Page:Ek chihan.pdf/25: Difference between revisions
→Not proofread: Created page with "हर्षनारानका साथै नानीथकुं पनि सहसा अस्पतालमा आएको देखेर गोदत्तप्रसाद एकछिन जिल्ल परे । उनले तुरुन्तै सोधे- "बालाई कस्तो छ ?" डाक्टरको यो प्रश्नले थामिरहेको आँसु नानीथकुंको आँखाबा..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
हर्षनारानका साथै नानीथकुं पनि सहसा अस्पतालमा आएको देखेर गोदत्तप्रसाद एकछिन जिल्ल परे । उनले तुरुन्तै सोधे- "बालाई कस्तो छ ?" | हर्षनारानका साथै नानीथकुं पनि सहसा अस्पतालमा आएको देखेर | ||
गोदत्तप्रसाद एकछिन जिल्ल परे । उनले तुरुन्तै सोधे- "बालाई कस्तो छ ?" | |||
डाक्टरको यो प्रश्नले थामिरहेको आँसु नानीथकुंको आँखाबाट फेरि बग्न थाल्यो । उनी धुरुधुरु रुन थालिन् । हर्षनारानले तत्क्षणात् भने- "बा त गइसक्नुभयो ।" | डाक्टरको यो प्रश्नले थामिरहेको आँसु नानीथकुंको आँखाबाट फेरि | ||
बग्न थाल्यो । उनी धुरुधुरु रुन थालिन् । हर्षनारानले तत्क्षणात् भने- "बा | |||
त गइसक्नुभयो ।" | |||
"हँ ! राम ! राम !! कुन बेला ?" डाक्टर गोदत्तप्रसादले | "हँ ! राम ! राम !! कुन बेला ?" डाक्टर गोदत्तप्रसादले आश्चर्य | ||
चकित भएर शोकयुक्त स्वरमा सोधे । | |||
"अगि एघार बजेतिर ।" | "अगि एघार बजेतिर ।" | ||
"मैले त गर्नसम्म उपाय र कोसिस गरेको थिएँ । संसार यस्तै हो, मर्नु र जन्मनु संसारको गति हो । उमेर नपुगेको भन्नु पनि छैन ।" यहाँ किन आउनुभएको त तपाईंहरू ? मबाट अझै कुनै सेवा हुन सक्छ भने भन्नोस्, हाजिरै छु । दागबत्तीको काम सबै ठीकठाक भइसक्यो ?" | "मैले त गर्नसम्म उपाय र कोसिस गरेको थिएँ । संसार यस्तै हो, | ||
मर्नु र जन्मनु संसारको गति हो । उमेर नपुगेको भन्नु पनि छैन ।" यहाँ किन | |||
आउनुभएको त तपाईंहरू ? मबाट अझै कुनै सेवा हुन सक्छ भने भन्नोस्, | |||
हाजिरै छु । दागबत्तीको काम सबै ठीकठाक भइसक्यो ?" | |||
हर्षनारान र नानीथकं दुवै अनकनाएको देखेर डाक्टर गोदत्तप्रसादले फेरि भने- "भन्नुहोस्, केही भन्नु छ मसित ?" | हर्षनारान र नानीथकं दुवै अनकनाएको देखेर डाक्टर | ||
गोदत्तप्रसादले फेरि भने- "भन्नुहोस्, केही भन्नु छ मसित ?" | |||
हर्षनारानले बोल्न इसारा गरेपछि नानीथकुंले भन्ने साहस गरिन् तर बोल्न खोजेको कुरा सर्मले गर्दा घाँटीमै अड्कियो । उनको मुखमा सर्मको लालीपना छाउन थाल्यो । अनि डाक्टर गोदत्तप्रसादले आश्वासनको भावमा भने- "भन न नानी ! किन लजाएकी ? मलाई भन्नलाई पनि केको लाज ? मलाई आफन्तै सम्झे हुन्छ ।" | हर्षनारानले बोल्न इसारा गरेपछि नानीथकुंले भन्ने साहस गरिन् तर | ||
बोल्न खोजेको कुरा सर्मले गर्दा घाँटीमै अड्कियो । उनको मुखमा सर्मको | |||
लालीपना छाउन थाल्यो । अनि डाक्टर गोदत्तप्रसादले आश्वासनको भावमा | |||
भने- "भन न नानी ! किन लजाएकी ? मलाई भन्नलाई पनि केको लाज ? | |||
मलाई आफन्तै सम्झे हुन्छ ।" | |||
डाक्टरको यस्तो आश्वासन र सहानुभूतिपूर्ण कुरा सुनेर नानीथकुंले बोल्न साहस गरिन् तर यो पटक पनि लज्जाले घाँटी नै समाइदियो । | डाक्टरको यस्तो आश्वासन र सहानुभूतिपूर्ण कुरा सुनेर नानीथकुंले | ||
बोल्न साहस गरिन् तर यो पटक पनि लज्जाले घाँटी नै समाइदियो । अनि | |||
डाक्टर गोदत्तप्रसादले अझै आफन्तको भावमा भने- "किन लजाउनुपर्छ | |||
भन्या, मलाई परचक्री सम्झेकी ?" | |||
हर्षनारान पनि लज्जाले मुन्टो निहुराएर उभिइरहेका थिए । यसपालि | |||
भने नानीथकुंले बल गरेर भनिहालिन्- "अलिकति रुपियाँ मागौं भनेर | |||
आएका हौं ।" | |||
पूर्ण सहानुभूतिको भावमा डाक्टर गोदत्तप्रसाद तत्क्षणात् बोले- | |||
"कति रुपियाँ चाहियो नानी ?" | |||
पूर्ण सहानुभूतिको भावमा डाक्टर गोदत्तप्रसाद तत्क्षणात् बोले- "कति रुपियाँ चाहियो नानी ?" | {{nop}} |
Revision as of 11:00, 13 April 2025
हर्षनारानका साथै नानीथकुं पनि सहसा अस्पतालमा आएको देखेर गोदत्तप्रसाद एकछिन जिल्ल परे । उनले तुरुन्तै सोधे- "बालाई कस्तो छ ?"
डाक्टरको यो प्रश्नले थामिरहेको आँसु नानीथकुंको आँखाबाट फेरि बग्न थाल्यो । उनी धुरुधुरु रुन थालिन् । हर्षनारानले तत्क्षणात् भने- "बा त गइसक्नुभयो ।"
"हँ ! राम ! राम !! कुन बेला ?" डाक्टर गोदत्तप्रसादले आश्चर्य चकित भएर शोकयुक्त स्वरमा सोधे ।
"अगि एघार बजेतिर ।"
"मैले त गर्नसम्म उपाय र कोसिस गरेको थिएँ । संसार यस्तै हो, मर्नु र जन्मनु संसारको गति हो । उमेर नपुगेको भन्नु पनि छैन ।" यहाँ किन आउनुभएको त तपाईंहरू ? मबाट अझै कुनै सेवा हुन सक्छ भने भन्नोस्, हाजिरै छु । दागबत्तीको काम सबै ठीकठाक भइसक्यो ?"
हर्षनारान र नानीथकं दुवै अनकनाएको देखेर डाक्टर गोदत्तप्रसादले फेरि भने- "भन्नुहोस्, केही भन्नु छ मसित ?"
हर्षनारानले बोल्न इसारा गरेपछि नानीथकुंले भन्ने साहस गरिन् तर बोल्न खोजेको कुरा सर्मले गर्दा घाँटीमै अड्कियो । उनको मुखमा सर्मको लालीपना छाउन थाल्यो । अनि डाक्टर गोदत्तप्रसादले आश्वासनको भावमा भने- "भन न नानी ! किन लजाएकी ? मलाई भन्नलाई पनि केको लाज ? मलाई आफन्तै सम्झे हुन्छ ।"
डाक्टरको यस्तो आश्वासन र सहानुभूतिपूर्ण कुरा सुनेर नानीथकुंले बोल्न साहस गरिन् तर यो पटक पनि लज्जाले घाँटी नै समाइदियो । अनि डाक्टर गोदत्तप्रसादले अझै आफन्तको भावमा भने- "किन लजाउनुपर्छ भन्या, मलाई परचक्री सम्झेकी ?"
हर्षनारान पनि लज्जाले मुन्टो निहुराएर उभिइरहेका थिए । यसपालि भने नानीथकुंले बल गरेर भनिहालिन्- "अलिकति रुपियाँ मागौं भनेर आएका हौं ।"
पूर्ण सहानुभूतिको भावमा डाक्टर गोदत्तप्रसाद तत्क्षणात् बोले- "कति रुपियाँ चाहियो नानी ?"