Page:Munamadan.pdf/47: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
"हे मेरी दिदी ! सम्झेर आयो यो छाती चिरिन्छ, | |||
यो तातो घाउ नूनले पोल्छ झन् आँखा भरिन्छ ! | यो तातो घाउ नूनले पोल्छ, झन् आँखा भरिन्छ ! | ||
दिदी ! झन् आँखा भरिन्छ ! | ::::दिदी ! झन् आँखा भरिन्छ ! | ||
मुनाको बोली, लाग्दछ गोली ! सम्झन्छ मनले, | मुनाको बोली, लाग्दछ गोली ! सम्झन्छ मनले, | ||
क्या मीठोसँग सम्झाई भन्थिन् 'के गर्नु धनले ?' | क्या मीठोसँग सम्झाई भन्थिन् 'के गर्नु धनले ?' | ||
गलामा लाग्यो, मुटुमा घुस्यो अमृत-वचन, | गलामा लाग्यो, मुटुमा घुस्यो अमृत-वचन, | ||
'साग र सिस्नु खाएको बेस आनन्दी मनले !' | 'साग र सिस्नु खाएको बेस आनन्दी मनले !' | ||
बसालिहाल्यो दैवको घनले ! | ::::बसालिहाल्यो दैवको घनले ! | ||
ईश्वर ! तैँले रचेर फेरि कसरी बिगारिस् ? | ईश्वर ! तैँले रचेर फेरि कसरी बिगारिस् ? | ||
सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ? | सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ? | ||
त्यो फूल हरे ! मलाई दिई कसरी पछारिस् ? | त्यो फूल हरे ! मलाई दिई कसरी पछारिस् ? | ||
हे दिदी ! मैले ती मुना | हे दिदी ! मैले ती मुना देख्दा, मुनाको मुहार, | ||
ती मुना पनि मर्दछिन् भन्ने थिएन विचार ! | ती मुना पनि मर्दछिन् भन्ने थिएन विचार ! | ||
मुना ! छातीको जुहार ! | ::::मुना ! छातीको जुहार ! | ||
पृथिवीतिर नहेर मुना ! म पनि आउँछु | पृथिवीतिर नहेर मुना ! म पनि आउँछु | ||
आँखामा आँसु लिएर चिनो म भेट्न आउँछु, | आँखामा आँसु लिएर चिनो म भेट्न आउँछु, | ||
प्रेमको हीरा छुटेको तल, म लिई आउँछु । | प्रेमको हीरा छुटेको तल, म लिई आउँछु । | ||
कसरी खायो आगोले दिदी कमलको शरीर ? | कसरी खायो आगोले दिदी ! कमलको शरीर ? | ||
कसरी खायो निठुरी भई कमलको शरीर ? | कसरी खायो निठुरी भई कमलको शरीर ? | ||
म कहाँ पाऊँ ती मुनालाई छातीमा लगाऊँ ! | म कहाँ पाऊँ ती मुनालाई ? छातीमा लगाऊँ ! | ||
खरानी | खरानी तिन्को मलाई द्यौन, छातीमा लगाऊँ ! | ||
हे मेरी आमा ! हे मेरी मुना !! म यहाँ | हे मेरी आमा ! हे मेरी मुना !! म यहाँ बस्दिनँ ! | ||
म यहाँ अब | म यहाँ अब बस्दिनँ आमा ! म यहाँ बस्दिनँ, | ||
म यहाँ अब | म यहाँ अब बस्दिनँ मुना ! म यहाँ बस्दिनँ ।" | ||
"हे मेरा भाइ ! ती तिम्री मुना मरेकी छैनन् ती, | |||
ज्योतिको | ज्योतिको स्वरूप लिएर गइन् बगैँचा वसन्ती, | ||
स्वर्गका चरा गाउँछन् उनको मधुर जयन्ती ! | स्वर्गका चरा गाउँछन् उनको मधुर जयन्ती !" | ||
</poem>}} | </poem>}} | ||
{{stanza continue}} | {{stanza continue}} |
Revision as of 02:21, 16 March 2025
"हे मेरी दिदी ! सम्झेर आयो यो छाती चिरिन्छ,
यो तातो घाउ नूनले पोल्छ, झन् आँखा भरिन्छ !
दिदी ! झन् आँखा भरिन्छ !
मुनाको बोली, लाग्दछ गोली ! सम्झन्छ मनले,
क्या मीठोसँग सम्झाई भन्थिन् 'के गर्नु धनले ?'
गलामा लाग्यो, मुटुमा घुस्यो अमृत-वचन,
'साग र सिस्नु खाएको बेस आनन्दी मनले !'
बसालिहाल्यो दैवको घनले !
ईश्वर ! तैँले रचेर फेरि कसरी बिगारिस् ?
सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ?
त्यो फूल हरे ! मलाई दिई कसरी पछारिस् ?
हे दिदी ! मैले ती मुना देख्दा, मुनाको मुहार,
ती मुना पनि मर्दछिन् भन्ने थिएन विचार !
मुना ! छातीको जुहार !
पृथिवीतिर नहेर मुना ! म पनि आउँछु
आँखामा आँसु लिएर चिनो म भेट्न आउँछु,
प्रेमको हीरा छुटेको तल, म लिई आउँछु ।
कसरी खायो आगोले दिदी ! कमलको शरीर ?
कसरी खायो निठुरी भई कमलको शरीर ?
म कहाँ पाऊँ ती मुनालाई ? छातीमा लगाऊँ !
खरानी तिन्को मलाई द्यौन, छातीमा लगाऊँ !
हे मेरी आमा ! हे मेरी मुना !! म यहाँ बस्दिनँ !
म यहाँ अब बस्दिनँ आमा ! म यहाँ बस्दिनँ,
म यहाँ अब बस्दिनँ मुना ! म यहाँ बस्दिनँ ।"
"हे मेरा भाइ ! ती तिम्री मुना मरेकी छैनन् ती,
ज्योतिको स्वरूप लिएर गइन् बगैँचा वसन्ती,
स्वर्गका चरा गाउँछन् उनको मधुर जयन्ती !"