Jump to content

Page:Champa.pdf/39: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "छलछाम लुकाउन कोसिसले गरेको अप्रकृतिक स्वामीजीको सामुन्ने छाइरहेको थियो । चम्पा बिलकुल लाटीजस्तो भएर, खसक्क परेर, पतिदेवको अगाडि जमिनमा आँखा झुकाएर रहिन् । उनको मनको मुटुले समाल..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
छलछाम लुकाउन कोसिसले गरेको अप्रकृतिक स्वामीजीको सामुन्ने छाइरहेको थियो ।
छलछाम लुकाउन कोसिसले गरेको अप्रकृतिक स्वामीजीको  
सामुन्ने छाइरहेको थियो ।

चम्पा बिलकुल लाटीजस्तो भएर, खसक्क परेर, पतिदेवको अगाडि जमिनमा आँखा झुकाएर रहिन् ।
चम्पा बिलकुल लाटीजस्तो भएर, खसक्क परेर, पतिदेवको अगाडि  
जमिनमा आँखा झुकाएर रहिन् ।

उनको मनको मुटुले समालोचना गरिरहेको थियो जस्तो रोबर्ट मन्टगोमेरीको समालोचना लार्ड मेकालेले गरेका छन् तर उनी बाहिरबाट खुसुक्क परेर परिस्थितिको श्रेष्ठतालाई मान्य सम्झी उद्योगमा खडा रहेकी थिइन् । स्वामीजीले पोसाक राखे । उनको हातबाट एक, एक पोसाकका थान उनले पक्रँदै उचित ठाउँ मेचमा खुटीमा तन्दुरुस्त राखिदिइन् । तब अब आफ्नो बढ्ता काम या सेवाको आवश्यकीयता होवैन होला भनेजस्तो प्रश्नात्मक ढाँचाले द्वारको पलेँटातर्फ अधराजी पयर चालेजस्तो देखिइन् ।
उनको मनको मुटुले समालोचना गरिरहेको थियो जस्तो  
रोबर्ट मन्टगोमेरीको समालोचना लार्ड मेकालेले गरेका छन्  
तर उनी बाहिरबाट खुसुक्क परेर परिस्थितिको श्रेष्ठतालाई मान्य सम्झी  
उद्योगमा खडा रहेकी थिइन् । स्वामीजीले पोसाक राखे । उनको  
हातबाट एक, एक पोसाकका थान उनले पक्रँदै उचित ठाउँ मेचमा  
खुटीमा तन्दुरुस्त राखिदिइन् । तब अब आफ्नो बढ्ता काम या सेवाको  
आवश्यकीयता होवैन होला भनेजस्तो प्रश्नात्मक ढाँचाले द्वारको  
पलेँटातर्फ अधराजी पयर चालेजस्तो देखिइन् ।

जान लागेको देखेर रामकान्तले भने, "चम्पा ! किन ? कहाँ जान लाग्या ? बस न एकछिन । मसँग रिसाएर को कि ? किन ? आज केही पनि नबोलेकी ।"
जान लागेको देखेर रामकान्तले भने, "चम्पा ! किन ? कहाँ  
जान लाग्या ? बस न एकछिन । मसँग रिसाएर को कि ? किन ? आज केही  
पनि नबोलेकी ।"

चम्पाले फर्केर मसिनो स्वरले भनिन्- "नबोल्दा त यस्तो छ अर्कालाई । म जाउँ क्यार !"
चम्पाले फर्केर मसिनो स्वरले भनिन्- "नबोल्दा त यस्तो छ  
अर्कालाई । म जाउँ क्यार !"

रामकान्तले आफ्नो पत्नीको सौन्दर्य र शीलको मनमन प्रशस्त कदर गरिरहेका थिए । चम्पा यस्तो निर्दोष, यति सुन्दरी, यति बेकसुर बाला छिन् । के यिनी कोहीभन्दा कम छिन् त ? ठकुरीकी छोरी भन्नु मात्र हो । मेरो आदर्श च्यान्टा भए पनि यिनी कमसे कम उच्च सौन्दर्य विशेषज्ञको आदर्श मूर्ति छन् । मेरो आर्दशमा मेरै च्यान्टावनाको प्रभाव अड्ढित छ । यो उनको भूल होइन । तर टी.बी. ………. हा ! पाहुना टी.बी. …….. तँ मेरो सर्वस्व खान आएर कर-बल आतिथ्यको उपदेश दिइरहिछस् । अब त मैले तेरोउपर विजय प्राप्त गरेँ । तँ मलाई अब मार्न सक्तैनस् ।
रामकान्तले आफ्नो पत्नीको सौन्दर्य र शीलको मनमन प्रशस्त  
कदर गरिरहेका थिए । चम्पा यस्तो निर्दोष, यति सुन्दरी, यति बेकसुर बाला छिन् ।  
त ? ठकुरीकी छोरी भन्नु मात्र हो । मेरो आदर्श च्यान्टा भए पनि यिनी  
कमसे कम उच्च सौन्दर्य विशेषज्ञको आदर्श मूर्ति छन् । मेरो आर्दशमा  
मेरै च्यान्टावनाको प्रभाव अड्ढित छ । यो उनको भूल होइन । तर  
टी.बी. ………. हा ! पाहुना टी.बी. …….. तँ मेरो सर्वस्व खान आएर कर-बल  
आतिथ्यको उपदेश दिइरहिछस् । अब त मैले तेरोउपर विजय  
प्राप्त गरेँ । तँ मलाई अब मार्न सक्तैनस् ।

उनको तरङ्गका मूक क्षणमा चम्पादेवीले खुब तिखो नजर लगाइन् । उनले अपलक अभ्यस्त आँखाले पुरुषको चेहरा जाँचेर मुखरेखाको अन्तर्भाव खुब पढ्न खोजिन् । उनले सम्झिन्- यी पुरुष चिन्तनशील छन् आज- सायद आफ्नो बिरामीको विषयमा । सायद उनलाई आमा चिढ्याउन देखि डर लागिरहेछ । सायद उनी मलाई यहाँ राखेर
उनको तरङ्गका मूक क्षणमा चम्पादेवीले खुब तिखो नजर  
लगाइन् । उनले अपलक अभ्यस्त आँखाले पुरुषको चेहरा जाँचेर  
मुखरेखाको अन्तर्भाव खुब पढ्न खोजिन् । उनले सम्झिन्- यी  
पुरुष चिन्तनशील छन् आज- सायद आफ्नो बिरामीको विषयमा । सायद उनलाई  
आमा चिढ्याउन देखि डर लागिरहेछ । सायद उनी मलाई यहाँ राखेर

Revision as of 23:20, 8 March 2025

This page has not been proofread

छलछाम लुकाउन कोसिसले गरेको अप्रकृतिक स्वामीजीको सामुन्ने छाइरहेको थियो ।

चम्पा बिलकुल लाटीजस्तो भएर, खसक्क परेर, पतिदेवको अगाडि जमिनमा आँखा झुकाएर रहिन् ।

उनको मनको मुटुले समालोचना गरिरहेको थियो जस्तो रोबर्ट मन्टगोमेरीको समालोचना लार्ड मेकालेले गरेका छन् तर उनी बाहिरबाट खुसुक्क परेर परिस्थितिको श्रेष्ठतालाई मान्य सम्झी उद्योगमा खडा रहेकी थिइन् । स्वामीजीले पोसाक राखे । उनको हातबाट एक, एक पोसाकका थान उनले पक्रँदै उचित ठाउँ मेचमा खुटीमा तन्दुरुस्त राखिदिइन् । तब अब आफ्नो बढ्ता काम या सेवाको आवश्यकीयता होवैन होला भनेजस्तो प्रश्नात्मक ढाँचाले द्वारको पलेँटातर्फ अधराजी पयर चालेजस्तो देखिइन् ।

जान लागेको देखेर रामकान्तले भने, "चम्पा ! किन ? कहाँ जान लाग्या ? बस न एकछिन । मसँग रिसाएर को कि ? किन ? आज केही पनि नबोलेकी ।"

चम्पाले फर्केर मसिनो स्वरले भनिन्- "नबोल्दा त यस्तो छ अर्कालाई । म जाउँ क्यार !"

रामकान्तले आफ्नो पत्नीको सौन्दर्य र शीलको मनमन प्रशस्त कदर गरिरहेका थिए । चम्पा यस्तो निर्दोष, यति सुन्दरी, यति बेकसुर बाला छिन् । त ? ठकुरीकी छोरी भन्नु मात्र हो । मेरो आदर्श च्यान्टा भए पनि यिनी कमसे कम उच्च सौन्दर्य विशेषज्ञको आदर्श मूर्ति छन् । मेरो आर्दशमा मेरै च्यान्टावनाको प्रभाव अड्ढित छ । यो उनको भूल होइन । तर टी.बी. ………. हा ! पाहुना टी.बी. …….. तँ मेरो सर्वस्व खान आएर कर-बल आतिथ्यको उपदेश दिइरहिछस् । अब त मैले तेरोउपर विजय प्राप्त गरेँ । तँ मलाई अब मार्न सक्तैनस् ।