Page:Sunko bihani.pdf/21: Difference between revisions
→Not proofread: Created page with "{{center block| <poem> ::आँखासाँखा सकल बिगारे अक्षरहरूले काला सार । ::चक्का काँच लगाई दोटा जिनतिन देख्छन् ती संसार ॥ ::ज्यादै घाम परीकन मुखमा ट्यूशन गर्दा तीन हजार । ::काला हाम्रा मास्टरजी छन् तर सुइ..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 9: | Line 9: | ||
बोझा झुक्छ किताबहरूको विचारहरूका लिन्छन् याल ॥ | बोझा झुक्छ किताबहरूको विचारहरूका लिन्छन् याल ॥ | ||
लाग्छ शनैश्चर मंगल धेरै बन्छन् भृकुटी भीम कराल । | लाग्छ शनैश्चर मंगल धेरै बन्छन् भृकुटी भीम कराल । | ||
पाठ नघोक्ने | पाठ नघोक्ने लडकाहरुका कान र गालाहरूका काल ॥ | ||
सारङ्गी झैं पेट छ खोक्रो ताजुबको यो कस्तो बात । | सारङ्गी झैं पेट छ खोक्रो ताजुबको यो कस्तो बात । | ||
त्यसमा टम्म छ पुस्तकहरूको | त्यसमा टम्म छ पुस्तकहरूको ठेलंठेली डाँडा खात ॥ | ||
त्यत्रो सानो शिरमा बस्ने भारी भारी कत्रा बात । | त्यत्रो सानो शिरमा बस्ने भारी भारी कत्रा बात । | ||
त्यत्रो सानो मुखको भित्र | त्यत्रो सानो मुखको भित्र लबजहरूछन् तेतिस हात ॥ | ||
::छैन नजानेको केही नै कण्ठ छ पृथिवी सब भूगोल । | ::छैन नजानेको केही नै कण्ठ छ पृथिवी सब भूगोल । |
Revision as of 00:22, 8 March 2025
आँखासाँखा सकल बिगारे अक्षरहरूले काला सार ।
चक्का काँच लगाई दोटा जिनतिन देख्छन् ती संसार ॥
ज्यादै घाम परीकन मुखमा ट्यूशन गर्दा तीन हजार ।
काला हाम्रा मास्टरजी छन् तर सुइँखुट्टे सारसंसार ॥
पतलो जिभ्रो टपटप गर्दछ लालमुसा झैं छरितो चाल ।
बोझा झुक्छ किताबहरूको विचारहरूका लिन्छन् याल ॥
लाग्छ शनैश्चर मंगल धेरै बन्छन् भृकुटी भीम कराल ।
पाठ नघोक्ने लडकाहरुका कान र गालाहरूका काल ॥
सारङ्गी झैं पेट छ खोक्रो ताजुबको यो कस्तो बात ।
त्यसमा टम्म छ पुस्तकहरूको ठेलंठेली डाँडा खात ॥
त्यत्रो सानो शिरमा बस्ने भारी भारी कत्रा बात ।
त्यत्रो सानो मुखको भित्र लबजहरूछन् तेतिस हात ॥
छैन नजानेको केही नै कण्ठ छ पृथिवी सब भूगोल ।
सक्छन् सहज बताउन कण्ठै शहर र पेरिस, लंडन टोल ॥
संस्कृत सोधे मात्र उ भन्छन् 'भो भो झर्को लाग्छ नबोल ।'
पढाउँदा तर उनले किन हो चक्कर बन्दछ खप्पर गोल ॥