Page:Laxmi nibandhasangraha.pdf/65: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
अविरल झरझरको सङ्गीतद्वारा भवनादोष सुधार हुन सक्तछ, किनकि सङ्घर्षविकृत मानवहृदयहरूका प्राथमिक सुर मिलाउने प्रभावहरू त्यहाँ पाइन्छन् । यी पातहरू सब हरिया भाव बन्दै छन्, यी सरसर हृदयमा | अविरल झरझरको सङ्गीतद्वारा भवनादोष सुधार हुन सक्तछ, किनकि | ||
सङ्घर्षविकृत मानवहृदयहरूका प्राथमिक सुर मिलाउने प्रभावहरू त्यहाँ | |||
पाइन्छन् । यी पातहरू सब हरिया भाव बन्दै छन्, यी सरसर हृदयमा | |||
दगुर्दैछन् । | |||
तब म ‘विशाल’ किन नलेखूँ ? ‘विशाल’ को भावना हिमालयको श्वासमा थियो, पहाडहरूको निलो रङ्गमा प्रकृतिको प्रचुर उदारतामा अनेक नन्दनहरूको चिरबिरमा प्रेमको भूमि, आत्माले रोजेका आनन्द र अन्वेषणको आफ्नो विश्व, जहाँ म पशुभावको मनुष्यबाट पूरा मनुष्य भएर विकसित भइरहेछु जसलाई शैशव सम्पूर्ण अनन्त सम्झन्थ्यो, म यसको मार्मिक अंश बनेर ब्युँझेको थिएँ, यसको तातो-रातो गुलाबी कलिलो चैतन्य । जब पहाडको पिपलको गानादार बोटमनि म बसुँ, तब मलाई विशालको चैतन्य स्फुरण हुन्छ, जब म वनकालीमा गएर एकछिनसम्म मौन आनन्दमा टोह्लाउँछु, तब म साथीलाई भन्दछु, ‘आहा ! क्या विशाल भावना मलाई फुरेर आयो, जता हेर्यो विशालभन्दा ज्यादा टड्कारो नेपालमा केही पनि छैन ।’ | तब म ‘विशाल’ किन नलेखूँ ? ‘विशाल’ को भावना हिमालयको | ||
श्वासमा थियो, पहाडहरूको निलो रङ्गमा प्रकृतिको प्रचुर उदारतामा | |||
अनेक नन्दनहरूको चिरबिरमा प्रेमको भूमि, आत्माले रोजेका आनन्द र | |||
अन्वेषणको आफ्नो विश्व, जहाँ म पशुभावको मनुष्यबाट पूरा मनुष्य | |||
भएर विकसित भइरहेछु जसलाई शैशव सम्पूर्ण अनन्त सम्झन्थ्यो, म | |||
यसको मार्मिक अंश बनेर ब्युँझेको थिएँ, यसको तातो-रातो गुलाबी | |||
कलिलो चैतन्य । जब पहाडको पिपलको गानादार बोटमनि म बसुँ, तब | |||
मलाई विशालको चैतन्य स्फुरण हुन्छ, जब म वनकालीमा गएर | |||
एकछिनसम्म मौन आनन्दमा टोह्लाउँछु, तब म साथीलाई भन्दछु, | |||
‘आहा ! क्या विशाल भावना मलाई फुरेर आयो, जता हेर्यो विशालभन्दा | |||
ज्यादा टड्कारो नेपालमा केही पनि छैन ।’ | |||
जति भए पनि आफ्नो मातृभूमि जस्तो ठुलो चिज दुनियाँमा केही हुँदैन । हाम्रो हृदयको स्नेह सानो केन्द्रमा तीव्रता लिँदो रहेछ- जस्तो घामको स्वभाव छ । जति क्षेत्रफल बढायो, उति पतलाउनु प्रेमको प्रवृत्ति रहेछ जस्तो ख्याल हुन्छ । म विश्वप्रेम मातृभूमिका सिक्तछु, न कि विश्वमा । मातृभूमिप्रेम, नेपालको महत्त्व मेरा मगजका गिर्खागिर्खाहरू थाहा पाउँछन्, हृदयमा होऊ झिलिक्क झिलिक्क नेपाल, म विश्वको अनन्त दूर कुनामा अहिले भएको भए ‘तँ को होस् ?’ भन्ने कुनै भ्रमणप्रिय गन्धर्वको प्रश्नलाई म उत्त दिन्थेँ- ‘नेपाल’, मृत्यु स्वर्गबाट ओर्लँदा ‘तँ के चाहन्छस् ?’ को प्रश्नलाई पनि म प्रत्युत्त दिन्थेँ, ‘नेपालको भलाइ !’ अरु मुक्ति खोजुन, स्वर्गपछि दौडुन्, म खोज्छु नेपालको तर्फ अविरल शुभकामना र नेपालको अनन्त सेवा । चाहे स्वर्ग होस् चाहे रौरव, अरु देशका गौरव मलाई नबताऊ, मेरो हृदय जान्दछ मेरो हिरा कहाँ छ र उसको झलक कस्तो छ ! हँस्सी उडाउने हँस्सी उडाउँछन्; तर म भन्दछु कि मेरो मातृभूमिमा त्यो आर्यसभ्यता छ, जसले संसारलाई एक विशाल युगसम्म आध्यात्मिक पोषण पुर्याउन सक्तछ । अरुका श्रीपेच शिरमा रहुन्, मेरो स्वदेशको श्रीपेच हृदयमा रहन्छ । | जति भए पनि आफ्नो मातृभूमि जस्तो ठुलो चिज दुनियाँमा केही | ||
हुँदैन । हाम्रो हृदयको स्नेह सानो केन्द्रमा तीव्रता लिँदो रहेछ- जस्तो | |||
घामको स्वभाव छ । जति क्षेत्रफल बढायो, उति पतलाउनु प्रेमको प्रवृत्ति | |||
रहेछ जस्तो ख्याल हुन्छ । म विश्वप्रेम मातृभूमिका सिक्तछु, न कि | |||
विश्वमा । मातृभूमिप्रेम, नेपालको महत्त्व मेरा मगजका गिर्खागिर्खाहरू | |||
थाहा पाउँछन्, हृदयमा होऊ झिलिक्क झिलिक्क नेपाल, म विश्वको | |||
अनन्त दूर कुनामा अहिले भएको भए ‘तँ को होस् ?’ भन्ने कुनै भ्रमणप्रिय | |||
गन्धर्वको प्रश्नलाई म उत्त दिन्थेँ- ‘नेपाल’, मृत्यु स्वर्गबाट ओर्लँदा ‘तँ | |||
के चाहन्छस् ?’ को प्रश्नलाई पनि म प्रत्युत्त दिन्थेँ, ‘नेपालको भलाइ !’ | |||
अरु मुक्ति खोजुन, स्वर्गपछि दौडुन्, म खोज्छु नेपालको तर्फ अविरल | |||
शुभकामना र नेपालको अनन्त सेवा । चाहे स्वर्ग होस् चाहे रौरव, अरु | |||
देशका गौरव मलाई नबताऊ, मेरो हृदय जान्दछ मेरो हिरा कहाँ छ र | |||
उसको झलक कस्तो छ ! हँस्सी उडाउने हँस्सी उडाउँछन्; तर म | |||
भन्दछु कि मेरो मातृभूमिमा त्यो आर्यसभ्यता छ, जसले संसारलाई एक | |||
विशाल युगसम्म आध्यात्मिक पोषण पुर्याउन सक्तछ । अरुका श्रीपेच | |||
शिरमा रहुन्, मेरो स्वदेशको श्रीपेच हृदयमा रहन्छ । | |||
{{nop}} | {{nop}} |
Revision as of 12:03, 26 January 2025
अविरल झरझरको सङ्गीतद्वारा भवनादोष सुधार हुन सक्तछ, किनकि सङ्घर्षविकृत मानवहृदयहरूका प्राथमिक सुर मिलाउने प्रभावहरू त्यहाँ पाइन्छन् । यी पातहरू सब हरिया भाव बन्दै छन्, यी सरसर हृदयमा दगुर्दैछन् ।
तब म ‘विशाल’ किन नलेखूँ ? ‘विशाल’ को भावना हिमालयको श्वासमा थियो, पहाडहरूको निलो रङ्गमा प्रकृतिको प्रचुर उदारतामा अनेक नन्दनहरूको चिरबिरमा प्रेमको भूमि, आत्माले रोजेका आनन्द र अन्वेषणको आफ्नो विश्व, जहाँ म पशुभावको मनुष्यबाट पूरा मनुष्य भएर विकसित भइरहेछु जसलाई शैशव सम्पूर्ण अनन्त सम्झन्थ्यो, म यसको मार्मिक अंश बनेर ब्युँझेको थिएँ, यसको तातो-रातो गुलाबी कलिलो चैतन्य । जब पहाडको पिपलको गानादार बोटमनि म बसुँ, तब मलाई विशालको चैतन्य स्फुरण हुन्छ, जब म वनकालीमा गएर एकछिनसम्म मौन आनन्दमा टोह्लाउँछु, तब म साथीलाई भन्दछु, ‘आहा ! क्या विशाल भावना मलाई फुरेर आयो, जता हेर्यो विशालभन्दा ज्यादा टड्कारो नेपालमा केही पनि छैन ।’
जति भए पनि आफ्नो मातृभूमि जस्तो ठुलो चिज दुनियाँमा केही हुँदैन । हाम्रो हृदयको स्नेह सानो केन्द्रमा तीव्रता लिँदो रहेछ- जस्तो घामको स्वभाव छ । जति क्षेत्रफल बढायो, उति पतलाउनु प्रेमको प्रवृत्ति रहेछ जस्तो ख्याल हुन्छ । म विश्वप्रेम मातृभूमिका सिक्तछु, न कि विश्वमा । मातृभूमिप्रेम, नेपालको महत्त्व मेरा मगजका गिर्खागिर्खाहरू थाहा पाउँछन्, हृदयमा होऊ झिलिक्क झिलिक्क नेपाल, म विश्वको अनन्त दूर कुनामा अहिले भएको भए ‘तँ को होस् ?’ भन्ने कुनै भ्रमणप्रिय गन्धर्वको प्रश्नलाई म उत्त दिन्थेँ- ‘नेपाल’, मृत्यु स्वर्गबाट ओर्लँदा ‘तँ के चाहन्छस् ?’ को प्रश्नलाई पनि म प्रत्युत्त दिन्थेँ, ‘नेपालको भलाइ !’ अरु मुक्ति खोजुन, स्वर्गपछि दौडुन्, म खोज्छु नेपालको तर्फ अविरल शुभकामना र नेपालको अनन्त सेवा । चाहे स्वर्ग होस् चाहे रौरव, अरु देशका गौरव मलाई नबताऊ, मेरो हृदय जान्दछ मेरो हिरा कहाँ छ र उसको झलक कस्तो छ ! हँस्सी उडाउने हँस्सी उडाउँछन्; तर म भन्दछु कि मेरो मातृभूमिमा त्यो आर्यसभ्यता छ, जसले संसारलाई एक विशाल युगसम्म आध्यात्मिक पोषण पुर्याउन सक्तछ । अरुका श्रीपेच शिरमा रहुन्, मेरो स्वदेशको श्रीपेच हृदयमा रहन्छ ।