Page:Munamadan.pdf/31: Difference between revisions
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
<ref group="✱" follow="p20">रहस्यमय अदृश्यसँग बसेको रमाई, | |||
उदारताले हृदयद्वार जीवनलाई झिाई, | |||
रोग र व्याधि निखार्न सक्ने मन्त्र र बूटीले, | |||
मदन तङ्ग्री मोटाए पोसी त्यसका कुटीले, | |||
हिउँले ब्रह्मा बनाइदिन्थे उसका कुमारी, | |||
गालामा उषालालीले रङ्ग दिव्यले मुसारी, | |||
वनकी देवी जस्ती थी छोरी बृद्धको पालाकी | |||
उसको नाम थियो है लावा कोमल चालकी | |||
कुमार उसको तेजिलो थियो फुचाको नामको | |||
बर्षमा बार्ह गजबकौ तर जेहेन र कामको, | |||
पशु र पन्छी सबेको बोली मुठीले निकाली | |||
भाले र पोथी लागाउथ्यो बोल्न विचित्र कला ली, | |||
महीना बित्यो मदनको त्यहाँ प्रकृतिबचिमा | |||
अचम्म मानी आनन्दमाथि हिमालनगीचमा | |||
बाँसुरी मधुर बजाउँथ्यो फुचा रोएर सुन्थे ती, | |||
सुरिलो गीत गाउँथी लावा बरबर बन्थे ती, | |||
कलुषशून्य तिनको जीवन सत्युग समान | |||
देखेर त्यहीँ बसूँ झैँ लाग्यो सधैँ नै नजान | |||
तैपनि मेघ दक्षिणको आयो नाघेर हिमाल | |||
जलको कुइरो पातलो बनी, | |||
'कोही छ रोइरहेको' भनी, | |||
सम्झना दिँदै अबोल बोलमा मसिनो जञ्जाल, | |||
पन्छीको उठान मनले टिप्यो धराको घेरापार | |||
घर जाने इच्छा दिलसँग बढ्यो फुटेन मुखको पार | |||
वैशाख लाग्यो पल्लवमा पन्ना, फूलमा इन्द्राणी | |||
चरामा कलकल, साँझमा लाली, | |||
ढुकुरमा कुकुर, डाँफेमा फुरफुर, क्वैलीमा सुवाणी, | |||
नालामा छलफल, हिमालमा झलझल, हाँगामा फुर्फुर, | |||
मुजूरमा ढाँचा, हरिणमा कन्याइ, मिर्गमा छुर्छुर, | |||
</ref> | |||
</poem>}} | |||
<noinclude> | |||
{{center block| | |||
<small> | |||
<references group="✱"/> | |||
</small> | |||
}} | |||
</noinclude> |
Revision as of 16:44, 7 March 2025
रहस्यमय अदृश्यसँग बसेको रमाई,
उदारताले हृदयद्वार जीवनलाई झिाई,
रोग र व्याधि निखार्न सक्ने मन्त्र र बूटीले,
मदन तङ्ग्री मोटाए पोसी त्यसका कुटीले,
हिउँले ब्रह्मा बनाइदिन्थे उसका कुमारी,
गालामा उषालालीले रङ्ग दिव्यले मुसारी,
वनकी देवी जस्ती थी छोरी बृद्धको पालाकी
उसको नाम थियो है लावा कोमल चालकी
कुमार उसको तेजिलो थियो फुचाको नामको
बर्षमा बार्ह गजबकौ तर जेहेन र कामको,
पशु र पन्छी सबेको बोली मुठीले निकाली
भाले र पोथी लागाउथ्यो बोल्न विचित्र कला ली,
महीना बित्यो मदनको त्यहाँ प्रकृतिबचिमा
अचम्म मानी आनन्दमाथि हिमालनगीचमा
बाँसुरी मधुर बजाउँथ्यो फुचा रोएर सुन्थे ती,
सुरिलो गीत गाउँथी लावा बरबर बन्थे ती,
कलुषशून्य तिनको जीवन सत्युग समान
देखेर त्यहीँ बसूँ झैँ लाग्यो सधैँ नै नजान
तैपनि मेघ दक्षिणको आयो नाघेर हिमाल
जलको कुइरो पातलो बनी,
'कोही छ रोइरहेको' भनी,
सम्झना दिँदै अबोल बोलमा मसिनो जञ्जाल,
पन्छीको उठान मनले टिप्यो धराको घेरापार
घर जाने इच्छा दिलसँग बढ्यो फुटेन मुखको पार
वैशाख लाग्यो पल्लवमा पन्ना, फूलमा इन्द्राणी
चरामा कलकल, साँझमा लाली,
ढुकुरमा कुकुर, डाँफेमा फुरफुर, क्वैलीमा सुवाणी,
नालामा छलफल, हिमालमा झलझल, हाँगामा फुर्फुर,
मुजूरमा ढाँचा, हरिणमा कन्याइ, मिर्गमा छुर्छुर,