Page:Munamadan.pdf/6: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 22: | Line 22: | ||
एक डाली गुँथी, गलामा फाली, | एक डाली गुँथी, गलामा फाली, | ||
जोड्दछु हात हे भाइ-बहिनी ! बास्नामा रसाए, | जोड्दछु हात हे भाइ-बहिनी ! बास्नामा रसाए, | ||
::::दिलमा खुशाए | ::::::दिलमा खुशाए | ||
स्वप्नाका धन नबाँडीकन हुँदैन खुशी मन | स्वप्नाका धन नबाँडीकन हुँदैन खुशी मन | ||
आनन्द मेरो लखगुना होला सकारे समर्पण ! | आनन्द मेरो लखगुना होला सकारे समर्पण ! | ||
</poem>}} | </poem>}} |
Revision as of 17:43, 7 March 2025
हे मेरा भाइ ! हे मेरा बहिनी ! पहाड शहरमा,
यो यौटा मेरो भक्तिको माला चढाएँ चरणमा ।
अरु ता मैले के गर्न सक्थेँ ! अपढ-अज्ञानी,
आँसुले भिजेको यो फूल गाँसेँ नजानी नजानी ।
घाम र छाया-बीचमा फुल्यो मनको फूलबारी,
सपनाभित्र फुलेको ल्याएँ बिपना ओसारी ।
यिनको वास बिर्साइदिन्छ वरको परको,
आँसु र हाँसो मिसाइदिन्छ सबका घरको ।
जो मैले गुँथेँ पहिर भाइ ! पहिर बहिनी !
प्रेमका गलामा नवैलिजाओस् भक्त हुँ म पनि ।
नेपाली माटो स्वर्गको किरण भरेर झन्क्यो मूल,
नेपाली वास्ना भएर निस्के अत्तर देशी फूल,
एकान्त वनमा फूलपरी रङ्गमा पस्सिए फुर्फुरी,
एक लहर टिपी चढाएँ, नाचून् छातीमा हरघरी ।
नदेख्ने वन कविको मन रङ्गले छर्किन्छ,
आँसुको जाल डालीमा हाली विन्दुले रसाए,
जीवनको छायादेशमा एउटा फूलबारी हुर्कन्छ,
कल्पने माली, अम्लान कुसुम,
एक डाली गुँथी, गलामा फाली,
जोड्दछु हात हे भाइ-बहिनी ! बास्नामा रसाए,
दिलमा खुशाए
स्वप्नाका धन नबाँडीकन हुँदैन खुशी मन
आनन्द मेरो लखगुना होला सकारे समर्पण !