Page:Munamadan.pdf/46: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
हे मेरी प्राण ! तिमी नै थियौ नि !! | ::::हे मेरी प्राण ! तिमी नै थियौ नि !! | ||
प्राण ! छाडेर गयौ नि !!! | ::::प्राण ! छाडेर गयौ नि !!! | ||
दैवले हान्यो शिरमा मेरो निठुरी घनले, | दैवले हान्यो शिरमा मेरो निठुरी घनले, | ||
के गरी सहूँ ? के गरी रहूँ ? जीउँदो मनले ! | के गरी सहूँ ? के गरी रहूँ ? जीउँदो मनले ! | ||
सहन सीमा नाघेको मनले ! | ::::सहन सीमा नाघेको मनले ! | ||
हे मेरी दिदी ! ती मुनालाई हेर्दछु एकै छिन्, | हे मेरी दिदी ! ती मुनालाई हेर्दछु एकै छिन्, | ||
ती मुनालाई डाक न दिदी ! हेर्दछु एकै छिन् ! | ती मुनालाई डाक न दिदी ! हेर्दछु एकै छिन् ! | ||
डाक न दिदी ! हेर्दछु एकै छिन् ! | ::::डाक न दिदी ! हेर्दछु एकै छिन् ! | ||
हे मेरी मुना ! हे मेरी मुना !! | हे मेरी मुना ! हे मेरी मुना !! ओर्ह्लेर आऊ न ! | ||
हे मेरी रानी ! मुहार तिम्रो म देख्न पाऊँ न ! | हे मेरी रानी ! मुहार तिम्रो म देख्न पाऊँ न ! | ||
मुना ! | ::::मुना ! ओर्ह्लेर आऊ न ! | ||
अँध्यारो भयो ! अँध्यारो भयो !! मनको बिलौना, | अँध्यारो भयो ! अँध्यारो भयो !! मनको बिलौना, | ||
उम्लेर आई घाँटीमा अड्क्यो मनको बिलौना ! | उम्लेर आई घाँटीमा अड्क्यो मनको बिलौना ! | ||
आँसुमा खस्यो मनको बिलौना ! | ::::आँसुमा खस्यो मनको बिलौना !" | ||
"हे मेरा भाइ ! हे प्यारा भाइ !!" ती दिदी भन्दछिन्, | |||
पछ्यौराछेउ पुछेर आँसु ती दिदी भन्दछिन्, | |||
"हे मेरा भाइ ! नगर त्यसो धीरज लेऊ न ! | |||
आखिर जानु सबैले पर्छ, यो सम्झी लेऊ न ! | आखिर जानु सबैले पर्छ, यो सम्झी लेऊ न ! | ||
चार नै दिनको यो पापी चोला, यो मैलो गुमानी, | चार नै दिनको यो पापी चोला, यो मैलो गुमानी, | ||
आखिर छर्छ हावाले फेरि एक मुठी खरानी ! | आखिर छर्छ हावाले फेरि एक मुठी खरानी ! | ||
बाबू ! एक मुठी खरानी ! | ::::बाबू ! एक मुठी खरानी ! | ||
मासुको फूल वैलेर जान्छ मट्टीमा मिल्दछ, | मासुको फूल वैलेर जान्छ मट्टीमा मिल्दछ, | ||
अरू नै फूल पृथिवीपारि स्वर्गमा फुल्दछ ! | |||
::::सधैँको लागि स्वर्गमा फुल्दछ ! | |||
सहन भनी जन्मन आयौँ हे बाबू ! सहन, | सहन भनी जन्मन आयौँ हे बाबू ! सहन, | ||
दुःखमा हामी शोधिन आयौँ, दुःखमा रहन, | दुःखमा हामी शोधिन आयौँ, दुःखमा रहन, | ||
आँसुको खोला | आँसुको खोला नुहाई जान्छौँ वैकुण्ठ-भवन !" | ||
</poem>}} | </poem>}} | ||
{{stanza continue}} | {{stanza continue}} |
Revision as of 02:15, 16 March 2025
हे मेरी प्राण ! तिमी नै थियौ नि !!
प्राण ! छाडेर गयौ नि !!!
दैवले हान्यो शिरमा मेरो निठुरी घनले,
के गरी सहूँ ? के गरी रहूँ ? जीउँदो मनले !
सहन सीमा नाघेको मनले !
हे मेरी दिदी ! ती मुनालाई हेर्दछु एकै छिन्,
ती मुनालाई डाक न दिदी ! हेर्दछु एकै छिन् !
डाक न दिदी ! हेर्दछु एकै छिन् !
हे मेरी मुना ! हे मेरी मुना !! ओर्ह्लेर आऊ न !
हे मेरी रानी ! मुहार तिम्रो म देख्न पाऊँ न !
मुना ! ओर्ह्लेर आऊ न !
अँध्यारो भयो ! अँध्यारो भयो !! मनको बिलौना,
उम्लेर आई घाँटीमा अड्क्यो मनको बिलौना !
आँसुमा खस्यो मनको बिलौना !"
"हे मेरा भाइ ! हे प्यारा भाइ !!" ती दिदी भन्दछिन्,
पछ्यौराछेउ पुछेर आँसु ती दिदी भन्दछिन्,
"हे मेरा भाइ ! नगर त्यसो धीरज लेऊ न !
आखिर जानु सबैले पर्छ, यो सम्झी लेऊ न !
चार नै दिनको यो पापी चोला, यो मैलो गुमानी,
आखिर छर्छ हावाले फेरि एक मुठी खरानी !
बाबू ! एक मुठी खरानी !
मासुको फूल वैलेर जान्छ मट्टीमा मिल्दछ,
अरू नै फूल पृथिवीपारि स्वर्गमा फुल्दछ !
सधैँको लागि स्वर्गमा फुल्दछ !
सहन भनी जन्मन आयौँ हे बाबू ! सहन,
दुःखमा हामी शोधिन आयौँ, दुःखमा रहन,
आँसुको खोला नुहाई जान्छौँ वैकुण्ठ-भवन !"