Page:Sunko bihani.pdf/12: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{center block| <poem> पैसा सिकाउँछ सबै जनमा चलाखी पैसा बनाउँछ, गराउँछ दोष माफी । ::पैसा भए छुटिगए दुखदाग साफी ::देखिन्न हेर दुनियाँभरमा खराबी ॥ यो पापको तर छ बीउ अनेक काला चल्छन् छुरी र तरवार अनेक..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 7: | Line 7: | ||
यो पापको तर छ बीउ अनेक काला | यो पापको तर छ बीउ अनेक काला | ||
चल्छन् छुरी र तरवार अनेक भाला । | चल्छन् छुरी र तरवार अनेक भाला । | ||
:: | ::चिन्ता बढाउँछ यही मनभित्र ज्वाला | ||
::यो दु:खको घर छ घोर खराब छाला ॥ | ::यो दु:खको घर छ घोर खराब छाला ॥ | ||
हुन्छन यसैक भजी सब काटमार | हुन्छन यसैक भजी सब काटमार | ||
Line 18: | Line 18: | ||
::गर्नू सकेभर भलाइ नठान्नु साना ॥ | ::गर्नू सकेभर भलाइ नठान्नु साना ॥ | ||
यो हातको हक भनीकन धर्म निंति | यो हातको हक भनीकन धर्म निंति | ||
गर्नु | गर्नु सधैं असल बाबु छ यत्ति विन्ति ॥ | ||
</poem>}} | </poem>}} |
Revision as of 00:04, 8 March 2025
This page has been proofread
पैसा सिकाउँछ सबै जनमा चलाखी
पैसा बनाउँछ, गराउँछ दोष माफी ।
पैसा भए छुटिगए दुखदाग साफी
देखिन्न हेर दुनियाँभरमा खराबी ॥
यो पापको तर छ बीउ अनेक काला
चल्छन् छुरी र तरवार अनेक भाला ।
चिन्ता बढाउँछ यही मनभित्र ज्वाला
यो दु:खको घर छ घोर खराब छाला ॥
हुन्छन यसैक भजी सब काटमार
हुन्छन् नजीक यसका सब धर्मसार ।
राम्रा कुरातिर लगाउनु हुन्छ स्वर्ग
गर्दा खराब तर लाग्छ अनेकतर्फ ॥
पैसा सँगाल तर खूब स्वभाव जान
लागू नहोस् तर बनोस् सुखको मुहान ।
पैसा हुँदा पुछिदिनु दुख आँसुदाना
गर्नू सकेभर भलाइ नठान्नु साना ॥
यो हातको हक भनीकन धर्म निंति
गर्नु सधैं असल बाबु छ यत्ति विन्ति ॥