Jump to content

Page:Munamadan.pdf/45: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
हे प्यारा भाइ ! ती मुनालाई यो जल चाहिन्न,
"हे प्यारा भाइ ! ती मुनालाई यो जल चाहिन्न,
ती निकी भइन् निरोगी भइन्, औषधि चाहिन्न !
ती निकी भइन् निरोगी भइन्, औषधि चाहिन्न"
हे प्यारा भाइ ! म हेर्न जान्थेँ, बाटो नै पाइन्न !'
"हे प्यारा भाइ ! म हेर्न जान्थेँ, बाटो नै पाइन्न !"
'ती निकी भए आउन्नन् किन ? यो मेरो अवस्था !'
"ती निकी भए आउन्नन् किन ? यो मेरो अवस्था !"
'खोज्दिहुन् तिनी आउनलाई ! पाउन्नन् ती रस्ता ।'
"खोज्दिहुन् तिनी आउन भाई ! पाउन्नन् ती रस्ता ।"
'गजब लाग्छ यो कुरा सुन्दा मावली कहाँ छ ?'
"गजब लाग्छ यो कुरा सुन्दा मावली कहाँ छ ?"
'बादलपारि, उज्यालो भारी मुलुक जहाँ छ !'
"बादलपारि, उज्यालो भारी मुलुक जहाँ छ !"
'हे मेरी दिदी ! हे मेरी दिदी ! मुना छिन् भन न,
"हे मेरी दिदी ! हे मेरी दिदी ! मुना छिन् ? भन न,
ती मुना मेरी पृथिवीमाथि अझ छिन् भन न !
ती मुना मेरी पृथिवीमाथि अझ छिन् ? भन न !
मुना, अझ छिन् भन न !
::::मुना, अझ छिन् ? भन न !"
'पृथिवीवारि पृथिवीपारि ती मुना अझ छिन्,
"पृथिवीवारि पृथिवीपारि ती मुना अझ छिन्,
फूलमा हाँस्छिन्, जलमा नाच्छिन्, तारामा चम्किन्छिन्
फूलमा हाँस्छिन्, जलमा नाच्छिन्, तारामा चम्कन्छिन्
कोइलीकण्ठ बोल्दछ तिन्को, आँखा छ उज्यालो,
कोइलीकण्ठ बोल्दछ तिन्को, आँखा छ उज्यालो,
शीतमा रुन्छिन्, उदास हुन्छिन् देखिन्छ तुवाँलो !'
शीतमा रुन्छिन्, उदास हुन्छिन् देखिन्छ तुवाँलो !"
'मरेकी छैनन् ती मेरी मुना ज्यूँदी छिन् भन न !
"मरेकी छैनन् ती मेरी मुना ज्यूँदी छिन् ? भन न !
मावलभित्र छिन् मेरी मुना, आउँछिन् भन न !
मावलभित्र छिन् मेरी मुना, आउँछिन् ? भन न !
मावलभित्र छिन् मेरी मुना, आउँछिन् भन न !
आशाकी जरा, मनकी चरा, मुना छिन् ? भन न !
आशाकी जरा, मनकी चरा, मुना छिन् भन न !
::::कुन दिन दिदी ! आउँछिन् ? भन न !"
कुन दिन दिदी ! आउँछिन् भन न ?'
"हे मेरा भाइ ! ती मुना छैनन् पृथिवीवारिमा,
'हे मेरा भाइ ! ती मुना छैनन् !! पृथिवीवारिमा,
दुःखको लेश नहुने देश कल्पनापारिमा !
दुःखको लेश नहुने देश कल्पनापारिमा,
टिपेर बस्छिन् सुखका फूल स्वर्गको बारीमा ।"
टिपेर बस्छिन् सुखका फूल स्वर्गको बारीमा ।'
"निठुरी दिदी ! निठुरी दिदी !! मार्‍यौ नि मलाई !!!
'निठुरी दिदी ! निठुरी दिदी !! मार्‍यौ नि मलाई !!!
आशाको फूल यतिका दिन आँखामा झुलाई,
आशाको फूल यतिका दिन आँखामा झुलाई,
कानमा मेरो विषको घुट्का घुटुक्क पिलाई,
कानमा मेरो विषको घुट्का घुटुक्क पिलाई,

Revision as of 02:10, 16 March 2025

This page has been proofread

"हे प्यारा भाइ ! ती मुनालाई यो जल चाहिन्न,
ती निकी भइन् निरोगी भइन्, औषधि चाहिन्न"
"हे प्यारा भाइ ! म हेर्न जान्थेँ, बाटो नै पाइन्न !"
"ती निकी भए आउन्नन् किन ? यो मेरो अवस्था !"
"खोज्दिहुन् तिनी आउन भाई ! पाउन्नन् ती रस्ता ।"
"गजब लाग्छ यो कुरा सुन्दा मावली कहाँ छ ?"
"बादलपारि, उज्यालो भारी मुलुक जहाँ छ !"
"हे मेरी दिदी ! हे मेरी दिदी ! मुना छिन् ? भन न,
ती मुना मेरी पृथिवीमाथि अझ छिन् ? भन न !
मुना, अझ छिन् ? भन न !"
"पृथिवीवारि पृथिवीपारि ती मुना अझ छिन्,
फूलमा हाँस्छिन्, जलमा नाच्छिन्, तारामा चम्कन्छिन् ।
कोइलीकण्ठ बोल्दछ तिन्को, आँखा छ उज्यालो,
शीतमा रुन्छिन्, उदास हुन्छिन् देखिन्छ तुवाँलो !"
"मरेकी छैनन् ती मेरी मुना ज्यूँदी छिन् ? भन न !
मावलभित्र छिन् मेरी मुना, आउँछिन् ? भन न !
आशाकी जरा, मनकी चरा, मुना छिन् ? भन न !
कुन दिन दिदी ! आउँछिन् ? भन न !"
"हे मेरा भाइ ! ती मुना छैनन् पृथिवीवारिमा,
दुःखको लेश नहुने देश कल्पनापारिमा !
टिपेर बस्छिन् सुखका फूल स्वर्गको बारीमा ।"
"निठुरी दिदी ! निठुरी दिदी !! मार्‍यौ नि मलाई !!!
आशाको फूल यतिका दिन आँखामा झुलाई,
कानमा मेरो विषको घुट्का घुटुक्क पिलाई,
हे मेरी मुना ! हे मेरी मुना !! छाडेर गयौ नि !!!
पूजाकी मन्दिर, प्राणकी जञ्जीर तिमी नै थियौ नि !