Page:Munamadan.pdf/46: Difference between revisions
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
हे मेरी प्राण ! तिमी नै थियौ नि !! | |||
प्राण ! छाडेर गयौ नि !!! | |||
दैवले हान्यो शिरमा मेरो निठुरी घनले, | |||
के गरी सहूँ ? के गरी रहूँ ? जीउँदो मनले ! | |||
सहन सीमा नाघेको मनले ! | |||
हे मेरी दिदी ! ती मुनालाई हेर्दछु एकै छिन्, | |||
ती मुनालाई डाक न दिदी ! हेर्दछु एकै छिन् ! | |||
डाक न दिदी ! हेर्दछु एकै छिन् ! | |||
हे मेरी मुना ! हे मेरी मुना !! ओह्र्लेर आऊ न ! | |||
हे मेरी रानी ! मुहार तिम्रो म देख्न पाऊँ न ! | |||
मुना ! ओह्र्लेर आऊ न ! | |||
अँध्यारो भयो ! अँध्यारो भयो !! मनको बिलौना, | |||
उम्लेर आई घाँटीमा अड्क्यो मनको बिलौना ! | |||
आँसुमा खस्यो मनको बिलौना !' | |||
'हे मेरा भाइ ! हे प्यारा भाइ !!' ती दिदी भन्दछिन्, | |||
पछयौराछेउ पुछेर आँसु ती दिदी भन्दछिन्, | |||
'हे मेरा भाइ ! नगर त्यसो धीरज लेऊ न ! | |||
आखिर जानु सबैले पर्छ, यो सम्झी लेऊ न ! | |||
चार नै दिनको यो पापी चोला, यो मैलो गुमानी, | |||
आखिर छर्छ हावाले फेरि एक मुठी खरानी ! | |||
बाबू ! एक मुठी खरानी ! | |||
मासुको फूल वैलेर जान्छ मट्टीमा मिल्दछ, | |||
अरु नै फूल पृथिवीपारि स्वर्गमा फुल्दछ ! | |||
सर्धैँको लागि स्वर्गमा फुल्दछ ! | |||
सहन भनी जन्मन आयौँ हे बाबू ! सहन, | |||
दुःखमा हामी शोधिन आयौँ, दुःखमा रहन, | |||
आँसुको खोला न्हाई जान्छौँ वैकुण्ठ-भवन !' | |||
</poem>}} | |||
{{stanza continue}} |
Revision as of 17:05, 7 March 2025
हे मेरी प्राण ! तिमी नै थियौ नि !!
प्राण ! छाडेर गयौ नि !!!
दैवले हान्यो शिरमा मेरो निठुरी घनले,
के गरी सहूँ ? के गरी रहूँ ? जीउँदो मनले !
सहन सीमा नाघेको मनले !
हे मेरी दिदी ! ती मुनालाई हेर्दछु एकै छिन्,
ती मुनालाई डाक न दिदी ! हेर्दछु एकै छिन् !
डाक न दिदी ! हेर्दछु एकै छिन् !
हे मेरी मुना ! हे मेरी मुना !! ओह्र्लेर आऊ न !
हे मेरी रानी ! मुहार तिम्रो म देख्न पाऊँ न !
मुना ! ओह्र्लेर आऊ न !
अँध्यारो भयो ! अँध्यारो भयो !! मनको बिलौना,
उम्लेर आई घाँटीमा अड्क्यो मनको बिलौना !
आँसुमा खस्यो मनको बिलौना !'
'हे मेरा भाइ ! हे प्यारा भाइ !!' ती दिदी भन्दछिन्,
पछयौराछेउ पुछेर आँसु ती दिदी भन्दछिन्,
'हे मेरा भाइ ! नगर त्यसो धीरज लेऊ न !
आखिर जानु सबैले पर्छ, यो सम्झी लेऊ न !
चार नै दिनको यो पापी चोला, यो मैलो गुमानी,
आखिर छर्छ हावाले फेरि एक मुठी खरानी !
बाबू ! एक मुठी खरानी !
मासुको फूल वैलेर जान्छ मट्टीमा मिल्दछ,
अरु नै फूल पृथिवीपारि स्वर्गमा फुल्दछ !
सर्धैँको लागि स्वर्गमा फुल्दछ !
सहन भनी जन्मन आयौँ हे बाबू ! सहन,
दुःखमा हामी शोधिन आयौँ, दुःखमा रहन,
आँसुको खोला न्हाई जान्छौँ वैकुण्ठ-भवन !'