Page:Ek chihan.pdf/12: Difference between revisions
→Not proofread: Created page with "पाँच बजिसकेपछि साँच्चै डाक्टर गोदत्तप्रसाद सजिलैसित आफैं एकाएक आइदिँदा अष्टनारानको पीडित परिवारलाई साह्रै राम्रो सान्त्वना भयो । गोदत्तप्रसाद पनि बडो आश्वासनपूर्ण भावमा मुसु..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
पाँच बजिसकेपछि साँच्चै डाक्टर गोदत्तप्रसाद सजिलैसित आफैं एकाएक आइदिँदा अष्टनारानको पीडित परिवारलाई साह्रै राम्रो सान्त्वना भयो । गोदत्तप्रसाद पनि बडो आश्वासनपूर्ण भावमा मुसुमुसु हाँस्तै ‘अहिले कस्तो छ ?’ भन्दै बिरामीको अगाडि बसे । | पाँच बजिसकेपछि साँच्चै डाक्टर गोदत्तप्रसाद सजिलैसित आफैं | ||
एकाएक आइदिँदा अष्टनारानको पीडित परिवारलाई साह्रै राम्रो सान्त्वना | |||
भयो । गोदत्तप्रसाद पनि बडो आश्वासनपूर्ण भावमा मुसुमुसु हाँस्तै ‘अहिले | |||
कस्तो छ ?’ भन्दै बिरामीको अगाडि बसे । | |||
डाक्टरले पहिले नाडी हेरे, अनि आफैँले डिग्री रखाउन लगाए अनि क्रमैसँग छाती इत्यादि सबै जाँचे । सब जाँचिसकेपछि बिहान लेखिदिएको इन्जेक्सन आफैँले दिए । अनि एकछिन केही नबोली गम्भीर मुद्रामा बिरामीको मुख हेरिरहे- बीचबीचमा एकाध सोधनी गर्दै डाक्टर | डाक्टरले पहिले नाडी हेरे, अनि आफैँले डिग्री रखाउन लगाए अनि | ||
क्रमैसँग छाती इत्यादि सबै जाँचे । सब जाँचिसकेपछि बिहान लेखिदिएको | |||
इन्जेक्सन आफैँले दिए । अनि एकछिन केही नबोली गम्भीर मुद्रामा बिरामीको | |||
मुख हेरिरहे- बीचबीचमा एकाध सोधनी गर्दै डाक्टर गोदत्त | |||
प्रसाद बिरामीको अगाडि करिब एक घण्टा बसे होलान् । | |||
डाक्टर आउनुभन्दा अगाडि नानीथकुं आफ्ना बाबुको गोडा | डाक्टर आउनुभन्दा अगाडि नानीथकुं आफ्ना बाबुको गोडा मिचि | ||
रहेकी थिइन् । डाक्टर गोदत्तप्रसाद बिरामीको सिरानतिर बसेका हुनाले | |||
नानीथकुंको ठीक सामुन्ने पर्थे । त्यसैले नहेरे तापनि डाक्टर गोदत्तप्रसादले | |||
नानीथकुंको श्रीमुख देखिरहेका थिए, धेरै बेरपछि आफू हिँड्नुभन्दा केही छिन | |||
अगाडि डाक्टर गोदत्तप्रसादले नानीथकुंतिर हेरेर भने- "धेरै गोडा मिच्नु | |||
पनि ठीक छैन नानी !" | |||
डाक्टरले त्यति भन्नासाथ नानीथकुंले चट्ट हात थामिन् अनि ढोकातिर उभिन गइन् । एक चोटि नानीथकुंतिर पुलुक्क हेरेर डाक्टर हिँड्नलाई उठे । कोठाबाहिर पुगिसकेपछि अष्टनारानको परिवारका सारा सदस्य डाक्टरको अगाडि उभिए अनि डाक्टर गोदत्तप्रसादले बिस्तारै भने- "व्यथा अलि कडा हुँदै आएको छ, होस गर्नुहोस् है । तैपनि म जहाँसम्म सक्छु, कोसिस गर्न छाड्दिनँ र आस पनि गर्छु ।" | डाक्टरले त्यति भन्नासाथ नानीथकुंले चट्ट हात थामिन् अनि ढोकातिर | ||
उभिन गइन् । एक चोटि नानीथकुंतिर पुलुक्क हेरेर डाक्टर हिँड्नलाई उठे । | |||
कोठाबाहिर पुगिसकेपछि अष्टनारानको परिवारका सारा सदस्य डाक्टरको | |||
अगाडि उभिए अनि डाक्टर गोदत्तप्रसादले बिस्तारै भने- "व्यथा अलि कडा | |||
हुँदै आएको छ, होस गर्नुहोस् है । तैपनि म जहाँसम्म सक्छु, कोसिस गर्न | |||
छाड्दिनँ र आस पनि गर्छु ।" | |||
डाक्टर जान लागेको बेलामा शिवनारान फिस हातमा दिन अगाडि बढे । एकछिनपछि अनकनाएजस्तो गरेर डाक्टर गोदत्तप्रसादले भने- "निको नै गरूँ ।" | डाक्टर जान लागेको बेलामा शिवनारान फिस हातमा दिन अगाडि | ||
बढे । एकछिनपछि अनकनाएजस्तो गरेर डाक्टर गोदत्तप्रसादले भने- | |||
"निको नै गरूँ ।" | |||
डाक्टर गोदत्तप्रसादको यो सहानुभूति देखेर ज्यादै कृतज्ञ र आह्लादित भएर लतमायाले भनिन्- "यो एक चोटि लिइहाल्नुहोस् डाक्टरसाहेब । अनि भोलिदेखि त फिस दिने सामर्थ्य पनि छैन ।" | डाक्टर गोदत्तप्रसादको यो सहानुभूति देखेर ज्यादै कृतज्ञ र आह्लादित | ||
भएर लतमायाले भनिन्- "यो एक चोटि लिइहाल्नुहोस् डाक्टरसाहेब । | |||
अनि भोलिदेखि त फिस दिने सामर्थ्य पनि छैन ।" | |||
{{nop}} |
Revision as of 15:14, 10 April 2025
पाँच बजिसकेपछि साँच्चै डाक्टर गोदत्तप्रसाद सजिलैसित आफैं एकाएक आइदिँदा अष्टनारानको पीडित परिवारलाई साह्रै राम्रो सान्त्वना भयो । गोदत्तप्रसाद पनि बडो आश्वासनपूर्ण भावमा मुसुमुसु हाँस्तै ‘अहिले कस्तो छ ?’ भन्दै बिरामीको अगाडि बसे ।
डाक्टरले पहिले नाडी हेरे, अनि आफैँले डिग्री रखाउन लगाए अनि क्रमैसँग छाती इत्यादि सबै जाँचे । सब जाँचिसकेपछि बिहान लेखिदिएको इन्जेक्सन आफैँले दिए । अनि एकछिन केही नबोली गम्भीर मुद्रामा बिरामीको मुख हेरिरहे- बीचबीचमा एकाध सोधनी गर्दै डाक्टर गोदत्त प्रसाद बिरामीको अगाडि करिब एक घण्टा बसे होलान् ।
डाक्टर आउनुभन्दा अगाडि नानीथकुं आफ्ना बाबुको गोडा मिचि रहेकी थिइन् । डाक्टर गोदत्तप्रसाद बिरामीको सिरानतिर बसेका हुनाले नानीथकुंको ठीक सामुन्ने पर्थे । त्यसैले नहेरे तापनि डाक्टर गोदत्तप्रसादले नानीथकुंको श्रीमुख देखिरहेका थिए, धेरै बेरपछि आफू हिँड्नुभन्दा केही छिन अगाडि डाक्टर गोदत्तप्रसादले नानीथकुंतिर हेरेर भने- "धेरै गोडा मिच्नु पनि ठीक छैन नानी !"
डाक्टरले त्यति भन्नासाथ नानीथकुंले चट्ट हात थामिन् अनि ढोकातिर उभिन गइन् । एक चोटि नानीथकुंतिर पुलुक्क हेरेर डाक्टर हिँड्नलाई उठे । कोठाबाहिर पुगिसकेपछि अष्टनारानको परिवारका सारा सदस्य डाक्टरको अगाडि उभिए अनि डाक्टर गोदत्तप्रसादले बिस्तारै भने- "व्यथा अलि कडा हुँदै आएको छ, होस गर्नुहोस् है । तैपनि म जहाँसम्म सक्छु, कोसिस गर्न छाड्दिनँ र आस पनि गर्छु ।"
डाक्टर जान लागेको बेलामा शिवनारान फिस हातमा दिन अगाडि बढे । एकछिनपछि अनकनाएजस्तो गरेर डाक्टर गोदत्तप्रसादले भने- "निको नै गरूँ ।"
डाक्टर गोदत्तप्रसादको यो सहानुभूति देखेर ज्यादै कृतज्ञ र आह्लादित भएर लतमायाले भनिन्- "यो एक चोटि लिइहाल्नुहोस् डाक्टरसाहेब । अनि भोलिदेखि त फिस दिने सामर्थ्य पनि छैन ।"