Page:Munamadan.pdf/24: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
नभएदेखि सङ्घारवारि हे नैनी ! नआऊ !'<ref group="✦" name="p15">✦'बिराएँ हजूर, माफ रहोस् कसूर' नैजीले जोडी हात, | |||
भुङ्ग्राले जल्यो उसको गाला | |||
मानव-आत्मा पतनमा पनि | |||
निदाइरहन्न लौ हेर ! चाला | |||
अन्तरले उसको के भोग्यो होला शरमको बज्रपात । | |||
त्यो दिनपछि त्यो लागी भन्छन् कृष्णको भजनमा | |||
सुतनेलाई त्यस्तै जगाउने शक्ति सतको वचनमा, | |||
भाइ ! सतीको वचनमा ! | |||
</ref> | |||
सिङ्डोङ्कारमाथि पहाडी चुच्चो आगो झैँ बल्दछ, | |||
त्यो ताशीलिङ्गा फूलको बारी हावामा झुल्दछ । | |||
तलाउ लुक्याङ् चम्कन्छ तल, आकाशतर्फको, | |||
सुनले छाएको गुलाबी घर फोडाङमार्पोको | |||
चुङसुक्याङ् भन्ने सडक राम्रो, चूजिक्याङ् बगैँचा, | |||
अस्कानी पुल यूतोक स्याँपा घाँसका गलैँचा, | |||
फूलबुट्टे चउर घाँसका बगैँचा । | |||
चम्किलो सुनको रङ्गिलो देश नौलो र उज्यालो, | |||
कस्तूरी-वास, सुनको रास, बाटो त उकालो, | |||
आएर बसी के जानु चाँडै नबुझी नौलो चाल, | |||
मित्यारी लाई मदन बसे घरको बिर्सी हाल । | |||
छ मैना गयो, सात मैना गयो मन भो झसङ्ग | |||
ती मुना प्यारी, आमा बेचारी मन भो झसङ्ग | |||
मनमा आए लहर नाघी जङ्घार तर्यो पार, | |||
मनले उनको पखेटा हाल्यो उडेर गयो घर । | |||
</poem>}} | </poem>}} | ||
<noinclude> | <noinclude> | ||
{{center block| | {{center block| | ||
{{rule}} | {{rule}} | ||
<small> | <small> | ||
<references group=""/> | <references group="✦"/> | ||
</small> | </small> | ||
}} | }} | ||
</noinclude> | </noinclude> |
Revision as of 15:56, 7 March 2025
This page has not been proofread
नभएदेखि सङ्घारवारि हे नैनी ! नआऊ !'[✦ 1]
सिङ्डोङ्कारमाथि पहाडी चुच्चो आगो झैँ बल्दछ,
त्यो ताशीलिङ्गा फूलको बारी हावामा झुल्दछ ।
तलाउ लुक्याङ् चम्कन्छ तल, आकाशतर्फको,
सुनले छाएको गुलाबी घर फोडाङमार्पोको
चुङसुक्याङ् भन्ने सडक राम्रो, चूजिक्याङ् बगैँचा,
अस्कानी पुल यूतोक स्याँपा घाँसका गलैँचा,
फूलबुट्टे चउर घाँसका बगैँचा ।
चम्किलो सुनको रङ्गिलो देश नौलो र उज्यालो,
कस्तूरी-वास, सुनको रास, बाटो त उकालो,
आएर बसी के जानु चाँडै नबुझी नौलो चाल,
मित्यारी लाई मदन बसे घरको बिर्सी हाल ।
छ मैना गयो, सात मैना गयो मन भो झसङ्ग
ती मुना प्यारी, आमा बेचारी मन भो झसङ्ग
मनमा आए लहर नाघी जङ्घार तर्यो पार,
मनले उनको पखेटा हाल्यो उडेर गयो घर ।
- ↑ ✦'बिराएँ हजूर, माफ रहोस् कसूर' नैजीले जोडी हात,
भुङ्ग्राले जल्यो उसको गाला
मानव-आत्मा पतनमा पनि
निदाइरहन्न लौ हेर ! चाला
अन्तरले उसको के भोग्यो होला शरमको बज्रपात ।
त्यो दिनपछि त्यो लागी भन्छन् कृष्णको भजनमा
सुतनेलाई त्यस्तै जगाउने शक्ति सतको वचनमा,
भाइ ! सतीको वचनमा !