Page:Ek chihan.pdf/37: Difference between revisions
→Not proofread: Created page with ""टुम्टुम् छयाँय् !" हातले लाखेनाचको बाजाको ताल मिलाउँदै खित्त हाँसेर नानीथकुंले बोलिन् । "अँ भन न लौ साँच्ची, तिमीले मलाई के भन्न चाहेको ? साँच्चै म रिसाउँदिनँ ।" "के ?" "’नानीथकुं’ को स..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"टुम्टुम् छयाँय् !" हातले लाखेनाचको बाजाको ताल मिलाउँदै खित्त हाँसेर नानीथकुंले बोलिन् । | "टुम्टुम् छयाँय् !" हातले लाखेनाचको बाजाको ताल मिलाउँदै खित्त | ||
हाँसेर नानीथकुंले बोलिन् । | |||
"अँ भन न लौ साँच्ची, तिमीले मलाई के भन्न चाहेको ? साँच्चै म रिसाउँदिनँ ।" | "अँ भन न लौ साँच्ची, तिमीले मलाई के भन्न चाहेको ? साँच्चै म | ||
रिसाउँदिनँ ।" | |||
"के ?" | "के ?" | ||
"’नानीथकुं’ को सट्टा मैले तिमीलाई ‘नानी’ भन्न चाहेझैं तिमीले मलाई के भन्न चाहेको ?" | "’नानीथकुं’ को सट्टा मैले तिमीलाई ‘नानी’ भन्न चाहेझैं तिमीले | ||
मलाई के भन्न चाहेको ?" | |||
"हो त ? रिसाउन पाइन्न नि ?" | "हो त ? रिसाउन पाइन्न नि ?" | ||
Line 21: | Line 24: | ||
"भनिहालूँ त ? तपाईंलाई…?" | "भनिहालूँ त ? तपाईंलाई…?" | ||
नानीथकुंले मुस्कुराउँदै अलि लजाएको भावमा डाक्टर गोदत्तप्रसादको मुख वाल्ल परेर हेरिरहिन् । | नानीथकुंले मुस्कुराउँदै अलि लजाएको भावमा डाक्टर | ||
गोदत्तप्रसादको मुख वाल्ल परेर हेरिरहिन् । | |||
"अँ मलाई ?" डाक्टर गोदत्तप्रसादले फेरि कोट्टयाए । "तपाईंलाई !" लज्जापूर्ण भावमा डाक्टर गोदत्तप्रसादको अनुहार पुलुक्क | "अँ मलाई ?" डाक्टर गोदत्तप्रसादले फेरि कोट्टयाए । | ||
"तपाईंलाई !" लज्जापूर्ण भावमा डाक्टर गोदत्तप्रसादको अनुहार | |||
पुलुक्क हेरी अलि खिस्स हाँसेर – "तिमी भन्छु" नानीथकुंले भनिन् । | |||
"मोरी !" अँगाल्न हात बढाउँदै डाक्टर गोदत्तप्रसादले भने । | |||
"नकच्चरा !" फुत्केर पछि हट्तै मुसुक्क मुस्कुराएर नानीथकुं छुट्टिइन् । | |||
डाक्टर गोदत्तप्रसाद मस्त भएर नानीथकुंको अनुहार हेर्दै हाँसिरहे । | |||
यत्तिकैमा माथिबाट "नानीथकुं ! भात खान आऊ" भन्ने सम्बोधन सुनियो । | |||
"लौ जाऊ भात खान आजलाई, भोलि त बिदाको दिन छ दिउँसै | |||
आउँला है ?" नानीथकुंको हातको हर्थुङ्गामा चुम्बन गर्दै डाक्टर गोदत्त | |||
प्रसादले भने । | |||
"नबिर्सीकन !" अतृप्त आँखाले हेर्दै नानीथकुंले भनिन् । | "नबिर्सीकन !" अतृप्त आँखाले हेर्दै नानीथकुंले भनिन् । | ||
{{nop}} |
Revision as of 11:25, 13 April 2025
"टुम्टुम् छयाँय् !" हातले लाखेनाचको बाजाको ताल मिलाउँदै खित्त हाँसेर नानीथकुंले बोलिन् ।
"अँ भन न लौ साँच्ची, तिमीले मलाई के भन्न चाहेको ? साँच्चै म रिसाउँदिनँ ।"
"के ?"
"’नानीथकुं’ को सट्टा मैले तिमीलाई ‘नानी’ भन्न चाहेझैं तिमीले मलाई के भन्न चाहेको ?"
"हो त ? रिसाउन पाइन्न नि ?"
"हो हो लौ, रिसाउँदिनँ ।"
"नाइँ, तपाईं रिसाउनुहुन्छ ।"
"रिसाउँदिनँ भन्या’ तिमी मारे हत्या ।"
"भैगो लौ, अरू कुरा गर्नोस् ।"
"नभने म मारे हत्या ।"
"भनिहालूँ त ? तपाईंलाई…?"
नानीथकुंले मुस्कुराउँदै अलि लजाएको भावमा डाक्टर गोदत्तप्रसादको मुख वाल्ल परेर हेरिरहिन् ।
"अँ मलाई ?" डाक्टर गोदत्तप्रसादले फेरि कोट्टयाए । "तपाईंलाई !" लज्जापूर्ण भावमा डाक्टर गोदत्तप्रसादको अनुहार पुलुक्क हेरी अलि खिस्स हाँसेर – "तिमी भन्छु" नानीथकुंले भनिन् ।
"मोरी !" अँगाल्न हात बढाउँदै डाक्टर गोदत्तप्रसादले भने ।
"नकच्चरा !" फुत्केर पछि हट्तै मुसुक्क मुस्कुराएर नानीथकुं छुट्टिइन् ।
डाक्टर गोदत्तप्रसाद मस्त भएर नानीथकुंको अनुहार हेर्दै हाँसिरहे । यत्तिकैमा माथिबाट "नानीथकुं ! भात खान आऊ" भन्ने सम्बोधन सुनियो ।
"लौ जाऊ भात खान आजलाई, भोलि त बिदाको दिन छ दिउँसै आउँला है ?" नानीथकुंको हातको हर्थुङ्गामा चुम्बन गर्दै डाक्टर गोदत्त प्रसादले भने ।
"नबिर्सीकन !" अतृप्त आँखाले हेर्दै नानीथकुंले भनिन् ।