Page:Munamadan.pdf/36: Difference between revisions
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
पहाड त्यस्तो ! जङ्गल त्यस्तो पथरा पर्यौ कि ? | |||
मलाई सम्झी दुःखमा नजर आँसुले भर्यौ कि ? | |||
प्यारा ! आँसुले भर्यौ कि ? | |||
कपाल दुख्ता म आँसु पुछ्थेँ बिरामी भयौ कि ? | |||
सुसार कसले गरेको होला ? अकेला थियौ कि ? | |||
प्यारा ! अकेला थियौ कि ? | |||
हावाले लगे मनको चिठी, मन रुने थिएन ! | |||
तिमी छौ पर, म रुन्छ् घर, बिन्ती नै पुगेन, | |||
प्यारा ! रोएको पुगेन ! | |||
हे पशुपति ! हे गुह्येश्वरी ! प्याराको गाथमा, | |||
नबसोस् ध्रूलो, नबिझोस् काँढा, मङ्गल होस् साथमा !' | |||
मुनाले जोडिन् माथमा हात, हातमा लाग्यो जून, | |||
भरिई आयो, भरिई आयो आँसुले नयन झन् ! | |||
{{pcn|'''•'''}} | |||
राता र नीला पहेँला फूल वनमा फुल्दछन्, | |||
छिर्बिरे फूल, सुनौला फूल हावामा झुल्दछन् । | |||
दक्षिणतिर किनारातिर फड्केको बादल, | |||
भोटेको घर मदनअघि नेपाल झलझल, | |||
नेपालभित्र उज्यालो डाकी कुखुरा बासेको, | |||
हिमालचूली बिहान खुली उत्तर हाँसेको ! | |||
पहाडहरुको नीरको माला नेपाल शहरको, | |||
लुर्कन जस्ता रुखका लहर शिखर किनारको, | |||
बादलवारि गुलाफ फुल्ने पूर्वको डाँडामा, | |||
उज्यालो पाटा छायाका टाटा, पहाड टाढामा, | |||
दूधका झर्ना झरेका सेता सतह गाढामा । | |||
</poem>}} | |||
{{stanza continue}} |
Revision as of 16:57, 7 March 2025
पहाड त्यस्तो ! जङ्गल त्यस्तो पथरा पर्यौ कि ?
मलाई सम्झी दुःखमा नजर आँसुले भर्यौ कि ?
प्यारा ! आँसुले भर्यौ कि ?
कपाल दुख्ता म आँसु पुछ्थेँ बिरामी भयौ कि ?
सुसार कसले गरेको होला ? अकेला थियौ कि ?
प्यारा ! अकेला थियौ कि ?
हावाले लगे मनको चिठी, मन रुने थिएन !
तिमी छौ पर, म रुन्छ् घर, बिन्ती नै पुगेन,
प्यारा ! रोएको पुगेन !
हे पशुपति ! हे गुह्येश्वरी ! प्याराको गाथमा,
नबसोस् ध्रूलो, नबिझोस् काँढा, मङ्गल होस् साथमा !'
मुनाले जोडिन् माथमा हात, हातमा लाग्यो जून,
भरिई आयो, भरिई आयो आँसुले नयन झन् !
•
राता र नीला पहेँला फूल वनमा फुल्दछन्,
छिर्बिरे फूल, सुनौला फूल हावामा झुल्दछन् ।
दक्षिणतिर किनारातिर फड्केको बादल,
भोटेको घर मदनअघि नेपाल झलझल,
नेपालभित्र उज्यालो डाकी कुखुरा बासेको,
हिमालचूली बिहान खुली उत्तर हाँसेको !
पहाडहरुको नीरको माला नेपाल शहरको,
लुर्कन जस्ता रुखका लहर शिखर किनारको,
बादलवारि गुलाफ फुल्ने पूर्वको डाँडामा,
उज्यालो पाटा छायाका टाटा, पहाड टाढामा,
दूधका झर्ना झरेका सेता सतह गाढामा ।