाइराखेको तमसुक च्यातिदिइसकेको कुरा पनि भनिन् ।
ती कुरा सुनेर शिवनारानलाई अलि आश्चर्य लाग्यो । सुरमान सुब्बा अगि त्यस्तो उदार नभएको कुरा शिवनारानलाई राम्रै थाहा थियो । ‘पोहोर साल असार नराम्रो भएकाले बाली तिर्न नसक्ता कडिकडाउसाथ ताकिता गर्दै सयकड़ा पच्चिसको दरले बढाई तमसुक लेखाएर लिने दानव आज एकाएक कसरी देवता भएर निस्क्यो ?’ उनले अलि सोचिसकेपछि भने- "आमा ! तपाईंले मन्जुर नगर्नुपर्ने ।"
"हामी कति ठुला मानिस हौं र त्यत्रो ठुलो तल्सिङले यस्तो दया गरेकोमा तिरस्कार गर्न सक्छौं ? दिनेले दिन सक्छ भने लिनेले किन हटि रहने ?" लतमायाले भनिन् ।
शिवनारानले गम्भीरतापूर्वक ‘अँ अँ’ को रूपमा टाउको हल्लाए तर केही बोलेनन् ।